समाज

    Showing 981-990 of 6,821 items.
  • पैदलै हिड्न थाले यात्रु : यात्रु भन्छन् सडकमा सरकार छ भन्ने अनुभूत छैन

    काठमाण्डौं/मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरु पैदलै सुरक्षित स्थान तर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।  असोज ३ गते काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै छन् उनि रातमाटेदेखि घण्टौ हिँडेर असोज ५ गते विहान साढे ९ बजे मुग्लिङ पुगेकाछन् । कतिपय ठाउँमा सडक एकतर्फी जान सक्ने स्थानमा पनि ट्राफिक प्रहरीहरुले सवारी रोकपछि विभिन्न स्थानमा वादविवाद भएको र प्रहरी प्रशासनको रुखो बोलीले यात्रुहरु झ

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 548 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुग्लिङ–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु अलपत्र

    काठमाडौं/चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला पुल नजिक खसेको लगातार पहिरोले करिब ३६ घण्टादेखि यातायात ठप्प बनेको छ । यसले गर्दा हजारौँ यात्रु तथा यातायात मजदुर सडकमै बिचल्लीमा परेका छन् । असोज ३ गते साँझ साढे ६ बजेदेखि खस्न थालेको पहिरो अझै पन्छाउन नसकिएको हो । लगातार पहिरो खसिरहेकाले सडक सफा गर्न कठिनाइ भएपछि यात्रुहरू अलपत्र परेका छन् । लामो अवरोधका कारण खानपिनमा समेत समस्या देखिएको छ । यसबीच, मुग्लिङका स्थानीयवासीले पहल गर्दै यात्रु तथा मजदुरलाई खानपिनको सहयोग गरेका छन् । साथै, राइडर्स युनियन नेपाल चितवन जिल्ला कमिटीले बिस्कुट र पानी वितरण गरेको छ । उपाध्यक्ष आलोककु

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरको बजेट : २ अर्ब २० करोड, पूर्वाधारदेखि शिक्षासम्म प्राथमिकता

    धरान/लामो प्रतीक्षापछि धरान उपमहानगरपालिकाले आ.व. २०८२/०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। शनिबार उपमहानगरको प्राङ्गणमा बसेको १७औं नगरसभामा बजेट प्रस्तुत गरिएको हो। मेयर हर्कराज राईका अनुसार पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई यस वर्षको बजेटको प्राथमिकतामा राखिएको छ। उपमेयर अइन्द्र विक्रम बेघाले प्रस्तुत गरेको बजेटमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख, राजस्व बाँडफाँडबाट ३४ करोड १८ लाख र गत वर्षको मौज्दातसहित अन्य श्रोतबाट रकम जुटाउने प्रक्षेपण

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 756 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दसैंको मुखमै अलैँची बजार ओरालो ! किसान चिन्तित

    झापा/ दसैं नजिकिँदै गर्दा नगदे बाली अलैँचीको मूल्य ओरालो लागेको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा प्रतिमन (४० किलो) अलैँची हाल ८१ हजारदेखि ९२ हजार रुपैयाँमा मात्रै बिक्री भइरहेको छ। भदौको सुरुवातमा प्रतिमन ९४ हजार रुपैयाँसम्म पुगेको मूल्य अहिले २–३ हजार रुपैयाँले घटेको हो। अहिले बजारमा सबैभन्दा राम्रो ‘बोल्ड’ अलैँची प्रतिमन ९२ हजार र सामान्य ‘चालु’ अलैँची ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार दसैं खर्च धान्न किसानले सानो मात्रामा अलैँची बजारमा ल्याएपछि मूल्य घटेको हो। लेकाली

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 635 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा संविधान दिवस भव्यतापूर्वक मनाइयो

    धरान/संविधान दिवसको अवसरमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा धरानमा आज भव्य ¥याली तथा कोणसभा सम्पन्न भयो। धरान–२ छाताचोकबाट सुरु भएको ¥याली ‘संविधानको रक्षा गरौँ’ नारासहित भानुचोकमा पुगेर कोणसभामा परिणत भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवासहित ठूलो जनसमुदायको उपस्थिति रहेको थियो। सहभागीहरूले संविधानको संरक्षण र अराजक गतिविधिको विरोधमा ऐक्यबद्धता जनाए। कोणसभामा विद्यार्थी नेता रविन्द्र श्रेष्ठले धरानमा भदौ २४ पछि भएका तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै मेयर हर्कराज राईमाथि नै जिम्म

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 475 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संविधानको रक्षा श्रमिकहरुको एजेण्डा : जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

    काठमाण्डौं/नेपालको संविधान श्रमिकहरुको संघर्षको उपलब्धी भएकाले संविधानको रक्षा श्रमिकहरुको मुख्य एजेण्डा भएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनु भएको छ ।  शुक्रबार पुतलीसडकस्थित मनमोहन मजदुर भवनको खुल्ला प्राङ्गनमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका समारोहमा जिफन्ट तथा आवद्ध घटकका सयौँ श्रमिक नेता कार्यकर्ताहरु सभागी सभा मार्फत शुभकामना दिनुहुँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो सात दशक लामो नेपाली श्रमजीवी जनताको रगत र पसिनाले निर्माण गरिएको संविधान विरुद्ध प्रतिगामीहरुलाई खबरदारी गर्नुभयो ।  अध्यष श्रेष्ठले भन्नुभयो संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरोध श्रमिक जनताले

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५३८ किलो गाँजा बरामद, चालक फरार

    विराटनगर/ विराटनगरबाट बिहीबार राति प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर–८ यादवचोक नजिक भातीगछतर्फ जाने सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारभित्र ५३८ किलो गाँजा भेटिएको हो। बिहीबार राति करिब १०:१५ बजे प्रहरीले नियन्त्रणमा लिएको कार तलासी गर्दा १५ बोरा गाँजा फेला परेको थियो। कार छाडेर चालक फरार भएका कारण उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रारम्भिक अनुमान छ। कारसहित गाँजा नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बलात्कारपछि हत्या गर्ने मुख्य आरोपी पक्राउ

    खोटाङ/ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । सहकारीको काम सकेर सोमबार साँझ घर फर्कंदै गरेकी रेस्मिकामाथि ५–६ जनाको समूहले आक्रमण गरी सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न भएको आरोपमा रेस्मिकाका छिमेकी २९ वर्षीय दीपक सार्कीलाई पक्राउ गरिएको छ । सार्की मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भनेर प्रहरीलाई नाम टिपाएका छन् । बाँकी फर

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 718 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा करेन्ट लाग्दा एकजनाको मृत्यु

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–११ हिमाली मार्गका ५० वर्षीय धर्मराज राईको करेन्ट लागेर मृत्यु भएको छ। राईले बिहिबार बिहान करिब ११:४५ बजे आफ्नै घरमा गमलामा पानी हाल्न मोटर अन गर्ने क्रममा करेन्ट लागी घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–घोपा पुर्‍याइए पनि डाक्टरले १२:२० बजे मृत घोषणा गरेका हुन्। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इप्रका धरानबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हिबिस्कसको खुल्ला हाजिरी जवाफ प्रतियोगिता हुने

    धरान/ हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले यस वर्ष खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। विगतमा नगर र जिल्ला स्तरीय स्तरमा आयोजना गर्दै आएको स्कुलले यस पटक दायरा फराकिलो बनाउँदै खुल्ला रूपमा प्रतियोगिता गर्ने घोषणा गरेको हो। पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै स्कुलका सल्लाहकार पवन झा ले विद्यार्थीको बौद्धिक क्षमताको विकासलाई मुख्य लक्ष्य राखिएको बताए। उनका अनुसार २०७९ सालदेखि सुरु भएको ‘हिबिस्कस क्विज मेनिया’ यस पटक १ सय ५० भन्दा बढी विद्यालय सहभागी हुने अनुमान गरिएको छ। कार्यक्रम संयोजक सुवास मोक्तानले पहिलो चरणमा १ सय प्रश्न रह

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved