धरान/ भारतीय पर्यटकलाई लक्षित गरी अंग्रजी नयाँ बर्षको अवसरमा प्रत्येक बर्ष आयोजना गरिदै आएको भेडेटार फेस्टिबलको १२ औं संस्करणमा पर्यटन र कृषि तथा स्थानीय जातीय परिकारलाई प्राथमितामा राखेर आयोजना गर्ने आयोजक भेडेटार होटल एसोसिएसनले जनाएको छ । यसका लागि तयारी थालिएको एसोसिएसनले जनाएको छ ।अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्या कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा आयोजना गर्न लागिएकौ १२ औँ भेडेटार फुड फेस्टिभल पर्यटन र कृषि र स्थानीय स्तरमा रहेका जातीय परिकारहरुलाई प्राथमिकतामा राख्ने होटल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए । उनले फेस्टिबलको अवसरमा आएका आन्तरिक तथा वा
धरान/धरानको उद्यमशिल बचत तथा ॠण सहकारीले १२ औं वार्षिक उत्सव बृहत कार्यक्रम सहित नियमित साधारण सभा धरानमा मनाएको छ । शनिबार, धरान-१५ स्थित किराँत याक्थुङ चुम्लुङ भवनमा बार्षिक कार्यक्रम सहिर्त सााधरण सभा कार्यक्रम कोशी प्रदेश सभा सांसद रमेश कुमार वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । सहकारीले ब्लाष्ट राष्ट्रिय दैनिक पत्रिकाका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई रु १० हजार ५ रुपैया नगद सहित सम्मान गरेको छ । केन्द्रिय कार्यलय तथा देउराली सेवाकेन्द्रबाट ११ जनालाई, ईटहरी सेवाकेन्द्रबाट ८ जनालाई सम्मान गरेको छ । त्यसैगरी केन्द्रिय कार्यलयकी कर्मचारी ज्योती राई, देउराली सेवा केन्द्रकी विनि
धरान । सुनसरीको धरान उपमहानगरकी छात्रा सन्ध्या लिम्वू विविएस चौथो बर्षमा सुनसरी टप हुन सफल भएकी छिन् । उनी धरान १ स्थित धरान मोडल कलेजकी छात्रा हन् ।त्रिभुवन विश्वबिद्यालयले गत बैशाख महिनामा संचालन गरेको बि।बि।एस।चौथो बर्षको बार्षीक परीक्षाको हालै प्रकाशित नतिजा अनुसार सन्ध्या सुनसरी प्रथम भएकी हुन। सन्ध्याले चौथो बर्षमा ८० प्रतिशत अन्क प्राप्त गरी बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेको क्याम्पस प्रमुख प्रबिन राईले जानकारी दिए। क्याम्पस प्रमुख राईले भने,हामीले सुनसरी भरीका सबै कलेजमा बुझ्यौ। हाम्रो विद्यार्थीले नै चौथो बर्षमा उत्कृष्ट अन्क ल्याएको पायौं । कलेजमा सन्ध्याले २०७६ सा
राजविराज/ सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आएका छन् । “आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सबैजना यही काममा लागिपरेका छौँ”, खेतमा गोलभेँडा गोडमेल गर्दै गरेका पबितारले भने, “वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु । यसबाट वार्षिक रु एक–डेढ लाख आम्दानी हुने गरेको छ ।” उनले आफ्नो स्वामित्वमा रहेको दुई कठ्ठा तथा लिजमा लिएर चार कठ्ठा जमिनमा तरकारीख
विराटनगर । विराटनगर–१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजले कक्षा ११ को वार्षिक परीक्षा,कक्षा ११ तथा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षा, अतिरिक्त क्रियाक्लाप अन्तर्गत कान्तिपुर निबन्ध लेखन–२०८१, कान्तिपुर क्विज–२०८१, कविता वाचन, वक्तृत्वकला लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई विशेष सम्मान गरेको छ । सोमवार कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई कक्षा ११ तथा १२ मा पूर्ण छात्रवृत्ति,आंशिक छात्रवृत्ति सहित नगद तथा प्रमाण पत्र प्रदानगरी कलेजले सम्मान गरेको हो । कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान सङ्कायतर्फ प्रथम, द्धित्तीय र तृतीय हुने राजनारायण
धरान/ धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकाश र विस्तारमा गर्ने उद्धेश्यका साथ धरान एक्सपो( २)८१ हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते देखि हुने भएको हो । माघ ५ गते सम्म चल्ने एक्पोमा १सय ४२ वटा स्टल रहने आयोजक सुनसरि उद्योग वाणिाज्य संघले आईतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एक्स्पोमा कोशी प्रदेशका १४ वटै जिल्लाका ब्यापारी ब्यवसायी तथा सर्वसाधारणहरूले अवलोकन गर्ने तथा १) करोड बराबरको कारोबार हुने एक्स्पो का मुल संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । एक्स्पोमा विविध व्यवसायीक, उद्यमी, कृषि क्षेत्र सबैक्षेत्रलाई पर्याप्त ठाउँ उपलब्ध गराइएको छझ मुल संयोज
विराटनगर । कोशी प्रदेशका आदिवासी जनजातिहरूले आस्था र विश्वासका साथ मान्ने थान संस्कृतिको संरक्षणको लागि प्रदेश सरकारले ऐन बनाउने भएको छ ।प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले संस्कृति नीति बनाउँदै थान संरक्षण ऐन निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेशमा बसोबास गर्ने थारु,राजवंशी,धिमाल, सन्थाल,मेचे, कोचे, राई, लिम्बु गन्गाई, झाँगड लगायतका आदिवासीहरूले थान संस्कृति मान्दै आएका छन् ।कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले थान संस्कृति लोप हुँदै गएकाले प्रदेश सरकारले ऐन बनाएर थान संस्कृतिको संरक्षण गर्ने बताए ।प्रदेश संवाद समूह कोशीले आयोजना गरेको थान संस्कृत संरक्षण सम्बन्धी
धरान/ यही पुस ७ गतेदेखि १७ गतेसम्म धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ । “गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ हुने महोत्सवमा मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकार सहितको अग्र्यानिक खाद्यान्न महोत्सव हुने छ । नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजनामा धरान १५ स्थित बगरकोट, एभरेष्ट लाइनमा आयोजना हुने महोत्सवको सह आयोजक त्रिवेणी महिला समुह धरान १५ रहेको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष कृष्ण राईले महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय
चतरा । हिउँदमा सप्तकोसी नदीको जलस्तर र वहाव कम भएकाले चतरा नहरको न्युइन्टेकमा पर्याप्त पानी जान नसक्दा नदी डाइभर्ट गरिंदै । सुनसरी मोरङका ६८ हजार हेक्टर खेतीयोग्य जमिन चतरा नहरले सिंचित गरेको छ ।
धरान/ धरानको व्यापार व्यवसाय दिनप्रतिदिन डामाडोल बन्दै व्यवसायी नै विस्थापित हुदै गएकोप्रति उद्योगी तथा व्यवसायीहरु चिन्तित बनेका छन । व्यवसायलाई चलायमान बनाउन हरसम्भव प्रयासरत उद्योगी व्यवसायीहरुको प्रयास कसैको साथ सहयोग नपाउँदा निराश बनेका छन् । धरान धार्मिक पर्यटकीय क्षेत्रमात्र हैन विगतमा पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र थियो । कोरोना सक्रमणपछि धरानको व्यापार व्यवसायी चौपटमात्र हैन भविष्य नै धरापमा पर्दै गएपछि व्यापारी व्यवसायीहरु अन्यत्र विस्थापित हुने क्रम रोकिएन । व्यापारी व्यवसायीहरुको व्यापारिक प्रवद्र्धनका लागि समय समयमा मेला उत्सव आयोजना हुने गरेका छन् । तर यस्तो प्र