बराहक्षेत्रको पेडा पसललाई जरिवाना

  • कार्तिक ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ चतराघाट क्षेत्रमा सञ्चालन भएका पेडा पसलहरुमा वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले अनुगमन गरेको छ ।

बराहक्षेत्र नगरपालिकाले वडा नं. १ कोशीपुल , चतराघाट सञ्चालन भएका पेडा पसलमा नगरपालिकाले बुधवार अनुगमन गरेको हो ।

पेडा पसलबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु , शुद्धता , कानुनी प्रमाणसंगै होटलको सरसफाई , भान्सा , खाद्यवस्तुको मूल्य बढी, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले अनुगमन गरेको हो ।

चतराघाट क्षेत्र पर्यकीय तथा पेडा कोसेलीका लागि प्रसिद्ध भएकाले अनुगमनलाई प्रभावकारी बनाउन नगरपालिका सक्रिय भएको आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

उनका अनुसार पसलबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा अनुमन गरि म्याद नाघेका बस्तुको नष्ट र निमय बिपरित सञ्चालन भएका पसललाई जरिवाना समेत गरिएको थियो ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय अधिकारीहरु , सुनसरी उद्योग वाणिज्य सङ्घ चतराका अध्यक्ष कृष्ण प्रसाद कट्टेल , नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved