धरानकी दृष्टि विहीन गंगाको गीत रेकर्ड र घरबास बनाउने तयारी "कसरी दृष्टि विहीन भइन् गंगा ?सहयोग जुट्ने क्रम जारी "

  • कार्तिक १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।बिहान बेलुका छाक टार्नको लागि धरानको सडक र गल्लीमा गीत गाएर हिड्ने दृष्टि विहीन धरान १५ कि गंगा भुजेललाई सामाजिक अभियान्ता तथा शिक्षक संगम पौडेलको माध्यमद्धारा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

धरानको सडकमा समुधर गीतको आवाज सुनेर नजिकैं गएर नियालेपछि आफ्नै कलेज अध्ययन गर्दाकी सहपाठी भुजेललाई भेटेपछि धरान ६ पानबारीका पौडेलले आर्थिक सहयाग संकलन सामाजिक सञ्जाल मार्फत आव्हान गरेका थिए ।

दशै अघि पनि उनले भुजेलको लागि दशैं खर्च सहयोग संकलन मार्फत नै आर्थिक सहायता गरेका थिए ।विहीबार पनि तिहार खर्च पौडेलकै माध्यमद्धारा सहयोग प्राप्त भएको छ ।
happy tiktok family बाट दश हजार पाँच सय रुपैयाँ नगद र  फलफूल सहयोग  पौडेल र झरना मगरले वितरण गरेका थिए ।

धनकुटा सागुरीगढी गाउँ पालिकाका ग्रामीण जनता माद्यामिक विद्यालयका निम्न माद्यामिक शिक्षक कला काफ्लेले पनि खाद्यान्न,फलफूल तथा सेनिटरी प्याड सहित अन्य अत्यावश्यक कुरा समेत सहयोग प्रदान गरेका छन् ।

पौडेल मार्फत नै सामाजिक संजाल र  tiktok  बाट गङ्गाको लेख र भिडियो पोस्ट गर्दै व्यक्तिगत र विभिन्न साथीभाइ,आफन्तहरुबाट आर्थिक सहयोग संकलन गरि प्रदान गर्दै आएका छन्।

हाल सम्म सहयोगी हातहरुको सहयोद्धारा ७० हजार आर्थिक संकलन भएको जनाइएको भने ३० हजार रुपैयाँ भुजेललाई गर्जो टार्नको लागि प्रदान गरिएको सामाजिक अभियान्ता पौडेलले वताए ।

उनले भने,‘बाँकी रकम पनि गंगाको लागि नै गरिनेछ,गङ्गा आफैंमा अद्भुत क्षमता भएकी छिन, गायन कला अत्यन्तै राम्रो भएको र बिर्तामोडबाट सरगम संगीतालयका संचालक तथा संगीतकार दिपक रायमाझीसँग पनि सहकार्य गरी गीत रेकर्ड गर्ने ,इटहरीको पूर्वान्चल रेकर्डिङ स्टुडियोका संचालक गायक तथा संगीतकार रुद्र श्रेष्ठसँग पनि निशूल्क गीत रेकर्ड गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ,अब चाँडै गीत रेकर्ड हुने छ । ’

भुजेलको वास स्थान बनाउने पनि योजना रहेको सामाजिक अभियान्ता पौडेलले बताएका छन् । देश बिदेशबाट सहयोग आउने क्रम जारी रहेको कतिपयले उनलाई सहयोग गर्ने आश्वासन आइ रहेको र अबको मुख्य उदेश्य बासस्थान (आवास) बनाउन सकिन्छ कि भन्ने विषयमा विभिन्न संघसस्था र सहयोगी महानुभाव, पत्रकार,राजनीतिक व्यक्तित्वहरुसंग छलफल गरि रहेको पौडेलको भनाई छ ।
उनले सहयोगी मन र हातहरुलाई फजुल खर्च,जन्मदिन,विभिन्न पाटीमा हुने खर्च कटौती गरेर समाजमा रहेका गङ्गा जस्तै असहाय,अपांग,बृद्ध अबस्था,दृष्टि बिहिनको लागि सहयोग गरि दिन हुन सामाजिक सञ्जाल मार्फत आव्हान गर्दै आएका छन् । कसरी दृष्टि विहीन भइन् गंगा ?

उनी जन्म जातै दृष्टि विहीन भएर जन्मिएकी होइनन् । सानै उमेरमा आमाले छोडेर गएपछि घरमा रेखदेख गर्ने मानिस नभएपछि डेढ बर्षको उमेरमा आँखा पाक्ने रोगबाट उपचार नपाउँदा दुबै आँखाको ज्योति गुमाएकी हुन् । दुख गरेरै भएपनि कक्षा १२ सम्म अध्ययन गरेकी छिन् ।
२०७० सालमा बिबाह गरेर २०७२ मा पहिलो सन्तानका रुपमा छोरा जन्मेपछि छोरा ३ बर्ष पुग्न नपाउँदै २०७५ सालमा श्रीमानले अर्कै श्रीमती लिएर बाहिर बाहिर बस्ने र हेला गरेपछि छोरा लिएर श्रीमानसंग छुट्टिएर सडकमा गीत गाउँदै आफ्नो गुजारा गर्दै आएकी छिन् ।

छोरालाई झापाको विर्तामोडमा अर्काको घरमा रोखर अध्ययन गराउँदैछिन् भने उनी छोराको लागि पढाई खर्च सडक पेटीमा गीत गाएर हिड्ने गरेकी छिन् ।
बिर्तामोडको अनारमुनि देबीबस्ती पानी ट्याङ्की पछाडि रहेको ऐलानीमा रहेको सानो घर बुबा बिरामी भएर उपचार गर्दा ६ लाखमा बेच्नु परेको र बुबा पनि बैशाखमा बितेपछि घरबार बिहिन हुन पुगे छिन् ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved