धरानमा मा एमालेका उमेदवार टिकारामलाई जनताको साथ

  • फागुन १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार टिकाराम लिम्बु ले धरान–१९ मा घरदैलो अभियानलाई तीव्र बनाउँदै चुनावी माहोल थप ताताएका छन्।

‘युवा शक्ति, समृद्ध सुनसरीका लागि’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानमा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ।

धरान–१९ को बालक चोकस्थित निर्वाचन परिचालन समितिको कार्यालयबाट शुभ–सगुनसहित सुरु भएको कार्यक्रममा समानुपातिक उम्मेदवार मौसमी राई, नेता–कार्यकर्ता तथा युवापंक्तिको सक्रिय उपस्थिति रहेको थियो।

टोलीले घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, विकासका आवश्यकता र जनअपेक्षाबारे सुझाव संकलन गरेको थियो।

कार्यक्रममा बोल्दै लिम्बुले जन्मथलो ताप्लेजुङ भए पनि आफ्नो कर्मभूमि सुनसरी नै रहेको उल्लेख गर्दै यहाँको समृद्धिका लागि सम्पूर्ण शक्ति समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।

“जनताको विश्वास नै मेरो बल हो। सुनसरीलाई सुशासन, पारदर्शिता र तीव्र विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको छु,” उनले भने।

उनले भ्रष्टाचार नियन्त्रण, पूर्वाधार विकास, प्रविधिमैत्री सेवा विस्तार, कृषिको आधुनिकीकरण र युवामुखी रोजगारी सिर्जनालाई प्राथमिक एजेन्डा बनाएको स्पष्ट पारे। साथै आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूलाई विजयी गराउन उनले मतदातासँग अपिल गरेका छन्।

घरदैलो कार्यक्रममा धरान–१९ का वडा अध्यक्ष पुर्ण लिम्बू ले उम्मेदवारलाई शुभकामना दिँदै वडा नम्बर १९ बाट उत्साहजनक समर्थन रहने दाबी गरे। वडा समिति सचिव तथा युवा नेता सुनिल लिम्बू ले युवाहरू परिवर्तन र विकासको पक्षमा उभिएको बताए।

त्यसैगरी कार्यक्रममा पूर्व सभामुख प्रदीप भण्डारी, पूर्व नगर प्रमुख मिन सुब्बा, प्रदेशसभा सदस्य विजय राई लगायत नेताहरूको उपस्थिति रहेको थियो। युवाहरूको सक्रिय सहभागितासँगै धरान–१९ मा चुनावी सरगर्मी उच्च बिन्दुमा पुगेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved