समाज

    Showing 821-830 of 6,821 items.
  • धरानमा सामूहिक ‘हुर्रा नाच’ प्रदर्शन : मौलिक संस्कृतिको उत्सव

    धरान/धरानमा मगर समुदायले आफ्नो मौलिक सांस्कृतिक पहिचान जोगाउँदै पुस्ता हस्तान्तरणको सन्देशसहित सामूहिक ‘हुर्रा नाच’ प्रदर्शन गरेका छन्। नेपाल मगर संघ धरान समितिको आयोजनामा शनिबार धरान–१० स्थित सैनिक भवनमा आयोजित कार्यक्रममा मगर समुदायका दर्जनौँ समूहले परम्परागत पोसाक र ढोल–मादलको तालमा सामूहिक नाच प्रस्तुत गरेका थिए। कार्यक्रमका विशिष्ट अतिथि धरान उपमहानगरपालिकाका उप–प्रमुख अईन्द्र बिक्रम बेघाले धरानलाई सबै जातजाति, धर्म र संस्कृतिको साझा सहअस्तित्वको शहरको रूपमा चिनाउँदै भने, “धरान अरु शहरभन्दा बेग्लै हो। यहाँ सबै समुदायले संस्कार र संस्कृतिको सम्मान गर्

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मध्यरातको स्ट्याटसले बालेन फेरि विवादमा !

    काठमाडौँ/ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक आफ्नो अभिव्यक्तिका कारण चर्चाको केन्द्र बनेका छन्। मध्यरातमा उनले सामाजिक सञ्जालमार्फत लेखेको विवादास्पद स्ट्याटस केही मिनेटमै हटाए पनि, त्यसको स्क्रिनसट अहिले सोसल मिडियामा व्यापक रूपमा भाइरल बनेको छ। शाहले अमेरिका, भारत, चीनजस्ता शक्तिशाली मुलुकहरू र नेपाली प्रमुख राजनीतिक दलहरू — एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपा — सबैलाई लक्षित गर्दै तीखो र आपत्तिजनक टिप्पणी गरेका थिए। उनको शब्दचयन अशिष्ट र कूटनीतिक रूपमा अत्यन्त संवेदनशील भएको भन्दै विभिन्न तर्फबाट आलोचना सुरु भएको छ। धेरैले उनको अभिव्यक्तिलाई

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा १२ हजार ट्रामाडोल ट्याब्लेटसहित दुई युवा पक्राउ

    धरान/सुनसरीको हरिनगरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा गरिएको प्रहरी चेकजाँचका क्रममा उनीहरूबाट १२ हजार पिस ट्रामाडोल ट्याब्लेट बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय हरिनगरा र सुरक्षा प्रहरी बेस क्याम्प बसन्तपुरबाट खटिएको संयुक्त टोलीले देवानगंज–हरिनगरा सडक खण्डमा चलिरहेको प्र.१–०२–००४ ह.८३३५ नम्बरको सिटी सफारी रोकी चेकजाँच गर्दा औषधि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त सिटी सफारीमा लुकाएर राखिएको ट्रामाडोल १२०० पत्ता (१२,००० ट्याब्लेट) बरामद गरिएको हो। सोही सवारी साधनका चालक, हरिनगरा गाउँपालिका–५ का १५ वर्षीय

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 1,411 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा “हिविस्कस क्विज मेनिया सिजन–४” हुँदै, देशभरका १ सय ५० विद्यालय सहभागी हुने अपेक्षा

    धरान/हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ले आगामी पुष ९ र १० गते “हिविस्कस क्विज मेनिया सिजन–४” आयोजना गर्ने भएको छ। विद्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी र योजनाबारे जानकारी गराएको हो। विद्यालयका सल्लाहकार पवन झाका अनुसार विद्यार्थीहरूको अध्ययनसँगै बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। विगतमा नगर र जिल्ला स्तरीय रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यसपटक भने खुला स्तरीय अन्तर–विद्यालय प्रतियोगिताको आयोजना गर्न लागेको छ। “गतवर्ष सुनसरी जिल्लाभित्र सीमित राखिएको थियो, यस

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका दुई युवा नक्कली पेस्तोल र तलवारसहित बराहक्षेत्रमा पक्राउ

    सुनसरी/धरानका दुई युवा बराहक्षेत्र नगरपालिका–५ कालाबन्जार चौकमा नक्कली पेस्तोल र फलामको तलवारसहित प्रहरीको फन्दामा परेका छन् । मिति २०८२ साल कात्तिक १३ गते अपराह्न करिब ३ बजे प्रहरी चौकी भरोलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको टोलीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको को ८ प ९५५६ नम्बरको मोटरसाइकललाई शंकास्पद ठानी रोकेर चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का २१ वर्षीय बिमल बरैलि (अंकु) र २७ वर्षीय रबिन्द्र सैल्यो रहेका छन् । उनीहरूको साथबाट नक्कली प्लास्टिकको पेस्तोल १ थान, सानो फलामको तलवार १ थान, उक्त तलवारको खोला र स्क्रि

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 1,232 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा मन्दिरमा कार्तिके अर्थात हरिबोधिनी मेला शनिबार , तयारी हुँदै

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तिर्थ वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चतरणमा पुगेको छ । प्रत्यक बर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस बर्ष कात्तिक १५ गते शनिवार एकादशिको दिनबाट सुरु भई कात्तिक १९ गते बुधवार पुर्णिमाको दिनसम्म गरेर ५ दिन आयोजना हुने वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उक्त मेला नगरपालिका र वडा कार्यालयको समन्वयमा वराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको छ । मेलाको लागि मन्दिरमा रङ्गरोगन , कोसी नदीमा स्नान घाटको व्यवस्थ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 698 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित एक पक्राउ

    सुनसरी । लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १२ गते दिउँसो करिब ३ बजेको समयमा इनरुवा नगरपालिका–४ बसचोकस्थित क्षेत्रमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट संयुक्त टोली खटिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ पैदल गइरहेका संखुवासभा जिल्ला धर्मदेव नगरपालिका–४ बस्ने ३७ वर्षीय ओमनाथ घिमिरेलाई रोक्दै चेकजाँच गर्दा उनको साथबाट २.३६ ग्राम (दुई ग्राम तीन सय साठ्ठी मिलिग्राम) ब्राउन सुगर  फेला परेको प्र

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली साहित्याकाशमा चम्किलो तारा : ‘अन्तिम सेलो’

    म भएर नै तिमीलाई तिमी मेरो हुने गरी प्रेम गर्छु...    यिनै प्रेमिल हरफहरूबाट ‘अन्तिम सेलो’ कविता सङ्ग्रहको ढोका खोल्छु म । इन्दु नेपाल योन्जन कोमल हृदय भएका स्रष्टा हुन् । हरेक क्षण दवाबमा काम गर्नुपर्ने स्वास्थ्य संस्थाजस्तो क्षेत्रमा सक्रिय भएर पनि उनी काव्य लेखनमा समर्पित छन् । संवेदनशील हृदयका धनी कवि योन्जनको कविता सङ्ग्रह हो, ‘अन्तिम सेलो’ ।      अत्यन्तै कोमल शब्दहरूको पठनले गहिरो प्रेमभाव स्पर्श गर्न पाइन्छ, ‘प्रेम गर्छु’ कवितामा । त्यस्तै सङ्खुवासभा जिल्लाको ग्रामीण परिवेशलाई कवितामा उतारेर मातृस्थान पहिचानको पक्षधर बन

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषधसहित युवक पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१५ भानु मार्गमा लागूऔषध कारोबारमा संलग्न एक युवक पक्राउ परेका छन् । बुधबार राति करिब ९ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको टोलीले शंका लागेका एक युवामाथि चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रेहान लिम्बुको साथबाट स्पाइस ८६ पिस, डिकोलिक ७२ पिस र ट्रामाडोल १५९ पिस फेला परेका हुन् । उनी महादेव चौकबाट श्यामचोकतर्फ पैदल आइरहेका बेला पक्राउ परेका थिए । पक्राउ परेका लिम्बु र बरामद लागूऔषध इलाका प्रहरी कार्यालय धरानमा बुझाइएकाले थप अनुसन्धान भइरहेको प्रहरीले ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 1,326 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चाडवाड सकिएसँगै भ्रमणमा निस्किए सर्वसाधारण

    धरान/ दशैं–तिहार सकिएसँगै अनुकूल मौसम र फुर्सदिलो समयको सदुपयोग गर्दै धार्मिक आस्था र पर्यटनसँग सम्बन्धित स्थलहरूमा घुमफिर गर्ने क्रम तीव्र बनेको छ । विशेषगरी पूर्वका रमणीय स्थलहरू र धार्मिक मठ–मन्दिरहरूमा भक्तजन तथा पर्यटकको चहलपहल बढ्दो क्रममा छ । धरान–१४ स्थित बुढासुब्बा मन्दिरको दर्शनका लागि देशका विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम निरन्तर बढेको छ । परिवारसहित पूर्वका धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलहरूको भ्रमणमा निस्किएका काठमाडौंका राजेन्द्र श्रेष्ठ पनि तीमध्ये एक हुन् । धरानमा एक रात बास बसेपछि शनिबार बिहानै बुढासुब्बा मन्दिर पुगेका श्रेष्ठले प

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved