धरान/ २५ बर्ष अगाडिदेखि सञ्चालनमा आएको धरान एकाडेमीले एकाडेमीबाट उत्पादन भएका खेलाडीहरुलाई आगामी १० बर्षभित्रमा विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । २०५७ सालदेखि सञ्चालनमा आएको यो एकाडेमी अहिले चौथौ व्याचको प्रशिक्षण सञ्चालन भइरहेको छ । एकाडेमीले आगामी १० भित्रमा खेलाडीहरुलाई विश्वकप खेलाउने महत्वकांक्षी योजना अगाडि सारेसँगै यो योजनालाई अगाडि बढाउन तीनै तहको सरकारले सहयोग पु¥याउन एकाडेमीले आग्रह समेत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत सञ्चालित एन्फा एकाडेमी धरानमा सञ्चालित एकाडेमीमा बार्षिक १ करोड १० लाख रुपैया खर्च हुने भएकोले सञ्चालनमा समस्या भएको जनाएको
धरान/ भारतको सिक्किम स्टेटका पूर्वमन्त्री तथा बर्तमान सरकारका मुख्यमन्त्री पिएस गोलका सल्लाहकार जिएम गुरुङ( गर्ज बहादुर गुरुङ) कोशी प्रदेश प्रायः आउ जाउ गरिरहन्छन् । प्राय गरि सिक्किम सरकारका पूर्वमन्त्री समेत रहेका उनी नेपालको राजनीतिक अवस्थादेखि भने चिन्ता ब्यक्त गर्दछन् । तत्कालिन मुख्यमन्त्री पवन चाम्लिङको सरकारमा गुरुङ २० बर्ष सम्म मन्त्री भए । उनी भन्छन,‘नेपालको राजनीति नजिकबाट नियालेको छु,हरेक नेताहरु चिन्छु,सरकारको नेतृत्वको सन्दर्भमा जानकार नै हुन्छ, तर दुःख लाग्छ, नेपालमा स्थिीर राजनीति भएन, सरकार फेरबदलको राजनीतिलाई त्यागेर स्थिर राजनीतिको सरकार बनाउन सक्यो भने राम्रो ह
धरान । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ३० गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार,प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुका साढे ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।यसै ग
काठमाण्डौ/ संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई काठमाण्डौमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् ।पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नु पर्ने कामको बारेमा सल्लाह दिए । उनले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गर्नु गरेका थिए । उहाँले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिए । त्यस्तै आफुले कालापानीको विवादको बेला
काठमाडौँ । मंशीर १६ गते हुने उप निर्वाचनको निम्ति सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर उम्मेदवार बन्ने छन् । रुकुम पूर्वको पुथउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनले टिकट पाएकी छन् । त्यसैगरी दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष
झापा । खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दबदबा छ । क्रिक्रेटकी रुबिना क्षेत्री हुन् या फुटबलका हरि खड्का, झापाले खेलकुदको माध्यमबाट मुलुकको नाम चम्काउन दिएको योगदान अतुलनीय छ । तर जुन स्तरमा खेलाडीले सफलता पाउँदै आएका छन्, त्यसको तुलनामा झापामा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा भने उल्लेख्य लगानी हुन सकिरहेको छैन । खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणको टड्कारो आवश्यकता पूरा गर्न शिवसताक्षी नगरपालिकाले पछिल्लो समय स्थानीय रङ्गशाला निर्माणमा देखाएको तदारुकता भने लोभलाग्दो छ
काठमाडौं/ नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढेको छ भने पेट्रोलको भने यथावत रहेको छ ।शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । शनिबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै अब काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् रहेको छ।निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज,
गण्डकी/ मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपथ हुने गरेको छ । पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले त्यहाँबाट कोसेलीका रुपमा स्याउ बिक्री समेत हुने भएकाले यसको बजारका लागि भने कुनै समस्या नरहेको विगत लामो समययता स्याउको व्यावसायिक खेती गरिरहेका ‘टुकुचे स्याउ नर्सरी’का सञ्चालक राजन शेर्पाले बताए ।पोखराका साथै यहाँको स्याउ काठमाडौँसहित देशका अन्य बजारमा पनि खपत हुने गरेको छ । ‘उत्पादन गर्न सके स्याउ बिक्री गर्न बजारको समस्या छैन’, शेर्पाले भने, ‘
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले तत्काललाई लाइन जोडिएको बताएका छन् ।‘हामीले बक्यौता महसुल नबुझाउने २८ उद्योगको लाइन कात्तिक ८ गते काटेका थियौं । नेपाल सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ’, घिसिङले भने, ‘हामी बक्यौता उठाउन लाग्नेछौं । उहाँहरूले पनि बुझाउनु पर्नेछ । १५ दिनभित्र पनि बक्यौता तिर्
धरान/ सुनसरीको धरान उप महानगरपालिका १७ खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागुऔषध गाँजा सहित फर्मका संचालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते राती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको हो । फर्मबाट गाँजा बरामद भए संगै फर्म संचालक धरान-१३ का४४ बर्षीय मनिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।