झापा/ झापामा सशस्त्र प्रहरीले १६३६ किलो गाँजा र दुईवटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्दा ५७ वटा बोरामा राखिएको १६३६ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगा
धरान/ २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा १० नं. वडाले टाइब्रेकरमा १२ नं. वडालाई पराजित गर्दै प्रिक्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समयभित्र कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा १० नं. वडाले ४–२ गोल अन्तरले विजयी भएको हो। १० नं. वडाका निमेश लिम्बू, सिसल लिम्बू, शुभम भूजेल र आशिष राई ले गोल गरे भने १२ नं. वडाबाट सञ्जीव राई र सुमन राई मात्र गोल गर्न सफल भए। १२ नं. वडाका सरोज लिम्बूको प्रहार बाहिरियो भने आयुष राईको प्रहार १० नं. वडाका गोलकिपरले रोकिदिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका १० नं. वडाक
धरान/ धरानको युएन कलेज,नवोदय विद्या मन्दिर स्कुलका विद्यार्थी तथा विद्यार्थीहरुको अभिभावकहरुले एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरेर स्वास्थ्य लाभ लिएका छन् । शुक्रबार धरान १६ मा रहेको उक्त स्कुलको आयोजना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले बताए । उनले दिएको जानकारी अनुसार उक्त स्वास्थ्य शिविरमा विद्यार्थी र अभिभावक गरि झण्डै डेढ सयभन्दा बढी विद्यार्थीका अभिभावक सहितले स्वास्थ्य चेक जाँच गरेको श्रेष्ठका बताए । उनले भने,“स्वास्थ्य शिविरमा स्वास्थ्य
मोरङ/ विराटनगरमा नेपाली ढाका कपडाको प्रवर्द्धन र बजार विस्तारलाई ध्यानमा राख्दै ढाका महोत्सव सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति अन्तर्गतको महिला उद्यमी विकास समिति को आयोजनामा जैन भवनमा बिहीबारदेखि सुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ। महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले ढाका तथा घरेलु उद्योगको प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए। उनले निजामति कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूलाई ढाका तथा घरेलु उत्पादनलाई औपचारिक पोशाकका रूपमा अपनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय महिला उद्यमीको उत्पादनलाई प्रवर्द्
मोरङ/ इष्टर्न कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित खेलकुद सप्ताह २०८१ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा प्रमुख अतिथिका रूपमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, कोशी प्रदेशका प्रबन्धक ई। नारायण प्रसाद काफ्ले उपस्थित थिए। कार्यक्रमका प्रमुख व्यक्तित्वहरू कार्यक्रमको अध्यक्षता कलेजका प्रिन्सिपल ई. अमित सुराना ले गरेका थिए भने, मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष तथा युनाइटेड स्पोर्टिङ क्लबका अध्यक्ष श्री सचिन घिमिरे र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, कोशी प्रदेशका वित्तीय विभाग प्रमुख श्री राजेन्द्र दाहाल विशिष्ट अतिथि रह
विराटनगर/ ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो, कसो गरी भुल्ने होला मन उडिगयो, मन उडिगयो’ बोलको चर्चित गीतका गायक हुन्, सीताराम ताजपुरिया । ६७ वर्षीय ताजपुरियाको स्वरमा २०३७ सालमा रेकर्ड भएको उक्त चर्चित गीत कुनै समय नेपाली जनजिब्रोमा झुन्डिएको थियो । यस्तै कालजयी गीतका कारण चर्चाको शिखरमा पुगेका उनी अहिले के गरिरहेका छन् भनेर सबैलाई चासो हुन सक्छ ।झापाको गौरादह नगरपालिका–२ घर भएका उनी अहिले पत्नी लक्ष्मी ताजपुरियाको साथमा छन् । लक्ष्मी उनकी कान्छी पत्नी हुन् । सन्तान छैनन् । रेडियो नेपालको अधिकृत पदबाट २०७१ भदौ १७ गते उनले अवकाश पाएका थिए ।त्यसपछि लामो समयदेखिको
इलाम/ कहिले गुन्द्रक, सिस्नु,करेला ब्रान्डिङ त कहिले तीतेपाती खेतीमा किसानलाई उक्साइरहेको रोङ गाउँपालिकाले ‘रोङ गुरु किसान’ कार्यक्रम घोषणा गरेको छ । कृषकलाई प्रतिस्पर्धी बनाउने गरि ‘गुरु किषान’ कार्यक्रम घोषणा गरेको हो ।गाउँपालिकाले किसानलाई मालिक बनाउने उदेश्यले बिहिबार रोङ गाउपालिकाको इरौटारमा एक कार्यक्रम गरी गुरु किसान’ घोषणा र कृषि प्रशोधन उद्योग उद्घाटन गरेको हो । रोङ गाउपालिका ५ को इरौटारमा भएको कार्यक्रममा कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी, रोङका अध्यक्ष मनिकुमार स्याङ्वो सुवास, उपाध्यक्ष विश्नुमाया भुजेलले गुरु किसान घोषणा र उद्योग उद्घाटन
चतरा/ बराहक्षेत्र-५ कालाबन्जरमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा जित दर्ता गर्दै नेपाल पुलिस फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारत सिलिगुडीको कन्चनजङ्घा फुटबल क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै पुलिसले शनिबार हुने फाइनल खेलमा सुनसरीको द योङ ब्रदर्स क्लबसँग भिडन्त पक्का गरेको छ । जितका लागि खेलको पहिलो हाफको दसौं मिनेटमा कप्तान हेम तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै खेलको १७औं मिनेटमा जर्सी नम्बर ८ लगाएर मैदानमा उत्रिएका विकास बिकेले निर्णायक गोल गरे । पुलिसको पोलमा कन्चनजङ्घाले गरेको कयौं प्रहार निष्फल
धरान/ गोधुली रनिङ कप फुटबल प्रतियोगिताको २५ औं संस्करण (रजत उत्सव) बिहीबारबाट भव्य समारोहका साथ सुरु भएको छ। धरान वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले उद्घाटन गरेका हुन्। धरानको अन्तरवडा फुटबल प्रतियोगितालाई यस पटक गोधुली क्लबले ऐतिहासिक बनाएको छ। पहिलो पटक रात्रीकालीन खेलको व्यवस्था गरिएको छ। धरान रंगशालामा बाँसको टावर निर्माण गरी फ्लडलाइट जडान गरिएपछि रात्रीकालीन खेलको सम्भव भएको हो। उद्घाटन समारोहमा धराने गायक पूर्ण राईको प्रस्तुति तथा आतिशबाजीले कार्यक्रमलाई झन् आकर्षक बनायो। पहिलो खेलमा वडा नं. ५ को जित उद्घाटन खेलमा वडा नं. ५ ले वडा नं. १६ लाई २–१ गोल अन्तरले परा
चतरा ।म्यान अफ द म्याच अरुण तामाङको एक मात्र गोल निर्णायक बन्दा पाहुना टोली भारतको कन्चनजङ्घा एफसी बराहक्षेत्र(५ भरौलमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा आयोजक न्युस्टार क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै पाहुना टोली कन्चनजङ्घा सेमिफाइनलमा प्रवेश गरेको हो ।जर्सी नं १० लगाएर मैदानमा उत्रिएका अरुणले खेलको अठारौं मिनेटमा गोल गरे । खेललाई बराबरी गर्ने अवसर पाएको आयोजक न्युस्टारले समर्थकलाई उत्साहित बनाउन सकेन । म्यान अफ द म्याच अरुणले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । आयोजक क्लबका