धरान/ सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा गोपाल श्रेष्ठ भारी मतान्तरसहित अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। श्रेष्ठले आफ्ना प्रतिस्पर्धी शिवराज श्रेष्ठलाई ९५८ मतले पछि पार्दै १६०५ मत प्राप्त गर्नुभयो। शिवराज श्रेष्ठ ६४७ मतमा सीमित रहनुभयो। उद्योग सदस्य पदमा कृष्णप्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५० र महेन्द्र प्रधानले ५४६ मत प्राप्त गर्दै विजयी हुनुभयो। त्यस्तै, उमेश अग्रवालले २१३, खड्गबहादुर बस्नेत (राजु)ले २१६ र शिवानन्द साहले २६१ मत प्राप्त गर्दै पराजित हुनुपर्यो। वाणिज्यतर्फ महिला सदस्यमा वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गर्दै ममता शाक्यलाई पराजित गर्न
धरान/सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न निर्वाचनमा कुल २,३४० मत खसेको छ। बिहान ८ बजे सुरु भएको मतदान साँझ ५ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। धरान–१ स्थित संघको कार्यालय परिसरमा भएको निर्वाचनमा व्यवसायी, उद्योगी, राजनीतिक प्रतिनिधि र संघसंस्थाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माका अनुसार खसेको मतको विवरण यस्तो छः • वाणिज्य तर्फ: १,३९९ • उद्योग तर्फ: ७८७ • एशोसिएट तर्फ: १३३ • वस्तुगत तर्फ: २१ • जम्मा खसेको मत: २,३३९ संघमा जम्मा २,९०७ जना मतदाता दर्ता भएका थिए। आजको मतदानमा झण्डै ८० प्र
धरान । भोजपुरको आमचोकमा चटयाङ लागेर गंभीर घाइते भएका परिवारजनलाई आइतबार आमचौक सरोकार समाज सुनसरीले आर्थिक रकम सहयोग हस्तान्तरण गरेको छ । आमचौक ३ निवासी ४० बर्षिय भरत राई ,श्रीमती देविका र छोरी सुरक्षा तीनै जनालाई चटयाङ लागेर गंभीर घाइते बनाएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्नको लागि आमचोकवासीसँग सरोकार राख्ने आमचोैक सरोकार समाज सुनसरीले पीडितको लागि आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो । समाजका अध्यक्ष राजेन्द्र राईका अनुसार आइतबार चटयाङ पीडितलाई संकलित रकम हस्तान्तरण गरिएको बताए । उनका अनुसार संकलित रकम मध्ये ३ लाख ६० हजार रुपैया प्रदान गरि
धरान/ व्यापारी तथा व्यवसायीहरुको हितका लागि वि.सं. २०१९ बर्ष अगाडि व्यापार प्रवद्र्धन समितिको नाममा खुलेको तथा २०२० सालदेखि सुनसरी उद्योग वाणिज्य संघको रुपमा विधिवत रुपमा दर्ता भई नियमित सञ्चालनमा आएको संस्थाको निर्वाचनले स्थानीय तहको निर्वाचनको झल्को प्रदान गरेको छ । अध्यक्षका दुई उमेद्वार शिवराज श्रेष्ठ र गोपाल श्रेष्ठले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । उनीहरुले एक पछि अर्को पत्रकार सम्मेलन गर्दै एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै जित आफ्नो पक्षमा आउने दाबी गर्दै आएका छन् । केही समय अगाडि अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले अर्का अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठलाई गुटको संज्ञ
धरान/ धरान उपमहानगरपालिका–२० मा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ‘माया धराने’ बेसार उद्योगको औपचारिक सुरुआत गरिएको छ। शुक्रबार एक विशेष समारोहबीच धरानका मेयर हर्कराज राई (साम्पाङ) र वडा नं २० का अध्यक्ष पदम लिम्बुले रिबन काटी उद्योगको उद्घाटन गरे। उद्घाटनसँगै प्याकेजिङसहित उत्पादन सुरु भएको ‘माया धराने’ ब्राण्डको बेसारको बजार बिक्री पनि सुरु गरिएको छ। सुरुमा साबुन उद्योग खोल्ने योजना लिएर अघि बढेका मेयर साम्पाङले वन कार्यालयबाट आएको मुद्दाका कारण योजना परिवर्तन गरी स्थानीय कृषकको उत्पादनलाई प्राथमिकता दिँदै बेसार उद्योग स्थापना गर्ने निर्णय कार्यपालिका बैठकमा
धरान/सुनसरी उद्योग वाणिज्य संघको यही असार ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका प्रत्यासी गोपाल श्रेष्ठ नेतृत्वको समूहले पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी र योजनाहरू सार्वजनिक गरेको छ। श्रेष्ठ समूहले आफूलाई कुनै राजनीतिक दलको हैन, व्यवसायी र व्यापारीहरूको साझा प्रतिनिधिमूलक टिमको रूपमा प्रस्तुत गर्दै सबै पक्षको विश्वास जित्ने प्रयास गरेको छ। धरान–१५ स्थित होटल धरान किचनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गोपाल श्रेष्ठसहित उद्योग, वाणिज्य, एशोसिएट, वस्तुगत तथा महिला प्रतिनिधिहरूको पूर्ण टिमको औपचारिक घोषणा गरिएको थियो। अध्यक्षमा गोपाल श्रेष्ठ उम्मेदवार रहेका छन् भने उ
धरान/ समयमै पानी नपाएपछि धरानका किसानले धान रोप्न पाएका छैनन । धान रोप्न नपाउँदा रोप्नका लागि राखेको विउ समेत सुक्न थालेको छ । पानी नपरेर लामो खडेरीका कारण मुख्य खाद्यबाली धान रोप्न नपाउँदा किसान चिन्तित छन् । हल्का फाट्ट फुट्ट बर्षा बाहेक अधिकांश भागमा पानी नपर्दा गर्मी ह्वात्तै बढेको छ । यो समस्या धरानका कृषकको मात्र होइन, पूर्वी तराईमै खडेरी भइरहेको किसानहरूले बताएका छन् । अषाढको अन्तिमसम्म धान रोपिसक्ने भएपनि बर्षाद् नभएकोले शुरुवात नै गर्न नपाइएको धरान ६ का कृषक बृद्धिमान तामाङको भनाई छ । धरान ६ पानबारी कृषि पकेट क्षेत्रको रुपमा धरान उपमहनगरपालिकाले लिएको छ । यहाँ उत्पादन भएको बाली तथा
धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले स्थानीय उत्पादनको ढुवानी सहज बनाउन व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय ढुवानी साधन ‘सिटी सफारी’ हस्तान्तरण गरेको छ। नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार चार जना व्यवसायिक कृषक तथा कृषि संस्थालाई सिटी सफारी वितरण गरेको हो। शाखा प्रमुख तुलसा लिम्बूका अनुसार प्रत्येक सिटी सफारीको लागत ४ लाख २० हजार रुपैयाँ पर्ने भए पनि कृषकले त्यसको मात्र २ लाख १० हजार तिर्ने छन् भने बाँकी रकम नगरपालिकाले व्यहोरेको छ। सिटी सफारी वितरणबाट स्थानीय कृषकको समय, श्रम
धरान/ साउन महिनामा विशेष धार्मिक महत्व राख्ने बोलबम मेलालाई व्यवस्थित, सुरक्षित र भक्तजनमैत्री बनाउन धरान उपमहानगरपालिका–१४ मा सरोकारवालाबीच विशेष छलफल सम्पन्न भएको छ। पिण्डेश्वर बाबाधाम समितिको कार्यालयमा सम्पन्न छलफलमा मेलाका क्रममा देखिने समस्या, भक्तजनको सहजता, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सुरक्षाको तयारी लगायत विषयमा चासो व्यक्त गरिएको छ। छलफलमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले मेलाको सफलताका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। वातावरण शाखामार्फत फोहोर व्यवस्थापन र सडकका खाल्डाखुल्डी पुरिने काम छिट्टै गरिने उन
धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहोल तात्दै गएको छ। यो पटक संघको नेतृत्वमा दृढ संकल्प, अनुभव र नवीन सोच बोकेका गोपाल श्रेष्ठ बलियो उम्मेदवारका रूपमा अघि बढेका छन्। संघमा २०४७ सालदेखि निरन्तर योगदान दिँदै आएका श्रेष्ठ हालको कार्यसमितिमा प्रथम उपाध्यक्ष हुन्। उनले कार्यकारिणी सदस्यदेखि कोषाध्यक्ष, सल्लाहकार, उद्योग सचिवसम्मका जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्। अब संघलाई आधुनिक, प्रभावशाली र व्यवसायी हितमैत्री बनाउने लक्ष्यसहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। अनुभव र योगदानको दह्रो आधार गोपाल श्रेष्ठ केवल उम्