धरान/ धरान उपमहानगरपालिका मेयर हर्कराज राई उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट अलपत्र छाडेर काठमाण्डौमा संगठन विस्तारमा व्यस्त छन् ।
सोमबार काठमाण्डौ गएका मेयरको काठमाण्डौमा शुभचिन्तकको हाई हाई भए ।
तर यता धरान उमहानगर भने वजेट शुन्य अवस्थामा छ ।उपमहानगरको बजेटलाई प्राथमिकतामा नराखी काठमाण्डौमा संगठन विस्तारमा व्यस्त देखिएपछि स्थानीय सरकार सञ्चालन नै प्रभावित भएको छ ।
मेयरको उदासिनताप्रति असन्तोष जनाउँदै धरानमै समस्या समाधान गर्नुपर्ने बेला काठमाण्डौमा संगठन विस्तार गर्नु गैरजिम्मेवारपन भएको टिका टिप्पणी हुन थालेको छ ।
बजेट कहिले पारित हुने भन्ने विषयमा अझै अनिश्चितता कायमै छ ।बजेट ढिलाइका कारण धरानका २० वटै वडामा विकास र सेवा ठप्प भएको छ ।
सडक मर्मत र ढल व्यवस्थापन रोकिएका छन् । खानेपानी, फोहर व्यवस्थापनजस्ता आधारभूत सेवा प्रभावित छन् । सामुदायिक विद्यालय, स्वास्थ्य चौकी र सामाजिक सुरक्षा कार्यक्रम स्थगित भएका छन् ।
बजेट अन्योलमा परेपछि धरानका सर्वसाधारण आधारभूत सेवा र विकास योजनाबाट वञ्चित हुने अवस्थामा पुगेका छन् ।
कांग्रेस धरानका सभापति श्याम पोख्रेलले मेयरले वजेटको विषयलाई समाधान नगरी काठमाण्डौ जान नहुने तर्क गरेका छन् ।
वजेट विहीन धरान बनाएर संगठन विस्तारको नाममा हिड्नु गैर जिम्मेवारी पन भएको सभापति पोख्रेलको भनाई छ । नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले जनताको समस्या बेवास्ता गर्दै व्यक्तिगत राजनीतिक लाभमा मात्रै ध्यान दिएको” भन्दै कडा आपत्ती जनाएका छन् ।
उनले भने,“अल्पमतले वजेट पास गरेको घोषणा गरेर कार्यान्वयन कसरी हुन्छ ,बहुमत पक्षको मागलाई कुनै हालतमा वेवास्ता गर्न मिल्दैन नी,कानुन तह पनि बहुमतको मागप्रति नेतृत्वकर्ताले गंभीर हुनु जरुरी छ ।”
माओवादी,काँग्रेसका जनप्रतिनिधीको समर्थनमा वजेट पास भएको घोषणा गरेका मेयर राईलाई कार्यान्यन गर्न चुनौती छ ।
प्रस्तावित बजेट नगरसभासम्म पुग्न सकेको छैन । बजेट पेससम्म नभएको धरानमा यति बेला ’बजेट होलिडे’ चलिरहेको छ ।पालिकाको आर्थिक गतिविधि ठप्प छ ।
’बजेट होलिडे’ समाधान खोज्नुको सट्टा धरानका मेयर हर्क साम्पाङ भने काठमाडौंमा संगठन विस्तार गर्न आएका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अघिल्लो वर्ष अर्थात् असार मसान्तसम्म पारित भइसक्नुपथ्र्यो ।
तर, १० असारभित्र नगरसभामा पेस गरेर असार मसान्तसम्म पारित हुनुपर्ने धरानको बजेट कहिले पास होला भन्ने अन्योल छ ।
जसपा नेपालका धरान अध्यक्ष ताजुप लिम्बूले मेयर आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
उनले बजेट ल्याउन सहजीकरण गर्नुपर्ने महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा जिम्मेवारीबाट भागेर धर नपाइने बताए ।