धरान । मानिसमा प्रायः स्वार्थ भाव बढी हुन्छ, उसले हरेक काम गर्दा आफ्नो स्वार्थसँग जोडेर हेरेको हुन्छ । चाहे त्यो जुनसुकै क्षेत्रमा काम गर्ने होस् मानवीय भावसँगै स्वार्थ पनि जोडिएर आएको हुन्छ ।
तर समाजमा यस्ता मानिस पनि छन् जो स्वार्थलाई भन्दा पनि आफ्नो कर्तव्य र सेवाभावलाई बढी प्राथमितामा राखेर काम गर्ने गर्छन् । उनीहरु पैसा र पद भन्दा पनि सेवाभावलाई आफ्ने सन्तुष्टिको केन्द्रविन्दु मान्छन् ।
स्वास्थ्य क्षेत्रमा पनि यस्तो मानिस पाउन धेरै मुस्किल हुन्छ । केही न केही स्वार्थ बोकेर उनीहरुले काम गरेका छन् । प्रतिष्ठानमा आएका धेरै चिकित्सकहरुमध्ये केही चिकित्सकमात्र सेवाभाव बोकेर आएका छन् । करोडौ रुपैया खर्च गरेर पढेका धेरैजसो सेवाभावसँगै आफूले खर्च गरेको रकम उकास्ने ध्यान्नमा हुन्छन् ।
तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सक भने पैसा र पदलाई भन्दा पनि सेवाभावलाई बढी प्राथमिकतामा राख्छन् । उनी हुन् बालरोग विशेष डा. अरुण सिंह ।
उनी चिकित्सक भएर धरानस्थित बीपी कोइराल स्वास्थ्य विज्ञान आएदेखि नै पद र पैसाको पछि कहिल्यै लागेनन् । आफ्नो पेसालाई सेवाभावको रुपमा उनले भरपुर प्रयोग गरे । राति होस् वा दिउसो उनी जतिसुकै समयमा पनि विरामीको उपचारमा तल्लिन हुन्थे । उनी भन्छन्–‘म सेवा गर्न आएको हुँ, जस्तोसुकै अवस्थामा पनि सेवा गर्न तत्पर छु ।’
धनुषाको साविकको हंसपुर काठपुल्ला ८ हाल हंसपुर नगरपालिका ३ मा ४७ बर्षअघि बाबा स्वर्गीय चन्द्रेश्वरप्रसाद सिंह, आमा तारादेवी सिंहको कोखबाट जन्मिएका अरुणकुमार सिंह चार दाजुभाई र एकजना दिदी पछिको कान्छो छोरा हुन् । सानैदेखि सेवाभावको भावना बोकेका उनी कसैलाई केही पीरमार्का परिहाले सयोग गर्न तप्तर भइहाल्थे ।
विद्यालय स्तरबाटै मेधावी छात्रको रुपमा रहेका डा. सिंहले सरस्वती मावि धनुषाबाट २०४६ सालमा एसएलसी प्रथम श्रेणीमा उत्र्तीण गरेका थिए । त्यो बेलाको एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गर्नु कुनै चानचुने कुरा थिएन । अहिले पो शिक्षाको त्यति मूल्य नै छैन, सर्वोत्कृष्ट अंक ल्याएर पास गर्ने प्राय नगन्य छन् अहिले । त्यो बेला प्रथम श्रेणामा पास हुने विद्यार्थी खोज्नुपथ्र्यो ।
त्यस्तो अवस्थामा प्रथम श्रेणीमा पास गरेका डा. सिैले भारतको लङ्गडसिंह कलेज मुजाफापुरबाट आईएसी पूरा गरे । आइएसी पास गरेपछि उनमा थप जोश जागर आयो त्यसपछि झन मेहनत गरेर पढ्न् क्रममा उनले भारतकै पन्जाव युनिर्भसिटीबाट बिएसी गरे ।
पढाइमा कुनै कोणबाट पछि नपरेका उनलाई चिकित्सक बन्ने र विरामीहरुको सेवा गर्ने ठूलो इच्छा थियो । सोही अनुरुप उनले डाक्टरको पढाईको लागि पाकिस्तानको लाहोरमा रहेको किङएडवाड मेडिकल कलेजबाट स्कलरसीपमा एमविविएस गरे । त्यसपछि उनले डक्टरी पेसाको ढोका खोल्न सफल भए । उनी भन्छन्–‘म चिकित्सक बन्ने र विरामीहरुको सेवा गर्ने इच्छा थियो, जस्तो सोचे वास्तवमा मैले सोचेकै पुग्यो ।’
जति जति डाक्टरी पेशामा उनी पोख्त बन्दै गए उति उति उनी सेवाभावमा तल्लिन बन्दै गए । बालरोग विशेषज्ञ डा. अरुण सिहले प्रतिष्ठानमा आएका बच्चाहरको उपचारमात्र गरेनन् गरिब निमुखा विरामीहरुलाई कहिले आफैले सहयोग गर्ने त कहिले निःशुल्क उपचार गदिए । प्रतिष्ठानको उपप्राध्यापकको जिम्मेवारी बहन गरिसकेका उनले गरिब तथा असाय बालबालिालाई निःशुल्क उपचारका साथै आर्थिक अवस्था कमजोर अभिभावकलाई समेत सहयोग पु¥याए । उनका बाबा स्वर्गी चेन्द्रेश्वर सिंह समेतमा सेवाभाव रहेको डा. सिंह बताउछन् ।
बाबु नै सेवाभावमा लागेका कारण सायद छोरामा पनि त्यो गुण सरेको हुनसक्छ । बाबा स्वर्गीय चन्द्रेश्वरप्रसाद सिंह त्यतिखेर जनकपुर चुरोट कारखानाको श्रम कल्याणकारी शाखामा प्रमुखमा रहदा बाबाले समेत यस्ता धेरै समाजसेवीक ाम गरेको डा. सिंह सम्झनुहुन्छ । उनले पनि समाजमा सेवा पु¥याएर केही गर्ने सोचेर चिकित्सक नै हुने लक्ष्य लिए जस अनुरुप उनले पाकिस्तानको किङएडवाड मेडिकल कलेजबाट एमविविएस पास गरे, थोरै भए पनि बाबाको सपनालाई साकार पारेको उनले महसुस गरे ।
बाबाको सपना पूरा गरेकोमा ज्यादै खुशी भएको बतानउने सिंहले आफूले पाएको खुशी पहिलो पटक आफ्नो बाबालाई सुनाएको बताउछन् । बालबालिकाको मृत्यदुर अनायसै बढिरहेको अवस्थामा बालमृत्यु दर घटाउने उद्देश्यले २०७४ सालमा बालरोग विशेषज्ञको रुपमा प्रतिष्ठानमा प्रेवेश गरेका डा. सिंहले बालमृत्ुयदर घटाउने विषयमा धेरै प्रयासहरु पनि गरे ।
फलत ः अहिलेसम्म धेरै काम गरिरहेका छन् । अहिले बालरोग विशेषज्ञ डा. अरुण सिहलाई धरानेहरुमात्र हैन सर्वत्र सहयोगी, इमान्दार, कर्तव्यनिष्ट चिकित्सकको रुपमा सबैले चिन्ने गरेका छन् ।
डा. सिहको कामको मूल्यांकन गरेर संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारबाट प्रबल जनसेवाश्री पदकले सम्मानित भएका छन् ।