विराटनगर\ संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा आफन्तकै संलग्नता देखियो । योजनागत रुपमा एउटै परिवारका छ जनाको हत्या अर्को परिवारका सदस्य मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीलाई मुख्य योजनाकार सहित संलग्नलाई पक्राउ गर्न सफलता मिल्यो । गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजबहादुर कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो । हत्या आरोपमा भदौ २७ गते प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो । पछि छिमेकी ४
विराटनगर । एक इँटा व्यवसायीमाथि उच्च अदालत विराटनगरको गेटमै खुकुरी प्रहार भएको छ । मोरङको कटहरीमा इँटाभट्टा संलान गर्दै आएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार खुकुरी प्रहार भएको हो । घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लामाको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा विराटनगर आइपुगे लगत्तै विराटनगरमा आक्रमण भएको हो । उनले कटहरी गाउँपालिका&
धरान । गत बर्ष असोज ३ गते धरान २० विष्णुपादुका स्थित आपटारमा गएको पहिरोबाट विस्थापित परिवारले यस बर्षको दशै पनि त्रिपालमै मनाउने भएका छन् । एक वर्ष अघि पहिरोले जायजेथा बगाए पछि नेपाल रेडक्रस सोसाइटीले बनाइदिएको त्रिपालमै अघिल्लो वर्षको दशै मनाएका थिए, यस वर्ष पनि त्रिपालमै बित्ने भएको छ । खेतीपाति मुख्य आम्दानीको स्रोत भएका उनीहरुको घर खेत नै पहिरोले लगेपछि गुजारा चलाउन नै मुस्किल परेको छ । गत बर्ष दशै नजिकिदै जाँदा गएको पहिरोका कारण उठीबास बनेका उनीहरुको वासस्थानको अझै राम्रो टुङ्ंगो लागि नसकेको अवस्थामा यस वर्ष पनि दशै त्रिपाल मुनि मनाउन बाध्य छन् भने कहीँ कतैबाट दीर्घकालीन समस्या समाधान न
धरान । मानिसमा प्रायः स्वार्थ भाव बढी हुन्छ, उसले हरेक काम गर्दा आफ्नो स्वार्थसँग जोडेर हेरेको हुन्छ । चाहे त्यो जुनसुकै क्षेत्रमा काम गर्ने होस् मानवीय भावसँगै स्वार्थ पनि जोडिएर आएको हुन्छ । तर समाजमा यस्ता मानिस पनि छन् जो स्वार्थलाई भन्दा पनि आफ्नो कर्तव्य र सेवाभावलाई बढी प्राथमितामा राखेर काम गर्ने गर्छन् । उनीहरु पैसा र पद भन्दा पनि सेवाभावलाई आफ्ने सन्तुष्टिको केन्द्रविन्दु मान्छन् । स्वास्थ्य क्षेत्रमा पनि यस्तो मानिस पाउन धेरै मुस्किल हुन्छ । केही न केही स्वार्थ बोकेर उनीहरुले काम गरेका छन् । प्रतिष्ठानमा आएका धेरै चिकित्सकहरुमध्ये केही चिकित्सकमात्र सेवाभाव बोकेर आएका छन् । करोडौ
संखुवासभा / प्रायः जसो लामखुट्टेको टोकाइबाट हुने डेंगुका विरामी तराईमा भेटिने गरिएको छ । तराईका जिल्लाहरुमा यस्ता विरामीहरु धेरै भेटिने गरिएको छ तर पछिल्लो समय पहाडी जिल्लामा समेत डेंगुका विरामीहरु भेटिन थालेका छन् । पछिल्लो समय खोटाङमासमेत डेंगुका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले एक साताको अवधिमा डेंगुका आठजना बिरामी भटिएको बताए । उनले भने–‘खोटाङमा एक साताभित्र आठ जनामा डेंगु संक्रमण भएको पाइयो संक्रमितमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका छन्।’ उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी १ का पाँच जना, वडा नम्बर ६ का १ जना र राव
इटहरी । पर्याप्त दक्ष जनशक्ति नभएकै कारण देशभर बुधबारदेखि सुरू भएको १२ औ राष्ट्रिय जनगणना प्रभावित बनेको छ ।पहिलो चरण अन्तरर्गत घर तथा घरपरिवार सूचीकरण कार्यक्रम जनशक्ति अभावकै कारण सुनसरीमा प्रभावित बनेको हो ।देशभर एकै साथ सुरू भएको जनगणनाको पहिलो चरणको कार्यक्रम घर तथा घर परिवारको सुचिकरण गर्न सुनसरीमा बुधबारदेखि नै सुपरिवेक्षकहरू घर घर परिचालित भइसकेका छन । राष्ट्रिय जनगणना २०७८ कालागि सुनसरीका तीन पालिकाहरूमा १ सय २२ जना सुपरिवेक्षकहरू खटाइएको छ । पालिका अन्तर्गत धरान उपमहानगरपालिकामा ४८ जना, इटहरीमा ४९ जना र बराहक्षेत्र नगरमा २५ जना गरी १ सय २२ जना सुपरिवेक्षक परिचालन गरिएको राष्ट्रिय जन
ताप्लेजुङ ः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ। कोभिड–१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव कम हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ देखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ। कोभिडको जोखिम कम भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथी
विराटनगर । मोरङको विराटनगरका कार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । बिहीबार विराटनगरतर्फ आउँदै गरेको बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई कोसी राजमार्गअन्तर्गत बुढीगङ्गा–३ मा दुर्घटनामा परेको हो । घटनामा बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएक
इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको इटहरीबाट अवेध लागुऔषध ब्राउन सुगर सहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरीगंज गाउँपालिका २ का २७ वर्षीय आइतबारी हस्दा र बिहारको किसनजंग थाना दिलगबैंक ग्राम पञ्चायन १ का २२ वर्षीय सुरज साह रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनिहरूलाइ इटहरीको मिलन चोकबाट नियन्त्रणमा लिइएको इटहरी प्रहरीले जनाएको छ । प्रहरी चेकिङलाइ देखेर तर्किन खोजेपछि श.का लागि चेकजाच गर्ने क्रममा प्रतिवन्धित ब्राउन सुगर भेटिएको र तत्काल नियन्त्रणमा लिन सफल भएको इटहरी प्रहरी प्रमुख डिएसपि अर्जुन केशिले जानकारी दिए । पक्राउ दुवजनालाइ बुधबार ज
बराहक्षेत्र/ सामुदायिक वनको आय आर्जन वृद्धिका लागि बराहक्षेत्र नगरपालिकाले दुई वर्ष अघि ५ लाख रुपैयामा पोखरी निर्माण गरेको थियो । तर पोखरीमा अहिले सम्म एउटा माछाको भुरा पनि हालिएको छैन् । पोखरी खनेर वेवारिसे अवश्थामा छाडिएकाले बजेटको दुरुपयोग भएको स्थानीयको गुनासो छ । बराहक्षेत्र नगरपालिकाले सामुदायीक बनको आय आर्जनका लागि आर्थिक वर्ष २०७५÷ ०७६ मा ५ लाख रुपैँया बजेट विनियोजन गरी माछा पोखरी खनिएको थियो । अहिले पोखरी वरीपरी झारपात बढेर भैसीको आहाल जस्तो बनेको छ । पोखरी देख्नेहरुले भ्यागुतो पाल्न की माछा पाल्न पोखरी खनिएको हो भन्ने प्रश्न गर्न थालेका छन् । नगरपालिकाको ५ लाख रुपैया पचा