लाहुरेको भत्ता नकाट्न संघीय सरकारलाई प्रदेश सांसदको माग

  • साउन ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । ब्रिटिस, भारत र सिंगापुर लाहुरेमा कार्यरत रही रिटार्यड भएका पूर्वगोर्खा सैनिक(लाहुरे) को भत्ता काटेको विषयमा प्रदेश संसदका संघीय सरकारको चर्को आलोचना भएको छ ।

प्रदेश १ को बुधबार संसद बैठकमा बोल्ने सांसदले लाहुरेको भत्ता काटिएको विषयलाई जोडदार रुपमा उठाएका छन् । नेकपाकी सांसद खिनु लङ्वा लिम्बूले “भूतपूर्व गोर्खा सैनिकको भत्ता किन कटाएको ?” भन्दै संघीय सांसदलाई प्रश्न गरिन । उनले पेन्सन अरु देशबाट आउने गरेको तर त्यसमा नेपाल सरकारको योगदान नरहेको भन्दै सामाजिक सुरक्षा वापतको भत्ता नदिन गरिएको निर्णय व्यवहारिक नभएको भन्दै टिप्पणी गरिन ।

राजसपाका जयराम यादवले अहिले धानखेती गर्ने बेलाका किसानले मलखाद नपाएको विषयमा सरकारले चासो नदिएको भन्दै टिप्पणी गरे । पुष्पलाल स्मृति दिवसमा उनलाई सम्झना गर्दै यादवले भने,“हिजो पुष्पलाल, विपी कोइराला आदि धेरै नेताको योगदान र राजनीतिक आन्दोलनको बलमा अहिले गणतन्त्र आएको छ तर कम्युनिष्टकै सत्ता भएको बेला किसानलाई सास्ती छ ।”

नेपाली कांग्रेसकी सन्जाकुमार दनुवारले नर्सहरुलाई प्रोत्साहन भत्ता दिने भनेर निर्णय गरेपनि नपाएको भन्दै अविलम्ब व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिन । भनिन्,“म पनि नर्स नै हुँ तर पहिले प्रोत्साहन भत्ता दिने भनेर अहिले बन्चित गरिनु उचित भएन ।” उनले अनमीहरुलाई पहिले नर्सिङ पढ्न समेत सरकारले सहयोग गर्ने गरेकोमा अहिले त्यो क्रमभंग भएको भन्दै टिप्पणी गरिन । दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि उचित भत्ता दिन माग गरिन ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved