इलाम/ खोल्साको सुनु अथवा कालो हीरा को उपमा पाएको अलैची किसानहरुको लागि आम्दानीको श्रोत रहेको मानिन्छ । खेर गएको र अन्य केही नफल्ने खोल्सामा उत्पादन हुने भएकोले खोल्साको सुन र सुकाउदा कालो रंगको देखीएपछि निक्कै मुल्यवान भएकाले कालो हिराको उपमा पाएको अनुमान छ । तर उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्यमा गतवर्ष केही वृद्धि भएपछि उत्साहीत बनेका किसानमा निरासा थपिएको थियो । मूल्यमा निरन्तर गिरावटपछि किसान अलैंचीखेतीको विकल्प खोज्न लागेका किसान गत वर्ष मूल्यमा आएको सुधारले केही आशा पलाएपनि लकडाउन भएसँगै मूल्य ह्वात्तै घटेपछि निरास बनेका हुन । अघिल्लो वर्ष ३० हजार रुपैयाँ
इलाम / सवारी नियम मिच्ने साधनलाई कारबाहिबाट संकलन हुने राजश्व आर्थिक ०७५/७६ को तुलनामा ०७६/७७ मा कम भएको छ । कोरोना र लकडाउनका कारण ०७६।७७मा राजश्व संकलनमा कमी भएको हो । आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७मा १ सय ८६ वटा बसब
काठमाडौं / सुनको मुल्य आज सोमबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १२ सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । हिजो आइतबार सुनको मुल्य तोलाको ९६ हजार तीन सय रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार सोमबार छापावाल सुुनको भाउ प्रतितोला १२ सयले बढेपछि तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो । त्यस्तै , चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय १० रुपैयाँ पुगेको छ ।
धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–८ मुगामा कफी तथा एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । सो क्षेत्रलाई कफी पकेट क्षेत्र घोषणा गरेर व्यवसायिक कफी तथा एभोकाडो खेती शुरु गरिएको हो । मुगा पाख्रीबास कृषि सहकारी सस्थाले एक कार्यक्रमका बीच व्यावसायिक खेती उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका छन् । सो क्रममा पाख्रीबास नगरपालिकाका प्रमुख बिर्षबहादुर राई, मुगा कृषि सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायतले कफी र एभोकाडोको विरुवा रोपेका थिए । कार्यक्रममा संघीय सांसद राईले पाख्रीबास नगरपालिकालाई कृषि क्षेत्रमा अघि बढाउन पहल गर्ने बता
काठमाडौं / सुनको मुल्य आज शुक्रबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १३ सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।हिजो बिहिबार सुनको मुल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुुनको भाउ प्रतितोला १३ सयले बढेपछि तोलाको ९५ हजार ८०० रुपैयाँ शुक्रबार कायम भएको हो । त्यस्तै , तेजावी सुनको भाउ तोलाको ९५ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ५० रुपैयाँ पुगेको छ ।
धरान । सरकारले लागु गरेको लकडाउनको समयावधिमा बुझाउनु पर्ने जुनसुकै कर वा राजस्व तथा सरकारी सुविधाको जरिवाना छुट गर्ने घोषणा गरे पनि सरकारी निकायले नै जरिवाना लिने गरेको पाइएको छ । लकडाउनको समयमा लाइसेन्स रिन्यु गर्न नपाएका सवारी चालकहरुलाई इटहरी स्थित यातायात कार्यालयले जरिवाना लिने गरेको पाइएको हो । लकडाउनको समयावधिमा तिर्नुपर्ने जुनसुकै कर वा सरकारी सेवा शुल्क तिर्न नसकेका सेवाग्राहीलाई लकडाउन खुलेको ६० दिन भित्र कुनै पनि जरिवाना नलिने सरकारले घोषणा गरेको छ । त्यसै गरि प्रदेश १ सरकारले पनि आफ्नो बजेट तथा निती कार्यक्रममै पनि जरिवाना छुट दिने घोषणा गरेको थियो । तर इटहरी स्थित यातायात व्यवस्
धरान / कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण आन्तरिक राजस्व संकलनमा पनि कमी आएको छ । धरान स्थित आन्तरिक राजस्व कार्यालयले अघिल्लो वर्षको तुलनामा वृद्धि गरे पनि आर्थिक वर्ष २०७६÷७८ को लक्ष्य भेट्न सकेन् । धरान स्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७६/७७ को २० दशमलव ६७ प्रतिशतले लक्ष्य भेट्न नसके पनि अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले राजस्व संकलनमा वृद्धि गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ७० करोड ६० लाख २६ हजारको लक्ष्य लिएको थियो । जस मध्ये ४ अर्ब ५२ करोड ६६ लाख ८२ हजार रुपैया (७९ दशमलव ३३ प्रतिशत ) मा
विराटनगर । ब्रिटिस, भारत र सिंगापुर लाहुरेमा कार्यरत रही रिटार्यड भएका पूर्वगोर्खा सैनिक(लाहुरे) को भत्ता काटेको विषयमा प्रदेश संसदका संघीय सरकारको चर्को आलोचना भएको छ । प्रदेश १ को बुधबार संसद बैठकमा बोल्ने सांसदले लाहुरेको भत्ता काटिएको विषयलाई जोडदार रुपमा उठाएका छन् । नेकपाकी सांसद खिनु लङ्वा लिम्बूले “भूतपूर्व गोर्खा सैनिकको भत्ता किन कटाएको ?” भन्दै संघीय सांसदलाई प्रश्न गरिन । उनले पेन्सन अरु देशबाट आउने गरेको तर त्यसमा नेपाल सरकारको योगदान नरहेको भन्दै सामाजिक सुरक्षा वापतको भत्ता नदिन गरिएको निर्णय व्यवहारिक नभएको भन्दै टिप्पणी गरिन । राजसपाका जयराम यादवले अहिले धानखेती
इलाम / चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामा फेरी चियाको मूल्यमै विवाद शुरु भएको छ । नगरका केही उद्योगहरुले किसानको फस्ट फल्सको चिया मुल्य निर्धारण नै नगरी खरिद गरे । जेठको अन्तिम साताबाट केही उद्योगले चियाको बजार अस्थिर भएको भन्दै ३० प्रतिशत माथी मुना भएको हरियोपत्तीलाई ३० रुपैया, ५० प्रतिशत भन्दा मुनि ३० प्रतिशतसम्मकोलाई २० रुपैया मुल्य तोकेर किसानहरुलाई रसिद थमाइदिए । त्यसपछि किसानहरुले नगरले बनाएको गुणस्तरिरय चिया सम्बन्धी मापदण्ड अनुसार न्युनतम ४० रुपैया मूल्य पाउनुपर्ने माग राख्दै जेठ २६ गते नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाए । उक्त ज्ञापन पत्र पाएपछि नगरपालिकाले अनुगमा नरेर
काठमाडौं / सुनको मुल्य वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १३ सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुुनको भाउ प्रतितोला १३ सयले बढेपछि तोलाको ९४ हजार रुपैयाँ कायम भएको हो । त्यस्तै , तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।