समाज

    Showing 611-620 of 6,962 items.
  • आदर्श माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–२, चतरामा रहेको नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत सूचीकृत सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सुनसरी जिल्लामै पहिलो पटक कक्षा ११ र १२ (प्लस टु) सञ्चालन गर्ने विद्यालयका रूपमा परिचित आदर्श माविले सोमबार औपचारिक कार्यक्रम आयोजना गरी हीरक जयन्ती मनाएको हो। समारोहमा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नगर उप–प्रमुख नन्दकुमारी सुनुवार, वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, पूर्व प्रधानाध

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी–१ को विकास एजेन्डासहित नेकपाको निर्वाचन सचिवालय उद्घाटन

    धरान/ सुनसरी क्षेत्र नम्बर–१ को समग्र विकासलाई केन्द्रमा राख्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालन सचिवालय उद्घाटन गरेको छ। धरान–३ स्थित सदन रोडमा रहेको सचिवालयको सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै राईले केन्द्र सरकारसँग आवश्यक समन्वय गर्दै सुनसरी–१ का विकास योजनालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, सडक पूर्वाधार सुदृढीकरण तथा सुकुम्बासी समस्याको व्यवस्थित समाधान नेकपाको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 425 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  धरानमा अधिकृत कर्मचारीमाथि कारबाही, कोशी प्रदेश फिर्ता पठाइने

    धरान/  धरान उपमहानगरपालिकाको प्रशासनिक मर्यादा र संस्थागत प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने गतिविधिमा संलग्न भएको ठहर गर्दै उपमहानगरपालिकाले एक अधिकृत कर्मचारीमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ। धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंको झुटो विवरण तयार गरी गैरकानुनी तरिकाले रमाना पत्र बनाउने, प्रशासन प्रमुखको नेमप्लेट फाल्ने तथा कार्यालयमा अराजक गतिविधि गर्ने कार्यमा संलग्न रहेको आरोपमा दशौं तहकी अधिकृत कर्मचारी प्रज्ञादेवी निरौला लाई कारबाही स्वरूप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, कोशी प्रदेश फिर्ता पठाउने निर्णय कार्यपालिका बै

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबलको उपाधि धरान मेघालाई

    धरान/  उदयमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता को उपाधि धरान मेघा हिमालयन कलेज ले हात पारेको छ। आइतबार धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा धरान मेघाले हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई ८५–७५ अंकले पराजित गर्दै उपाधि जितेको प्रतियोगिताका बास्केटबल कोच युगल माबो लिम्बु ले जानकारी दिए। विजेता धरान मेघा हिमालयन कलेजले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। प्रत

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान विकासको एजेन्डा बोकेर नेकपा उम्मेदवार मनोज भट्टराई घरदैलोमा

    धरान/  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सूर्यबहादुर भट्टराई ‘मनोज’ चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलोमा निस्किएका छन्।   आइतबार बिहान धरान उपमहानगरपालिका–१४ करमडाँडाबाट सुरु गरिएको घरदैलो अभियानमा भट्टराईले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र भावी योजनाबारे स्पष्ट पारे।   घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले आफू एकता, सद्भाव र विकासको स्पष्ट खाकासहित चुनावी मैदानमा उत्रिएको बताए। धरानको दीर्घकालीन खानेपानी समस्या समाधानलाई आफ्नो प्रमुख राजनीतिक एज

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 419 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा

    मोरङ/ प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ । सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, त्यससँगै केही मिटर पर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ । दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समू

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 486 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवोदित कानुन व्यावसायीका लागि मस्यौदा लेखन तालिम सम्पन्न

    भद्रपुर/ नवोदित कानुन व्यावसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापाको भद्रपुरमा मस्यौदा लेखन सम्बन्धी एकदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कानुनी ज्ञान केन्द्र झापाको आयोजनामा सम्पन्न तालिम कार्यक्रम जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश शाहको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत तथा झापा बारका सहसचिव एवं झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेतको विशेष आतिथ्यता रहेको थियो। तालिम कार्यक्रमको अध्यक्षता कानुनी ज्ञान केन्द्र झापाका अध्यक्ष अधिवक्ता तारामणी सापकोटाले गर्नुभएको

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 712 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नगरको कान्छो सामुदायिक विद्यालय जलदेवीको २७औँ वार्षिकोत्सव सम्पन्न

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका–२, जब्दीमा अवस्थित नगरकै कान्छो सामुदायिक विद्यालय जलदेवी आधारभूत विद्यालयले आफ्नो २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । शनिबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममार्फत वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरिएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका प्रमुख देबेन्द्र मल्ल, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतम, आदर्श माविका पूर्व प्रधानाध्य

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा ‘स्कुलमा कविता’ तेस्रो संस्करण सुरु

    वराहक्षेत्र/  स्वर्णिम साहित्य समाज वराहक्षेत्र, सुनसरीद्वारा आयोजित विद्यार्थीलक्षित कविता वाचन रियालिटी शो ‘स्कुलमा कविता’ को तेस्रो संस्करण आजदेखि सुरु भएको छ। वराहक्षेत्र–५ भरौलस्थित मुनबिम एकेडेमीमा सुरु भएको कार्यक्रममा ८ वटा विद्यालयका १३ जना प्रतिनिधि बाल कविहरूले कविता वाचनमार्फत आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने छन्। साविक वराहक्षेत्र क्षेत्रका ५ वटा गाविसका माविस्तरीय विद्यार्थीहरू यस रियालिटी शोमा सहभागी भएका छन्। प्रतियोगिताबाट उत्कृष्ट १ जना बाल कविले उपाधि जित्नेछन्। विजेताले नगद १० हजार रुपैयाँ, एक झोला पुस्तक, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 445 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भट्टराईको जित सुनिश्चित गर्न नेकपाको महाअभियान, ५०१ सदस्यीय टोली सक्रिय

    धरान/ सूर्यप्रसाद भट्टराई (मनोज)को जित सुनिश्चित गर्ने लक्ष्यसहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी क्षेत्र नं. १ मा व्यापक चुनावी महाअभियान सुरु गरेको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै तयारीलाई तीव्र बनाएको हो। शुक्रबार पार्टीका केन्द्रीय सदस्य किरण राईको संयोजकत्वमा गठित उक्त समितिमा नेकपाका केन्द्रिय सदस्य जीवन राई, मुक्साहाङ मेन्याङवो, टिका कन्दङवा, उमिता बराईली, राम मान्डुपा राईसहित प्रदेश, जिल्ला तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरू समावेश छन्। परिचालन समितिअन्तर्गत आर्थिक, प्रचार–प्रसार, युवा, महिला, अनुग

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved