डिजिटल घोषणापत्रसहित एमालेको दूरदृष्टि सार्वजनिक सुनसरी–१ मा ४२ किमि सडकदेखि केबलकारसम्मका महत्वाकांक्षी योजना

  • फागुन १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुनसरी क्षेत्र नं. १ ले आगामी निर्वाचन लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्दै विकासका ठूला पूर्वाधार योजनाहरू अघि सारेको हो।

निर्वाचन परिचालन कमिटीकी संयोजक मन्जु भण्डारीले स्लाइड प्रस्तुतिमार्फत घोषणापत्र सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार विकासमार्फत क्षेत्रको समृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता जनाइन्।

“विकासमा हाम्रो दूरदृष्टि : शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं. १ को समृद्धिको आधार” भन्ने नारासहित एमालेले आफ्नो योजना अघि सारेको छ।

एमालेले आर्थिक क्षेत्र विकास (इकोनोमिक करिडोर) अवधारणाअनुसार धरानका वडा नं. ४, ५, ६, ८, ११, १७ र २० सहित ४२ किलोमिटर सडक निर्माण गर्ने महत्वाकांक्षी योजना प्रस्तुत गरेको छ। साथै धरान सभागृह र नाटकघर निर्माण सम्पन्न गर्ने वाचा पनि गरिएको छ।

त्यस्तै, धरान–लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण प्रक्रिया अगाडि बढाउने, धरान–चतरा–बराहक्षेत्र तथा धरान–भेडेटार सडक स्तरोन्नति गर्ने, पुल तथा लिंक रोड निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाइएको छ।

अँधेरी खोला, कोकाह खोला र सेउती खोलामा बाँकी रहेका पुल निर्माण सम्पन्न गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।

यसैगरी धरानदेखि भेडेटार वा नाम्जेसम्म सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा केबलकार सञ्चालन गर्ने महत्वाकांक्षी योजना समेत एमालेले अघि सारेको छ।

एमालेले आफ्नो घोषणापत्रमार्फत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुनसरी–१ लाई आर्थिक, पर्यटन र शैक्षिक हबका रूपमा विकास गर्ने स्पष्ट सन्देश दिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved