समाज

    Showing 6,651-6,660 of 6,746 items.
  • धुलिखेल अस्पतालमा उपचार गराएर ओखलढुंगा पुगेका चार जना क्वारेन्टाइनमा

    ओखलढुंगा धुलिखेल अस्पतालमा बाट उपचार गराएर ओखलढुंगा पुगेका चारजनालाई क्वारेन्टाइनमा पठाइएको छ । कोरोनाका कारण एक सुत्केरी महिलाको धुलीखेल अस्पतालमा मृत्यु भएको थियो । सोही अस्पतालमा उपचार गराएर ओखलढुंगा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो । शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुंगा पुगेका उनिहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुंगा क्याम्पस ओखलढुंगाको क्वारेन्टाइनमा पठाइएको हो ।  क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन् ।  

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेठ २० सम्म लकडाउन कायम राख्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ -सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । समितिले लकडाउनका कारण कोरोना बाट हुने ठुलो क्षति बाट बचेको र लकडाउनको बिकल्प नभएको निष्कर्ष निकालेको थियो । नेपालमा लकडाउन लागु भएको आइतबार ५५ दिन पुगेको छ । यस अघि थपेको लकडाउन भोली बाट समाप्त हुदैछ ।    

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराटनगरका दुई र धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टि

    धरान / प्रदेश १ का थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै प्रदेश १ मा कोरोना संक्रमित संख्या ३९ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार धनकुटाका १ जना र बिराटनगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान स्थित वि. पी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा विराटनगरका ३६  ,वर्षीय पुरुष ,२९वर्षीय महिला र धनकुटाका ३४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।  

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,272 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु, मृतक बाँकेको क्वारेन्टाइनमा बसेका थिए

    काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्का एक संक्रमितको मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके नरैनापुर(५ का २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । यस बारे थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस बिर्फङमा जानकारी दिए ।संक्रमितको आइतबार बिहान मृत्यु भएको थियो । उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए।  

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,146 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश २ मा दैनिक हजार नेपाली भारतबाट भित्रिँदै, सीमामै र्‍यापिड जाँच

    काठमाडौं । प्रदेश २ मा दैनिक एक हजारको हाराहारीमा नेपाली भारतबाट स्वदेश फर्किन थालेका छन् । भारतसँग सीमा जोडिएका विभिन्न आठ जिल्लाका नाकाबाट उनीहरू स्वदेश फर्किन थालेका हुन् । नेपालीलाई प्रवेश दिइए पनि भारतीयलाई भने रोक लगाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । डीआईजी सिंहले भने, “सबैको सीमामै र्‍यापिड जाँचलगायत परीक्षण हुन्छ । त्यसपछि अनिवार्य क्वारेन्टाइनमा राख्छौं । यसरी नेपालीलाई प्रवेश दिएका छौं ।” यसअघि विभिन्न नाकाबाट लुकिछिपी आएकामा अहिले नाकामै व्यवस्थित रूपमा आउन दिएपछि सो क्रम रोकिएको उनले बताए । यसबाहेक प्रहरीले लकडाउनमा कडाइसमेत गरेको

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,119 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाँकेका क्वारेन्टिन भरिभराउ

    बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिन भारतबाट फर्किएका नेपालीले भरिभराउ भएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीलाई मुख्य नाकाबाटै स्थानीय प्रशासनले नेपाल भित्र्याएपछि क्वारेन्टिनमा बस्ने ह्वात्तै बढेको हो । भारतबाट आउने नेपालीको चाप बढ्दै गएपछि यहाँका स्थानीय तहले क्वारेन्टिन बढाएका छन् । बाँकेमा अहिले ४१ क्वारेन्टिनमा एक हजार १२६ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ७३ पुरुष र ५३ महिला बाँकेका क्वारिन्टनमा रहनुभएको छ । नरैनापुरमा शुक्रबार मात्रै भारतबाट आएका आठ जनामा कोरोना सङ्क्रमण फेला परिसकेको छ । भा

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुम्बईबाट आएर बाँकेको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

    काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो । उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या दे

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा कोरोना बाट एक मृत्यु , संक्रमित संख्या २९१ पुग्यो

    नेपालमा पहिलो पल्ट कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको कोरोना भाइरसको संक्रमण बाट मृत्यु भएको पुष्टि गरेको हो । ९ दिन अघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलीभर भएर घर फर्किएकी उनलाई ज्वरो , खोकी र स्वास प्रश्वासमा समस्या आएपछि स्थानिय अस्पतालमा उपचार गराइरहेकी थिइन । स्वास्थ्यमा थप जटिलता आएपछि उनलाइ धुलिखेल अस्पताल ल्याएको थियो । धुलीखेल अस्पताल आइपुग्दा डक्टरले उनको मृत्यु भइसकेको बताएका थियो । कोरोना सग मिल्ने लक्षण भएकाले उनको आरडिट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप परीक

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाकै कारण मृत्यु भएको नेपालमा पहिलो घटना

    काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उप

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,161 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बस्ती नजिक क्वारेन्टाइन भएपछि विरोध

    भारतबाट नेपाल भित्रने संभावित मानिसलाई राख्ने तयार गर्न लागिएको क्वारेन्टाइनस्थल बस्तीबाट टाढा राख्न भन्दै विराटनगर १३ बासिन्दाले संघर्षमा उत्रिएका छन् । विराटनगर महानगरपालिकालाई पत्राचार गरी विराटनगर १३ कोशी प्रोजेक्ट क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन । महानगरसंगको समन्वयमा प्रदेश १ सरकारले स्थानीय डिएभी स्कुलमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरेको हो । तर, स्थानीयले भने अवरोध र विरोध गरेका छन् । स्थानीय टोलबारीले विराटनगर महानगरपालिकाको नाममा पठाएको ज्ञापन पत्रमा बसोबास स्थलबाट टाढा क्वारेन्टाइनको व्यवस्थापन गर्न भनिएको छ । संभावित संक्रमितलाई बस्तीमाझमा रहेको स्थानको क्वारेन्टाइनमा र

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,558 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved