चियाको मूल्यमा विवाद

  • साउन ७, २०७७
  • "भगिरथ भण्डारी"
alt

इलाम / चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामा फेरी चियाको मूल्यमै विवाद शुरु भएको छ ।
नगरका केही उद्योगहरुले किसानको फस्ट फल्सको चिया मुल्य निर्धारण नै नगरी खरिद गरे । जेठको अन्तिम साताबाट केही उद्योगले चियाको बजार अस्थिर भएको भन्दै ३० प्रतिशत माथी मुना भएको हरियोपत्तीलाई ३० रुपैया, ५० प्रतिशत भन्दा मुनि ३० प्रतिशतसम्मकोलाई २० रुपैया मुल्य तोकेर किसानहरुलाई रसिद थमाइदिए ।

त्यसपछि किसानहरुले नगरले बनाएको गुणस्तरिरय चिया सम्बन्धी मापदण्ड अनुसार न्युनतम ४० रुपैया मूल्य पाउनुपर्ने माग राख्दै जेठ २६ गते नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाए । उक्त ज्ञापन पत्र पाएपछि नगरपालिकाले अनुगमा नरेर नगरले तोकेको मूल्य लागुगर्न आग्रह गरेपछि विवादमा आएको हो ।

सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको बहाना बनाउँदै नगरले तोकेको मूल्यभन्दा कम मूल्यमा चिया लिने बताएपछि किसान आन्दोलनमा होमिएका थिए । दुई वर्ष अघि नगरपालिकाले हरियो चियापत्ती प्रतिकिलो मूल्य ४० रुपैयाँ भन्दा कममा उद्योगले किन्न नपाउने भन्दै कार्यविधि नै बनाएको थियो तर अहिले उद्योगीले बन्दाबन्दीमा चिया बेच्न नसकिएका कारण व्यवसाय घाटामा गएकाले तोकिएको मूल्य दिन नसक्ने बताएका थिए ।

ilam

नगरले २ वर्ष अघि चिया उत्पादनको मापदण्ड तोकेर मूल्य निर्धारण गरेको थियो । सोहि मापदण्ड अनुरुप कार्यान्वयन गर्न नगरले आग्रह गरेपछि किसान र उद्योगि आन्दोलनमा होमिएका हुन । २ बर्ष अघि गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधी २०७५ र असार तेश्रो साता चिया शाखा सचिवालय बनाएर मूल्य निर्धारण गरेको थियो । लकडाउन भन्दा अघि किसानले उद्योगबाट कार्यविधि अनुसार नै मुल्य पाएका थिए ।

तर त्यसपछिको अवधिमा उद्योगले कार्यविधिमा तोकिएको न्युनतम ४० रुपैया नदिएको गुनासोपछि सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया शाखा सचिवालय संयोजक देवेन्द्र शर्मा, चिया तथा कफि बोर्डका प्रमुख सहितको टो उद्योगमा पुगेर अनुगमन गरेकाथिए । विवाद अनुगमनका क्रममा मापदण्डको पालना नभएको भन्दै उद्योगलाई सचेत गराएपछि फेरी उद्योगीले फेरी विवाद निम्त्याएका छन ।

चियाको गुणस्तर कायम नभएको, सर्मथन मुल्य नदिएको, खरिद बिल नदिने गरेको, सुचना पार्टीमा ग्रेडिङ विधि लगायत टास नगरेको भन्दै उद्योगलाई ३ दिनभित्र नगरले गठन गरेको चिया सचिवालयमा सूर्योदय टि प्रोडयुसर्सको लिखित पत्र सहित उपस्थित हुन आग्रह गरेको थियो । अनुगमनको भोली पल्ट नै एसोसिएनसले विज्ञप्ती जारी गर्दै नगर प्रमुख सहितको टोलीले उद्योग परिसरमा किसान भेला गराई उद्योग र संचालकलाई आच आउँने गतिविधि गरेको आरोप लगाएको छ ।

एसोसिएसनका अध्यक्ष पुनम राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘ उद्योग परिसरमा गई किसानहरुलाई भेला गराएर अभद्र शैलीबाट उद्योग तथा संचालकमा आँच आउने किसिमको कृयाकलाप गरेको र सो को श्रव्य दृश्य सामाग्री सामाजिक संजाल मार्फत सार्वजनिक गर्दा उद्योगीको छविमा आँच आउने र यस्तो किसिमको कृयाकलापले सम्वद्ध स्थानीय सरकार, उद्यमी, कर्मचारी, मजदुर तथा कृषकहरु बिच असामान्य परिस्थिति सृजना भएको प्रति एसोसिएसनमा आवद्ध उद्योगहरु एवम एसोसिएनस परिवार खेद प्रकट गर्छ विज्ञप्तिमा उल्लेख छ ।’

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved