काठमाण्डौ । सररकारले वन्द गर्ने निर्णय गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सोसल मिडिया प्लेटफर्मको माउ कम्पनी मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ । आज मात्र सरकारले नेपालमा दर्ता नभएका सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि सिंगापुरबाट मेटा कम्पनीका प्रतिनिधि सञ्चार मन्त्रालयको सम्पर्कमा आएका हुन् । उनले दर्ताका लागि के कस्ता प्रक्रिया छन् भनेर सोधीखोजी गरेपछि मन्त्रालयले आवश्यक पर्ने विवरण इमेलमार्फत पठाइसकेको प्रवक्ता गजेन्द्रकुमार ठाकुरले काेशीपत्रलाई जानकारी दिए । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सिंगापुरमा रहेको मेटा कम्पनीका
मोरङ/ पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् । यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका छन् ।जेठको अन्तिम हप्ता बाट सुरु भएको यो महामारी अझै नियन्त्रणमा आउन सकेको छैन् । लम्पी स्किन रोग गाईहरूमा बडी देखिएपछि दूधको उत्पादनमा पनि कमी आएको छ भने गाई र साना बाछाको मृत्युदर वडी रहेको छ । यो रोगलाई समयमा नियन्त्रण नगरे गाई पालन व्यवसायमै ठुलो नोक्सानी हुने पशु चिकित्सकले बताएका छन् ।जेठको अन्तिम हप्ता देखि नै मोरङका गाईमा लम्पी स्किनको लक्षण देखिएको थियो । असारको अन्तिम सातातिर मोरङका अधिकांश पालिकामा यो रोग फैलिएको थियो ।विभिन्न पालिकाले यो रोग
धरान । धरान उपमहानगरपालिकाको वुधबार वसेको कार्यपालिका आकस्मिक वैठक लगभग पाँच मिनेट वसेर सकिएको छ । वजेटको विषयमा भने केही पनि भएन । मेयर हर्कराज राईले बेलुकी ४ वजे सामाजिक सन्जालमा कार्यपालिका वैठकको लागि वडाध्यक्ष सहित कार्यपालिका सदस्यलाई आव्हान गरेका थिए । सोही मुताविक वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरु वैठकमा उपस्थित भए तर एउटा मात्रै प्रस्ताव मेयर राईले राखेका थिए । कर्मचारीहरूको तहवृद्धि सम्बन्धीको प्रस्ताव राखे र सवैले ताली वजाएर बैठक लगभग पाँच मिनेट पनि नलागि सकिएको जानकारी मेयर राईले गराए । बैठकमा मुख्यतया कर्मचारीहरूको तहवृद्धि (ग्रेड बढुवा) को एजेन्डामा छलफल गरी पारित गरिएको
धरान/ धरान उपमहानगरपालिका मेयर हर्कराज राई उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट अलपत्र छाडेर काठमाण्डौमा संगठन विस्तारमा व्यस्त छन् । सोमबार काठमाण्डौ गएका मेयरको काठमाण्डौमा शुभचिन्तकको हाई हाई भए । तर यता धरान उमहानगर भने वजेट शुन्य अवस्थामा छ ।उपमहानगरको बजेटलाई प्राथमिकतामा नराखी काठमाण्डौमा संगठन विस्तारमा व्यस्त देखिएपछि स्थानीय सरकार सञ्चालन नै प्रभावित भएको छ । मेयरको उदासिनताप्रति असन्तोष जनाउँदै धरानमै समस्या समाधान गर्नुपर्ने बेला काठमाण्डौमा संगठन विस्तार गर्नु गैरजिम्मेवारपन भएको टिका टिप्पणी हुन थालेको छ । बजेट कहिले पारित हुने भन्ने विषयमा अझै अनिश्चितता कायमै
हाम्रो देशमा खाद्यवस्तुको गुणस्तर र यससँग जोडिएको उपभोक्ता अधिकार कति उपेक्षित छ भन्ने बुझाउन धेरै तर्क गरिरहनु आवश्यक छैन । हरेक दिन भेटिने गुणस्तरहीन खाद्य पदार्थले यसलाई पुष्टि गरिरहेकै छ । गुणस्तरहीन खाद्य पदार्थ सीधै जनस्वास्थ्यसँग जोडिएको संवेदनशील विषय हो । त्यसैले यस विषयमा राज्यका निकायहरू तथा उपभोक्ता अधिकारको रक्षाका लागि क्रियाशील भनिएका संस्थाहरू गम्भीर हुनु आवश्यक छ । गुणस्तरहीन खाद्य पदार्थकै कारण आजभोलि मानिसहरू अनेक प्राणघातक र सङ्क्रामक रोगहरूबाट पीडित हुने गरेका छन् । खाद्य पदार्थ मात्र होइन, खानेपानी पनि शुद्ध पाउन छाडिएको छ । विराटनगरको खाद्य प्रविधि तथा गुण नियन्त्रण क
धरान/ धरान उपमहानगरपालिकाको नयाँ आर्थिक वर्षको बजेट अल्पमतको वावजुद पनि पारितको घोषणा गरिएको छ । शुक्रबार वहुमत सदस्यहरुको असहमतिको वाबजुद पनि उपमहानगरपालिकाका मेयर हर्कराज राईले वजेट पारितको घोषणा गरेका हुन् ।माओवादी, काँग्रेस सहितको समर्थनमा वजेट घोषणा गरिएको छ । असहमतिको बावजुद वजेट पारितको घोषणा गरिएको भएपनि कार्यान्वयन हुन्छ की हुन्न भन्ने विषयमा अन्यौल बढेर गएको छ । तर नेकपा (एमाले)लेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक नै वहिस्कार गरी असहमति जनाउँदै विरोध जनाएका छन् । धरान उमपहानगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको वहुमत सदस्य रहे पनि अल्पमत सदस्यको उपस्थितिमा बजेट
सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशन गुप्ताले च्याउखेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्दै आएका छन् । विसं २०७७ देखि व्यावसायिक च्याउखेती सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक रु १२ लाख बचत गर्दै आएका हुन् । भाइ भरत गुप्तासँगको सहकार्यमा रु ५० हजार लगानी गरी व्यावसायिक च्याउखेती सुरु गरेको रोशनले बताए । सात वर्षसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका गुप्ताले विदेशमा कमाएको रकम लगानी गर्ने निर्णय गरेसँगै सुरुमा र
धरान/सुनसरी उद्योग वाणिज्य सङ्घले आफ्नो ६२ औँ वार्षिकोत्सव विशेष अर्थपूर्ण ढंगले मनाएको छ। ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने मूल नारासहित शनिबार धरानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको सङ्घले जनाएको छ। नवनिर्वाचित कार्य समितिले जिम्मेवारी सम्हालेपछि पहिलो गतिविधिका रूपमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान अभियान रोजेको हो। हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको निवर्तमान महासचिव महेन्द्र प्रधानले बताए। कार्यक्रममा कोसी प्रदेशका संस्थापक सभामुख प्रदीपकुमार भण्डा
धरान/धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक(आज)शुक्रबार पनि स्थगित भएको छ । उप-महानगरपालिकाको कार्यपालिका बैठक एमालेबाट निर्वाचित वडाअध्यक्ष र सदस्यहरूको बहिष्कारका कारण स्थगित भएको छ। चालु आर्थिक वर्षका लागि प्रस्तुत गरिएको २ अर्ब २० करोडको घाटा बजेट र कर वृद्धि प्रस्ताव प्रति असहमति जनाउँदै एमाले प्रतिनिधिहरूले ५ बुँदे आपत्ति पत्र बुझाएर बैठक छाडेका हुन्। धरान उपमहानगरपालिकामा एमालेका जनप्रतिनिधिकाे बलियो उपस्थिति छ।जस्मा १० जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्य। यति ठूलो संख्यामा अनुपस्थिति भएपछि मेयर हर्क साम्पाङ (राई) ले बैठक अघि बढाउन नसकेर स्थगित गरेका हुन्। १८ जना कार
विराटनगर/ नेपालको बैंकिङ प्रणालीलाई निशाना बनाउँदै सक्रिय ठगी गिरोहले योजनाबद्धरूपमा राजनीतिक, कानुनी र सामाजिक क्षेत्रमा परिचित व्यक्तिलाई समेत जालोमा पारिरहेको खुलेको छ ।पछिल्लो समय कोशी प्रदेशकी एक महिला पूर्वसांसद ठगीको सिकार बनेकी छन् । कोशी प्रदेशसभाकी पूर्वसदस्य उनलाई गत असार २७ गते दिउँसो करिब २ः५० बजेतिर आफूलाई वाणिज्य बैंकको म्यानेजर भएको बताउने व्यक्तिले ‘वाट्सएप’मा फोन गरे । बैंकको लोगो देखिने गरी आएको फोनमा ‘माननीयज्यू, तपाईंको केवाईसी तत्काल अपडेट गर्नुपर्छ’ भनियो । पेसाले कानुन व्यवसायीसमेत रहेकी ती पूर्वसांसदले सहजै विश्वास गरिन् र मोबाइलमा