पहाडी जिल्लामा पनि भेटिए डेंगुका बिरामी

  • असोज ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

संखुवासभा / प्रायः जसो लामखुट्टेको टोकाइबाट हुने डेंगुका विरामी तराईमा भेटिने गरिएको छ । तराईका जिल्लाहरुमा यस्ता विरामीहरु धेरै भेटिने गरिएको छ तर पछिल्लो समय पहाडी जिल्लामा समेत डेंगुका विरामीहरु भेटिन थालेका छन् ।

पछिल्लो समय खोटाङमासमेत डेंगुका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले एक साताको अवधिमा डेंगुका आठजना बिरामी भटिएको बताए । उनले भने–‘खोटाङमा एक साताभित्र आठ जनामा डेंगु संक्रमण भएको पाइयो संक्रमितमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका छन्।’

उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी १ का पाँच जना, वडा नम्बर ६ का १ जना र रावाबेशी गाउँपालिका–३ का एकजनामा संक्रमण पुष्टि भएको छ ।

उनले तीमध्ये एक जना बिरामीलाई शरीरमा रगत कम भएकाले भदौ ३० गते अन्यत्र रेफर गरेको बताए । उनका अनुसार दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अन्य बिरामी घरैमा रहेका छन् । उनले भने–‘यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिएका थिए, तर यसपटक विगतको बर्षभन्दा बढी विरामी भेटिएका हुन् ।’

यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा समेत पाइने गरेको उनको भनाई छ । यो रोग लाग्दा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि डा. मल्लिकले बताए । यसको संक्रमण भएपछि निको हुन दुईदेखि सात दिनसम्म लाग्ने उनको भनाइ छ ।

यस रोगबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकको सुझाव छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउन सकिने जिल्ला अस्पताल खोटाङका प्रमुख डा. मल्लिकले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved