प्रदेश १ मा १ सय ६८ डिस्चार्ज, ९२ संक्रमित थपिए

  • मंसिर २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८सय ९९ पुगेको छ ।

प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्वुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७–७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १, सुनसरीको धरानमा १५, इटहरीमा १०, इनरुवामा २, स्थानीय तह नखुलेका १, मोरंगको सुनबर्षीमा ३, विराटनगरमा २, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता इलामको इलाम नगरपालिकामा ५, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, थुलुङ दुधकोशीमा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४७ पुगेको छ ।

प्रदेश १ मा आज ४सय ९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९५ हजार ३सय ३१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved