धरानकी सन्ध्या सुनसरी टप धरान मोडल कलेजद्वारा नगद सहित सम्मान

  • पुस १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुनसरीको धरान उपमहानगरकी छात्रा सन्ध्या लिम्वू विविएस चौथो बर्षमा सुनसरी टप हुन सफल भएकी छिन् ।

उनी धरान १ स्थित धरान मोडल कलेजकी छात्रा हन् ।त्रिभुवन विश्वबिद्यालयले गत बैशाख महिनामा संचालन गरेको बि।बि।एस।चौथो बर्षको बार्षीक परीक्षाको हालै प्रकाशित नतिजा अनुसार सन्ध्या सुनसरी प्रथम भएकी हुन। 

सन्ध्याले चौथो बर्षमा ८० प्रतिशत अन्क प्राप्त गरी बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेको क्याम्पस प्रमुख प्रबिन राईले जानकारी दिए। क्याम्पस प्रमुख राईले भने,हामीले सुनसरी भरीका सबै कलेजमा बुझ्यौ। हाम्रो विद्यार्थीले नै चौथो बर्षमा उत्कृष्ट अन्क ल्याएको पायौं । 

 कलेजमा सन्ध्याले २०७६ सालमा बि।बि।एस। प्रथम बर्षमा भर्ना भएर अध्ययन सुरु गरेको क्याम्पस प्रमुख राईले जानकारी दिए।बि.बि.एस चौथो बर्षमा ८० प्रतिशत अन्क ल्याएर सुनसरी प्रथम गरेकी सन्ध्या लिम्बुलाई कलेजले सम्मान गरेको छ।

क्याम्पस प्रमुख प्रबिन राई, कलेजका अध्यक्ष बद्री तामाङ, कलेज ब्यबस्थापन समितिका अध्यक्ष भवानिशंकर भट्टराई र कलेजका पुर्ब अध्यक्ष एबम सल्लाहकार डा.जीवन कुमार राईले सन्ध्यालाई ५ हजार रुपैया नगद सहित अबिर र खदा लगाएर सम्मान गरे।

चौथो बर्षमा उत्कृष्ट नतिजा ल्याएर कलेजको नाम राख्न सफल भएकाले सन्ध्यालाई सम्मान गरेको क्याम्पस प्रमुख राईले बताए।

आफुले मिहिनेत साथ पढेर राम्रो रिजल्ट ल्यएकोमा खुशि ब्यक्त गर्दै कलेजले सम्मान गर्दा झन हौसला बढेको सम्मानित छात्रा लिम्बुले बराईन।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved