संविधानको रक्षा श्रमिकहरुको एजेण्डा : जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

  • असोज ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/नेपालको संविधान श्रमिकहरुको संघर्षको उपलब्धी भएकाले संविधानको रक्षा श्रमिकहरुको मुख्य एजेण्डा भएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनु भएको छ । 

शुक्रबार पुतलीसडकस्थित मनमोहन मजदुर भवनको खुल्ला प्राङ्गनमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका समारोहमा जिफन्ट तथा आवद्ध घटकका सयौँ श्रमिक नेता कार्यकर्ताहरु सभागी सभा मार्फत शुभकामना दिनुहुँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो सात दशक लामो नेपाली श्रमजीवी जनताको रगत र पसिनाले निर्माण गरिएको संविधान विरुद्ध प्रतिगामीहरुलाई खबरदारी गर्नुभयो । 

अध्यष श्रेष्ठले भन्नुभयो संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरोध श्रमिक जनताले कुनै हालतमा सहन नसक्ने बताउनुभयो । लोकतान्त्रिक गणथतन्त्रको विकल्प अर्को कुनै व्यवस्था हुननसक्ने भन्दै गणतन्त्र र त्यसको मुल आत्माका रुपमा रहेको संविधान रक्षाका लागि जिफन्ट प्रतिवद्ध रहेको बताउनुभयो । 

वहाँले भन्नुभयो नेपाली श्रमजीवी वर्गको पसिनाले ठडिएको जिफन्ट भवनलाई भदौ २४ गते जेन जी आन्दोलनको नाममा अराजक समुहले तोडफोड तथा समान लुटेकोपूति इगिंत गर्नुहुँदै भौतिक संरचना माथिको क्षतिले विचारलाई गलाउन नसक्ने बताउनुभयो ।

वहाँले भन्नुभयो हामी विचार सहितको आन्दोलनले उठेको देशकै श्रम आन्दोलनमो मुल शक्ति हौ हामी फेरी उठ्नेछौं, हाम्रो भवनमा पुर्याएको क्षति हाम्रै पसिनाले पुर्ति गर्नेछौं । 

कार्यक्रमको सुरवतमा जिफन्टका संरक्षक तथा पूर्व अध्यष विष्णु रिमालले पानसमा दिप प्रज्वलन गर्नुभएको थियो । नेकपा (एमाले) का उपमहासचिव समेत रहनु भएका रिमाल जिफन्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थियो ।

 IMG-20250919-WA0001 IMG-20250919-WA0004 IMG-20250919-WA0003

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved