नेपालमा पहिलो पल्ट कोरोना भाइरसको संक्रमणबाट एक जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको कोरोना भाइरसको संक्रमण बाट मृत्यु भएको पुष्टि गरेको हो ।
९ दिन अघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलीभर भएर घर फर्किएकी उनलाई ज्वरो , खोकी र स्वास प्रश्वासमा समस्या आएपछि स्थानिय अस्पतालमा उपचार गराइरहेकी थिइन ।
स्वास्थ्यमा थप जटिलता आएपछि उनलाइ धुलिखेल अस्पताल ल्याएको थियो ।
धुलीखेल अस्पताल आइपुग्दा डक्टरले उनको मृत्यु भइसकेको बताएका थियो ।
कोरोना सग मिल्ने लक्षण भएकाले उनको आरडिट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षण्का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइएको रिपोर्ट पनि पोजेटिभ आएपछि मन्त्रालयले उनको कोरोना बाट मृत्यु भएको शनिबार पुष्टि गरेको हो ।
थप १० जनामा कोरोना संक्रमण पुष्टि
आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु र इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुष मा कोरोना संक्रमण पुष्टि भएको छ ।