नगरपालिका र कोभिड १९ संकट व्यवस्थापन समितिको फरक-फरक निर्णयले स्थानीयमा अन्योल

  • मंसिर २०, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलाममा कोरोना भाईरस संक्रमण सर्वसाधारणमा फैलिएको भन्दै इलाम नगरपालिकाले मंसिर १८ गते सूचना निकाल्दै १९ देखि २४ गते सम्म बन्द गर्ने निर्णय गर्यो ।

यस समयमा पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा ) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्यो ।

मंसिर १९ गते शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थान समितिको निर्णयले बन्दको समयमा नगर क्षेत्रका सरकारी कार्यालय, बैकिङ तथा वितिय सेवा कार्यलयले स्वास्थ्य सूरक्षा मापदण्ड अनिवार्य पालना गरी न्यूनतम कर्मचारीको माध्यमबाट सेवा प्रदान गर्ने निर्णय गर्यो । यी दुई निर्णयको तालमेल नमिल्दा नगरबासीमा अन्योलता छाएको छ ।

दुवै सूचनामा निर्णय विपरीत कार्य गरे गराए र प्रचलित स्वास्थ्य सम्बन्धि मापदण्ड उल्लङ्गघन गरे सक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही गरिने उल्लेख छ ।

स्थानीय तहले अघिल्लो दिन एउटा निर्णय गर्ने र अर्कोदिन कोभिड १९ संकट व्यवस्थान समिति स्थानीय तहको निर्णय सँग बाजिने निर्णय गर्नाले यि दुवै विच तालमेल नमिल्दा सर्वसाधारणमा अन्योलता छाएको छ ।

 

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved