काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्का एक संक्रमितको मृत्यु भएको छ ।
यो सगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके नरैनापुर(५ का २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । यस बारे थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस बिर्फङमा जानकारी दिए ।
संक्रमितको आइतबार बिहान मृत्यु भएको थियो ।
उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए।