डिजेल र मट्टितेलको मूल्य बृद्धि, पेट्रोलको यथावत्

  • मंसिर १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ ​नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढेको छ भने पेट्रोलको भने यथावत रहेको छ ।
शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

शनिबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै अब काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् रहेको छ।निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।​

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

पाकिस्तानमा आत्मघाती ...

काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved