बराहक्षेत्र-१ स्थित अर्चलेका किसानले लगाएको फिलुङ्गे खेती । फिलुङ्गे भदौमा लगाएर मङ्सिरमा उत्पादन हुने गर्छ ।
विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका-११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका-३ का ५५ बर्षीय ध्रुव सिग्देल र बिराटनगर महानगरपालिका-५ का ५५ बर्षीय मनिराज प्रसाईलाई
धरान ।बिहान बेलुका छाक टार्नको लागि धरानको सडक र गल्लीमा गीत गाएर हिड्ने दृष्टि विहीन धरान १५ कि गंगा भुजेललाई सामाजिक अभियान्ता तथा शिक्षक संगम पौडेलको माध्यमद्धारा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । धरानको सडकमा समुधर गीतको आवाज सुनेर नजिकैं गएर नियालेपछि आफ्नै कलेज अध्ययन गर्दाकी सहपाठी भुजेललाई भेटेपछि धरान ६ पानबारीका पौडेलले आर्थिक सहयाग संकलन सामाजिक सञ्जाल मार्फत आव्हान गरेका थिए । दशै अघि पनि उनले भुजेलको लागि दशैं खर्च सहयोग संकलन मार्फत नै आर्थिक सहायता गरेका थिए ।विहीबार पनि तिहार खर्च पौडेलकै माध्यमद्धारा सहयोग प्राप्त भएको छ । happy tiktok family बाट दश हजार पाँच सय र
बराहक्षेत्र। सुनसरीको बराहक्षेमा कार्तिक १६ गते सम्पन्न भएको दोश्रो पानी सुल्के प्रतियोगितामा गत सालको विजेता राहुल लिम्बू बिजयी भएका छन् । दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप पानी सुल्के प्रतियोगिता विजयी भएका छन् ।उनी ८८ प्रतिस्पर्धीलाई उछिन्दै लगातार दोश्रो पटक पनि विजेता बनेका हुन् ।इन्ट्री राउण्डमा १२ स्किप गरेका उनले फानल राउण्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भए । उनले उपाधिसहित २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।दोस्रो उपाधि विजेता रिमबहादुर माझीले फाइनल राउण्डमा १३ स्किप गरे ।तेस्रो उपाधि विजेता गोपी राईले १२ स्किप गर्दै तेस्रो बने । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ
काठमाडौँ ।.नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आ
धरान । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएकोले यो खेलको प्रवद्र्धनका लागि यस बर्ष पनि धरान हाइकिङ समूहले निरन्तता दिने भएको छ ।आयोजक चतरा हाइकिङ समूहले सोमबार धरानमा पत्रकार सम्मेलनको अयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगिता यही कार्तिक १६ गते शुक्रबार हुने भएको हो ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश २५, १५ र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सयोजक नवराज विष्टले जानकारी दिए । गत बर्ष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५, ३ र २ हजार प्रदान गरिएकोमा यो बर्
इलाम/ इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद सुब्बाले यस वर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताए ।‘सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ’, उनले भने, ‘उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले माग
धरान/ धानखेती गरेका किसानहरुलाई तिहार निजिकिँदै गर्दा आफुले खेतमा लगाएको धानखेतको चिन्ता रहेको छ । आकास धमिलो भएर आउँदा किसानहरुको मन भने अमिलो हुने गर्दछ । किन की बर्ष दिनभरी माना खाएर मुरी उव्जाउनको लागि गरेको परिश्रम आकासेपानीका कारण बर्बाद होला की भनेर हिन्दुधमालम्बीको दोश्रो महान चाड तिहार अर्थात दिपावाली नजिँकै आएपनि तिहारको भन्दा धानखेतको चिन्ता र पाकेको धान कसरी बर्षातबाट जोगाउने भन्ने पिरलो रहेको छ । धरान ६ पानबारीका महेन्द्र पौडेल स परिवार नै विहानैदेखि खेतमा जान्छन् र धानको बोट काट्छन् । उनको लगभग डेढ विघा खेत रहेको छ । खेतमा फलेको धानबाटै वर्षदिनभरीको लागि अन्नजोहो ह
बराहक्षेत्र/ चतराघाट क्षेत्रमा सञ्चालन भएका पेडा पसलहरुमा वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले अनुगमन गरेको छ । बराहक्षेत्र नगरपालिकाले वडा नं. १ कोशीपुल , चतराघाट सञ्चालन भएका पेडा पसलमा नगरपालिकाले बुधवार अनुगमन गरेको हो । पेडा पसलबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु , शुद्धता , कानुनी प्रमाणसंगै होटलको सरसफाई , भान्सा , खाद्यवस्तुको मूल्य बढी, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले अनुगमन गरेको हो । चतराघाट क्षेत्र पर्यकीय तथा पेडा कोसेलीका लागि प्रसिद्ध भएकाले अनुगमनलाई प्रभावका
धरान/ संखुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो। हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी टाढा–टाढासम्म पनि पुगिन्। लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेकी छन्। जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन्। पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ, उनले सुनाइन्। सु