धरान विकासको एजेन्डा बोकेर नेकपा उम्मेदवार मनोज भट्टराई घरदैलोमा

  • माघ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सूर्यबहादुर भट्टराई ‘मनोज’ चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलोमा निस्किएका छन्।
 
आइतबार बिहान धरान उपमहानगरपालिका–१४ करमडाँडाबाट सुरु गरिएको घरदैलो अभियानमा भट्टराईले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा र भावी योजनाबारे स्पष्ट पारे।
 
घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले आफू एकता, सद्भाव र विकासको स्पष्ट खाकासहित चुनावी मैदानमा उत्रिएको बताए। धरानको दीर्घकालीन खानेपानी समस्या समाधानलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाएको उल्लेख गर्दै उनले अब यो समस्या भाषणमा सीमित नभई कार्यान्वयनमा जानुपर्ने बताए।
 
भट्टराईले धरान–१४ लाई धार्मिक तथा ऐतिहासिक वडाको रूपमा घोषणा गर्ने योजना पनि प्राथमिकतामा रहेको जनाए। यसले वडाको पहिचान मजबुत बनाउनुका साथै पर्यटन प्रवर्द्धन र स्थानीय विकासमा टेवा पुग्ने उनको भनाइ छ।
 
 
सुकुम्वासी समस्याबारे बोल्दै भट्टराईले यसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिए। नयाँ सुकुम्वासी थपिन नदिने र हाल रहेका सुकुम्वासीहरूको उचित व्यवस्थापन गरिने नीति अवलम्बन गरिने उनले बताए।
 
आफ्नो कार्यकालमा घर नम्बर, खानेपानी र बिजुली जस्ता आधारभूत सुविधाको सुरुआत गरिएको स्मरण गराउँदै उनले व्यवस्थित बस्ती विकासतर्फ आफू दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट पारे।
 
मेयर हर्क साम्पाङसँगको सम्बन्धबारे प्रष्ट पार्दै भट्टराईले व्यक्तिगत इगो नभई वैचारिक र कार्यशैलीगत असहमति मात्र रहेको बताए। साम्पाङको कार्यशैलीको आलोचना गरिएको भए पनि कुनै व्यक्तिगत आक्षेप नरहेको उनको भनाइ छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved