डिजेल र मट्टितेलको मूल्य बृद्धि, पेट्रोलको यथावत्

  • मंसिर १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ ​नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढेको छ भने पेट्रोलको भने यथावत रहेको छ ।
शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

शनिबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै अब काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् रहेको छ।निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।​

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved