नेपालमा कोरोना बाट एक मृत्यु , संक्रमित संख्या २९१ पुग्यो

  • जेठ ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालमा पहिलो पल्ट कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको कोरोना भाइरसको संक्रमण बाट मृत्यु भएको पुष्टि गरेको हो ।

९ दिन अघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलीभर भएर घर फर्किएकी उनलाई ज्वरो , खोकी र स्वास प्रश्वासमा समस्या आएपछि स्थानिय अस्पतालमा उपचार गराइरहेकी थिइन ।

स्वास्थ्यमा थप जटिलता आएपछि उनलाइ धुलिखेल अस्पताल ल्याएको थियो ।

धुलीखेल अस्पताल आइपुग्दा डक्टरले उनको मृत्यु भइसकेको बताएका थियो ।

कोरोना सग मिल्ने लक्षण भएकाले उनको आरडिट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षण्का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइएको रिपोर्ट पनि पोजेटिभ आएपछि मन्त्रालयले उनको कोरोना बाट मृत्यु भएको शनिबार पुष्टि गरेको हो ।

थप १० जनामा कोरोना संक्रमण पुष्टि 

 आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु र इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुष मा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved