समाज

    Showing 6,101-6,110 of 6,743 items.
  • प्रदेश १ मा १ सय ६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

    विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८सय ९९ पुगेको छ । प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्वुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७–७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १, सुनसरीको धरानमा १५

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • 1,141 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा नगरपालिकाले गर्दै

    इलाम/ इलामको माई नगरपालिकाले नगरभित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वास्थ्य बिमा गर्न थालेको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य बिमागर्न थालेको हो । अपाङ्गता भएका ब्यक्ति र उनका संरक्षकसहित परिवारका पाँच जनाको बिमा गरेवापत परिवारले पाँच सय रुपैयाँ र नगरपालिकाले ३ हजार रुपैयाँको साझेदारीमा यस आर्थिक बर्षमा चार सय परिवारलाई बिमा गराउन नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको माई नगरपालिकाका प्रशासन प्रमुख नविन पौडेलले जानकारी दिए । माई नगरपालिकाभित्रका दर्ता सहयोगी, समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता (सिबिआरएफ) र सरोकारवाला ब्यक्ति ग

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • 892 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नगरपालिका र कोभिड १९ संकट व्यवस्थापन समितिको फरक-फरक निर्णयले स्थानीयमा अन्योल

    इलाम/ इलाममा कोरोना भाईरस संक्रमण सर्वसाधारणमा फैलिएको भन्दै इलाम नगरपालिकाले मंसिर १८ गते सूचना निकाल्दै १९ देखि २४ गते सम्म बन्द गर्ने निर्णय गर्यो । यस समयमा पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा ) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्यो । मंसिर १९ गते शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थान समितिको निर्णयले बन्दको समयमा नगर क्षेत्रका सरकारी कार्यालय, बैकिङ तथा वितिय सेवा कार्यलयले स्वास्थ्

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • 938 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इलाम बजार २४ गतेसम्म बन्द

    इलाम । निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले इलाम नगरपालिकाका सम्पूर्ण सेवा शुक्रबार देखि बन्द हुने भएको छ । पालिकामा मंसिर १९ देखि २४ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो । पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा ) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ । पूर्वाधार निर्माण सेवा भने निरन्तर जारी रहने इलाम नगरापालिका इलामका

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • 972 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मेयर राईको एकल निर्णय विवादित

    धरान । निर्वाचनताका गरेका प्रतिबद्धताहरु १ वर्ष बितिसक्दा पनि पुरा गर्न नसकेको आक्षेप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई अहिले सल्लाहाकार मनोनितको विषय पनि विवादित बनेको छ । निर्वाचित भएको १ वर्ष पछि गत १२ गते नगर प्रमुख स्तरिय निर्णय अनुसार विज्ञ समिती र सल्लाहाकार समिती गठन गरेका थिए । मंसिर १६ गते निर्णय अनुसारको नामावली सार्वजनिक गरे पछि उनको मनोनयन प्रक्रिया विवादित बनेको हो । सल्लाहाकार समिती र विज्ञसमितीको निर्णय आफै गर्ने र सुचना पनि आफै जारी गर्ने प्रक्रियाले प्रशासन कर्मचारीहरु सँगको समन्वय हुन नसकेको भन्दै एक थरीले प्रसाशनिक त्रुटि रहेको जनाएको छ भने अर्को थरी उनकै पार्

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • 1,438 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा वडाबाटै खर्च तथा भुक्तानी शुरु

    धरान । नेपालमा पहिलो पटक सरकारी स्रेस्ता प्रणालीबाट सफ्टवेयरमा आधारित भएर धरान उपमहानगरपालिकाले वडा बाटै खर्च तथा भुक्तानी गर्ने प्रक्रियाको शुरुवात गरेको छ । संघीयताको मर्म तथा ऐन अनुसार वडा तहमा नै खर्च तथा भुक्तानी गर्ने प्रक्रिया शुरुवात गरेको हो । धरानले बित्तिय संघीयता कार्यान्वयनको उदाहरण पेश गरेको छ । वडा कार्यालयहरुलाई नै वडाको बजेट खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने, बेरुजु फछ्यौट गर्नेलगायत सबै अधिकार प्राप्त भएको छ । वडाको बजेट खर्च तथा भुक्तानीको लागि अब विगतमा जस्तो उपमहानगरपालिका धाइरहनुपर्ने बाध्यता हटेको छ । धरानमा बुधबार धरानको वडा नं १५ मा संघीय सांसद जयकुमार राईल

    • प्रकाशित मितिः मंसिर १८, २०७७
    • 1,703 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चालु अर्थिक वर्ष भित्रै धनकुटामा १ सय वेडको अस्पताल सञ्चालन हुने

    धनकुटा÷ प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्षभित्र नै धनकुटामा एक सय बेडको अस्पताल संचालन हुने बताएका छन् । जनस्वास्थ्य प्रयोगशाला विराटनगर बाहेक प्रदेशकै पहिलो पटक धनकुटामा शुरु भएको पाठेघरको मुखको क्यान्सर परिक्षणको आज उद्घाटन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले धनकुटामा बन्न लागेको शिक्षण अस्पतालको प्रारम्भिक चरण अन्तरगत यस आर्थिक वर्षदेखि एक सय बेडको अस्पताल धनकुटामा शुरु हुन लागेको बताएका हुन् । जिल्ला अस्पताल धनकुटाको स्तरोन्नतिसँगै विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्दै १५ बेडबाट एक सय बेड निर्माणको लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले १० करोड भन

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 896 पटक पढिएको
    • "सन्तोष रुचाल "
  • इलाममा बहुतले पार्किङ सहितको सिनेमाहल बन्दै

    इलाम/ इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हल सहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख ३९ हजार आठसय ३८ रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । नगरपालिकाले तयार गरेको बिस्तृत परियोजना प्रस्ताव अनुसार यस भवनमा एक तला अन्डरग्राउण्ड पार्किङगरी तिनतला पार्किङ र चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोड रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘ पहिले नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारले परिमार्जन गरी १७ करोड लागत निकालेका र प्रतिस्पर्दामा ११ करोडमा लागतमा निर्माण हुन लागेको हो ।’ ब

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 1,444 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कोरोना नियन्त्रणमा इलामका तिन स्थानीय तहको खर्च २ करोड बढी

    इलाम । इलामको तिन नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि २ करोड १७ लाख ७५ हजार ४ सय ६० रुपैया खर्च गरेको छ । सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार र इलाम नगरपालिकाको ९३ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 986 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रदेश १ को विभिन्न स्थानमा भएको सवारी दुर्घटना २ जनाको मृत्यु

    बिराटनगर ।  मोरङ र पाँचथरमा मंगलवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका-९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरका मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको हो । यसैगरी पाँचथरको जोरसालमा मंगलवार राती पौने ८ बजे बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका-१ का २० बर्षीय अर्जुन शंकरको मृत्यु भएको छ । फिदिमबाट जोरसाल तर्फ जाँदै गरेको पिकअप अचा

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 1,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved