समाज

    Showing 5,241-5,250 of 6,736 items.
  • महिलाहरुमा स्तन क्यान्सर भयावह: ‘सचेतनाको कमी र लाजका कारण स्वास्थ्योपचार नै गराउदैनन्’

    धरान । स्तन क्याम्पर महिला विशेष गरेर महिलामा हुने रोग हो । यो रोग लागेपनि धेरै महिलाहरुलाई रोगको विषयमा थाहा नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको छ । तर शुरुमै यसको उपचार गर्न सके रोग निको हुने चिकित्सकरुले सुझाएका छन् । सामान्य हेलचेक्र्याईले महिलाहरुमा हुने स्तन क्यान्सर भयावह अवस्थामा पुगको भन्दै सो सम्बन्धी सचेतनात्मक ¥यालीको आयोजनासँगै त्यसबाट ग्रसित महिलाहरुलाई समावेश गरेर सबैको आत्मबल बढाउने गरिएको कार्यक्रममा चिकित्सकहरुले यस्तो बताउका हुन् ।  रोटरी क्लब अफ धरान फुटहिल्सले धरानमा आयोजना गरेको सचेतना कार्यक्रममा रोग लागेर निको भएका विरामीहरुले उपस्थित भएर समयमै उपचार र

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘आत्मज्ञानले नै शान्ति आउँछ’

    धरान । विश्वमा नै अशान्ति फैलिएको बेला आत्मज्ञान प्रचार संघ धरानले धरानका प्रवुद्ध व्यक्तिलाई भेला गराई शान्ति प्राप्तिबारे जानकारी गराएको छ ।धरान २ रत्न रोडमा रहेको होटल युवेरीमा आयोजित कार्यक्रममा आत्मज्ञानका प्रवद्र्धक प्रेम रावतको प्रवचन प्रोजेक्टरमार्फत देखाइएको थियो । उनले दिएको प्रवचन जीवन दर्शनसँग सम्बन्धित रहेको थियो । उनले भनेका थिए–‘मानिस शान्ति खोज्न अरु ठाउँ जान्छ, शान्ति आफैभित्र हुन्छ, खोजिरहनु पर्दैन ।’ सानै उमेरदेखि शान्तिको खोजीमा हिड्दै शान्तिको बारेमा जानकारी दिदै आएका उनले ८ बर्षकै उमेरबाट शान्तिको खोजी गर्दै शान्तिका बारेमा सबैलाई बुझाउदै हिडेका थिए ।

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 609 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीका सुरक्षा गार्ड आन्दोलित

    विजयपुर/ प्रतिष्ठानमा कार्यरत सुरक्षा गार्ड आन्दोलित बनेका छन् । कार्यरत सुरक्षा गार्डलाई भिआइपी सेक्युरिटी सर्भिसले बिना कारण निष्कासन गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।उनीहरुले भिआइपी सेक्युरिटी सर्भिस अगाडि धर्ना दिएका थिए । आन्दोलनमा उत्रिएका पीडित सन्देशबहादुर सुनारले सेक्युरिटी सर्भिसले बिना कारण २५ जनालाई निस्कासन गरेको बताए । उनले भने–‘एक महिनाको तालिम पनि २३ दिने ट्रायलका लागि डिउटी दिएको थियो, ट्रायल सकिने वित्तिकै आफूहरुलाई कामबाट बञ्चित गरिएको छ, यसले हामीलाई अन्याय भएको छ ।’ प्रतिष्ठानले नै सुरक्षा गार्डहरुको माग गरे पछि गत साउने २ गतेबाट भि.आई.पि

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • 572 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • समयमै फूल नफुल्ने संकेत: धरानमा अहिले नै भारतीय फूल भित्रियो

    धरान/ धरानस्थित कृषि उपज बजारमा तिहार आउन बाँकी छँदै भारतीय फूल भित्रिएको छ । फूलको चाड तिहारमा विगतका बर्षहरुमा नेपाली फूलले बजार पिटे पनि यस बर्ष भने भारतीय फूलको मालाले बजार पिट्ने सम्भावना बढेर गएको छ । कृषि उपज बजारका अनुसार २०५८ सालमा स्थापना भएको यो बजारमा प्रत्येक बर्षको तिहारमा तिहार लक्षित फूलको कारोबार हुँदै आएको छ । पूर्वी पहाड मूख्य श्रोत रहेको फूलको कारोबार यस बर्ष तिहार छिटो भएका कारण स्थानीय फूल कम फूल्ने आंकलन गर्न सकिने कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । उनका अनुसार मंगलबारमात्र धरानमा १ लाख २५ हजार माला धरान भित्रिएका बताए । उनले भने–‘मं

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 490 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेहनत गर्नसके नेपालमा नै बन्न सकिन्छ स्वरोजगार

    विजयपुर/ स्वदेशमै मेहनत गरे विदेश जानुपर्दै भन्ने उदाहरण पेश गरेका छन् सुनसरी झुक्काका कैलाश बुढाथोकीले ।कुनै समय गाउँका सबै विदेश गएर पैसा कमाएर आउँदा बुढाथोकीलाई पनि विदेश गएर पैसा कमाउने इच्छा लागेको थियो । तर उनको सपना पूरा हुन नसकेपछि गाउँमै स्वरोजगार भएर रमाएका छन् । उनले विदेश जानका लागि राहदानी बनाए, राहदानी पश्चात मेनपावरमा बुझाए, तर उनको विदेश जाने इच्छा मेडिकल गर्ने वित्तिकै ‘ब्रेक’ लाग्यो । सानोमै निमोनिया भएका उनको मेडिकलमा छातीमा दाग देखाइदियो, त्यसपछि उनले विदैेशिक रोजगारीमा जाने सपना छोडिदिए । स्वदेशमै केही गर्ने प्रण गरे । उनी भन्छन्–‘मेडिकलमा फेल

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • 673 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • माल पाएर चाल नपाउने सम्बन्धित निकाय: जीर्ण बन्दै सामुदायिक भवन

    धनकुटा/ धनकुटाको सदरमुकाममा जुनसुकै कार्यक्रम गर्ने उपयुक्त थलो हो सामुदायिक भवन । यस भवनमा राजनीतिक पार्टीका सभा सम्मेलन, साँस्कृतिक कार्यक्रम, विवाह, पार्टी लगायत खेलकुदका इन्डोर प्रतियोगिता तथा विभिन्न सामाजिक संघ संस्थाको कार्यक्रमहरु यही सामुदायिक भवनमा हुने गर्छन् । तर मर्मत सम्हारमा चासो नदेखाउदा पछिल्लो समय सामुदायिक भवन जीर्ण बन्दै गएको छ । मर्मत गर्न भने कसैले चासो देखाएका छैनन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै छ । निर्वाचनको सम्पूर्ण गतिविधि यही भवनमा हुने गर्छ । उमेद्वारको मनोनयमदेखि मतगणनासम्म यही भवनमा हुने गरेको छ । यो बाहेक राजनीतिक दलका सभा सम्मेलन, साँस्क

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 620 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छठ पर्वलाई लक्षित गरी नहर सफाई

    विराटनगर/ छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहरको सफाई सुरु गरेको छ । सुनसरी–मोरङ सिंचाई आयोजनाको सहकार्यमा महानगरले नहरको सफाई सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए । हरेक दिन दुईवटा जेसीवीले नहर सफाई गरिरहेका छन् । बिहान ६ बजेदेखि नै सफाई सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । एउटा जेसीवीले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ । लामो समयदेखि नहर सफा भएको थिएन । छठ पर्वमा भक्तजनहरुले नहरमा मण्डप बनाएर पूजा गर्न

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 494 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा तीन पक्राउ, ६ लाख नगद र १४३ तोला सुन बरामद

    फुङ्लिङ/ ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले तीन जनाबाट छ लाख १३ हजार ३४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुकी बरामद गरेको हो। जिल्ला सदरमुकाम फुङ्लिङस्थित उक्त ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए। लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० कैलाश राईले जानकारी दिए। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 570 पटक पढिएको
    • "रासस"
  • नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो

    सुनसरी/ मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो । तर पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहँुदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पु

    • प्रकाशित मितिः असोज २१, २०७९
    • 450 पटक पढिएको
    • "रासस"
  • भोजपुरे खुकुरीको माग बढ्दै, कालिगड अभाव

    भोजपुर/  भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि १, कुन पसलमा पाइन्छ रु’ हो प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन, विदेशमा समेत प्रख्यात छ। चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ। खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ। उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउँछन्। उनी भन्छन्, ‘भोजपुरमा बनेका खुकुरीहरु स्थानीय बजारमा मात्र होइन, भोजप

    • प्रकाशित मितिः असोज १७, २०७९
    • 640 पटक पढिएको
    • "रासस"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved