समाज

    Showing 5,321-5,330 of 6,736 items.
  • आइतबारबाट बोलबम शुरु: पाँचलाख भक्तजन आउने अपेक्षा

    धरान । यस बर्षको बोलबम मेला आइतबारबाट शुरु भएको छ । विगत दुई बर्ष कोरोनाका कारण मेला लाग्न सकेको थिएन । यसपटक अत्याधिक भीड हुने देखेर भक्तजनको सुविधाका लागि सुरक्षाका लागि सुरक्षा निकाय, लाइन व्यवस्थापनको लागि विभिन्न संघ संस्थाबाट स्वयमसेवक परिचलन, प्राथमिक उपचारका लागि चिकित्सकको टोली तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले आ आफ्नो ढंगबाट साउनका बोलबमभरि सहयोग पु¥याउने भएका छन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीद्वारा पिण्डेश्वर मन्दिरमा जल अभिषेक गरी कार्यक्रम शुभारम्म गरिएको हो । शुभारम्म कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, धरान उपमहानगपा

    • प्रकाशित मितिः साउन २, २०७९
    • 1,116 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साउन महिनाको पहीलो सोमबार आज: साउने सोमबारको किन विशेष महत्त्व छ ?

    हिन्दु पराम्परा अनुसार साउन महिनालाई छुट्टै महत्वका साथ हेरिने गरिन्छ । यो महिना शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहिआएको छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्तव दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल

    • प्रकाशित मितिः साउन २, २०७९
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश एकमा सम्बन्ध विच्छेद र लागू औषधको मुद्धा धेरै’

    मोरङ/ प्रदेश एकमा सम्बन्ध विच्छेद र लागू औषधको मुद्दा बढी भएको पाइएको छ । मोरङ जिल्ला अदालतमो सम्बन्ध विच्छेद र लागुऔषधका मुद्दा दर्ताको संख्या धेरै रहेको पाइएको हो ।मोरङ जिल्ला अदालतमा चालू आर्थिक वर्ष २०७८। ७९ मा ४ हजार ६४१ वटा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए । उनले भने ‘दर्ता भएकामध्ये सबैभन्दा बढी फौजदारी कसुरमा पनि सम्बन्ध विच्छेदको बढी दर्ता भएको छ ।’मोरङ अदालतले चालू आर्थिक वर्षमा लक्ष्य भन्दा ३७९ वटा कम मुद्दा फैसला गरेको छ । चालू आवमा अदालतले ५ हजार ६१९ वटा मुद्दा फस्र्याैट गर्ने लक्ष्य लिएका भएपनि चालू आर्थिक वर्षको असार ३१ गतेसम्म

    • प्रकाशित मितिः साउन १, २०७९
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रिय तारा: हजारौं माइल टाढाबाट स्मृतिमा

     परिस्थिति र अवस्था यस्तो भैदिन्छ कि कहिले काँही कल्पना नै नगरेको विषयले ९घटनाक्रमले० मन–मष्तिष्कलाई खल्बल्याई दिन्छ र अत्यन्तै चिन्तित बनाउँछ । बाध्यात्मक भनौं त्यसको सामना गर्नै पर्ने हुन्छ ।धरानको विकासमा नयाँ सोचका प्रणेता, जनमुखी राजनीतिका भक्त तथा विचारमा प्रष्ट धरान उपमहानगरपालीकाको जनताका अतिप्रिय मेयर तारा सुब्बाको चौथो स्मृति दिन अर्थात एउटा अटेरी र अजीवको मान्छे गुमाएको दिन। साउन १ मा मात्रै तारा सुब्बालाई सम्झिनुपर्ने कुनै अनिवार्यता त छैन तर आज मैले उनलाई सम्झना गरेको छु । त्यो पनि आर्थिक अभावले उपचारमा ढिलाई भएर भएको सत्य तर आफ्नो मन र मष्तिष्कले कहिले स्विकार गर्न तय

    • प्रकाशित मितिः साउन १, २०७९
    • 1,037 पटक पढिएको
    • " शेरबहादुर परियार,धरान (हाल यूरोप)"
  • प्रदेश एकको नामकरण पेचिलो बन्दै: पहिचानको आधारमा नामाकरण नभए आन्दोलन गर्ने चेतावनी

    धरान l प्रदेश एकको नामाकरण पछिल्लो समय थप पेचिलो बन्दै गएको छ । मुख्य ठूला दलहरुले कोशी वा सप्तकोशी नामाकरण गर्ने विषयमा छलफल गरिरहँदा पहिचानवादीहरुले यसमा आपत्ति प्रकट गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रदेश सरकारको साढे चार बर्षको अवधिमा तीनवटा मुख्यमन्त्री फेरिए सके तर अब समय सकिन लाग्दा नेकपा एमाले तथा गठबन्धनका दलहरुले पहिचानको मुद्दालाई ओझेलमा पारेर प्रदेश एकको नामकरण गर्न लागेको भन्दै पहिचानवादीहरुले मंगलबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाउदै साउन ५ गते विराटनगरमा वृहत जनप्रदर्शन गर्ने जनाएका छन् । लिम्बुवान, किराँत संयुक्त संघर्ष

    • प्रकाशित मितिः असार २९, २०७९
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपाधि जितेको रकम भाइको जन्मदिनमा असहायलाई सहयोग

    धरान । एसइई स्टेट १ डान्सिङ स्टार प्रतियोगितामा भाग लिएर सेकेण्ड रनरअप बनेकी प्रकृति खाापुलले भाइको जन्मदिन पारेर अपाङ्ग तथा असहायहरुलाई सहयोग गरेकी छन् । धरान–१२ को सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा खापुङले पुरस्कार वापत आएको रकम भाइको जन्मदिनका अवसरमा धरानको छाताचौकमा रहेको अपांग तथा असहाय केन्द्रमा सहयोग गरेकी हुन् । खापुङले  उपाधिसँगै १५ हजार नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति पाएकी थिइन् । पुरस्कार रकममा २ हजार थप गरेर उनले भाई प्रतिक खापुङको जन्मदिनमा  गृहका प्रमुख भीम राईलाई हस्तान्तरण गरेकी हुन् । गृहका प्रमुख भीम राईले प्रकृतिको सहयोगी मनको खुलेरै प्रशंसा

    • प्रकाशित मितिः असार २८, २०७९
    • 994 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गाँजा वैधानिकताको प्रश्न: जनता अभियान चलाउने, प्रशासन जेल पठाउने

    धरान । नेपालको कानुनमा गाँजा खेतिलाई अवैधानिक मानिन्छ । गाँजाको व्यापार व्यवसाय गर्नेलाई प्रहरी प्रशासनले पक्राउ गरेर कार्वाही गर्छ । देशभर दिनमा कही न कही गाजा कारोबारीलाई प्रहरीले प्रक्राउ गरेर कार्वाही गरिरहेकै छ । तर धनकुटाका सर्वसाधारणले भने गाजा खेतिलाई वैधानिकता दिनुपर्ने भन्दै अभियान नै चलाएका छन् । उनीहरुले ‘गाँजा वैधानिक महाअभियान’ चलाएर गाजालाई वैधानिकता दिनुपर्ने भन्दै हस्ताक्षर अभियान समेत चलाएका छन् । खाल्सा छिन्ताङ्ग धनकुटाका सर्वसाधारणले नेपालको गाँजा,समृद्धिको राजा नाराका साथ गाँजालाई वैधानिकता प्रदान गर्न पर्ने माग गर्दै धनकुटामा हस्ताक्षर अभियान असार २३ गतेदेख

    • प्रकाशित मितिः असार २८, २०७९
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साम्पाङका सात अभियान

    धरान । अभियन्ता हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर बनिसकेपछि पनि आफ्नो अभियानलाई छोडेका छैनन् । १४ बर्ष अभियानमा लागेर २०७९ सालमा भएको दोस्रो निर्वाचनमा स्वतन्त्रका तर्फबाट मेयर बनेका साम्पाङले धरानको खानेपानी समस्या समाधान, वृृक्षरोपणमार्फत धरानलाई स्वच्छ सफा बनाउने, दुव्र्यसनीमुक्त सहर बनाउने, भ्रष्टाचार न्यूनिकरण गर्ने, मितव्ययिता अपाउने, सरसफाई अभियान चलाउने र तारलाई व्यवस्थित गर्ने अभियानलाई निरन्तता दिइरहेका छन् । उनको अभियानलाई सार्थक बनाउन पछिल्लो समय धरानेहरुले समेत साथ दिन थालेका छन् । धरान २० पकुवा खोलामा पुगेर धरानका सर्वसाधारण, विभिन्न सरोकारवाला संघ संस्थाहरुले जनश्रमदान नै

    • प्रकाशित मितिः असार २६, २०७९
    • 812 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अमाह सिमसार क्षेत्रमा वृक्षरोपण

    धरान । लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय स्थल अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र अन्य प्रजातिका विरुवाहरु रोपेका छन । आमाह वन उपभोक्ता समूह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरी विरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा अमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेका छन । पर्यटकिय स्थलको रुपमा चर्चित रहेको अम

    • प्रकाशित मितिः असार २६, २०७९
    • 1,279 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘फ्रेबिक माला’मा भविष्य खोज्दै धनकुटाका महिलाहरु

    धरान । धनकुटाको महालक्ष्मी नगरपालका वडा नं. ८ मुर्तिढुंगाका ४ जना महिलाहरु व्यवसायिक फ्रेविक माला बनाएर आत्मनिर्भर बनेका छन् । लक्ष्मी कार्कीको नेतृत्वमा ४ जना महिलाहरु मिलेर फेब्रिक माला बनाउदै आत्मनिर्भर बनेका हुन् । कार्कीसँगै समूहमा कल्पना चापागाई, बालिका थापा, र कमला थापाले माला बनाउने कार्य शुरु गरेका हुन् । धनकुटामा फूलको खेति हुने भएपनि फूल चाडै आइलाउने र दीगो समयसम्म राख्न नसकिने भएकोले पनि फ्रेविक मालाको प्रचलन बढ्दै गएकोले पनि व्यवसायिक फ्रेविक माला उत्पादनमा जोड दिएको लक्ष्मीले बताइन् । उनले भनिन्–‘विवाह, व्रतबन्ध लगायतका सामाजिक संस्कारमा पछिल्लो समय फ्रेविक मालाको प

    • प्रकाशित मितिः असार २३, २०७९
    • 1,378 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved