इनरुवा / इनरुवा नगरपालिकाले अतिक्रम सडक पेटी खाली गरेको छ । सडक पेटी खाली गर्न पटक पटक सूचना प्रकाशित गरे पनि सर्वसाधारणले अटेर गरेपछि नगरप्रमुखले डोजर लगाएर अतिक्रमित सडक पेटी खाली गरेका हुन् । नगर प्रमुख केदार भण्डारीले भने–‘हामीले ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेकाले नगरपालिकाको टिम डोजर लिएर सडकमा निस्किएका हौ ।’ उनका अनुसार मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएको जनाइएको छ । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टह
मोरङ / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन गर्ने बताएका छन् । उनले आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने जानकारी दिएका हुन् । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद शर्माले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन समेत दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, अस्पताल चलाउँने जिम्मा हाम्रो पनि हो, मेर
विजयपुर / उषा राई प्रकरणमा संलग्न रहेको भन्दै धरान प्रहरीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । धनकुटा घर भई धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई, २६ बर्षीया सुमित्रा राई, धरान १७ की २९ बर्षीया सुसेली राई र ४० बर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकी उर्मिला राईलाई मंसिर १५ गते प्रक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थपि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय
बिराटनगर/उदयपुरको कटारी नगरपालिका २ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी २बस्ने ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना बार इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान भईरहेको छ ।
इलाम/ आमचोक बजारको फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा वर्षौ देखिको फोहोर बोरामा हालेर पसलको छेउमा थुप्री रहेको थियो । सुगम मानिएकै जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिका केन्द्रको फोहोर व्यवस्थापनमा कसैको आँखा नपरेपछि बजारलाई गिज्याइरहेको थियो । स्थानीय तहको दोस्रो निर्वाचन पश्चात फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ । गाउँपालिकाले फोहोर विसर्जनका लागि जमिन व्यवस्थापन गरेपछि बजारको फोहोर व्यवस्थापन थालिएको हो । बजारका व्यवसायीले बोरा र ड्रमहरूमा लामो समयदेखि फोहोर फाल्ने ठाउँ नभएपछि थुपारेर राखेका थिए ।
धरान/ तत्कालीन माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादीले गाउँमा समाजसुधारक काम गर्न थालेको थियो । सामाजिक विकृतिलाई निरुत्साहित गर्ने श्रमलाई प्रवद्र्धन गर्ने काम थालेको थियो । सुनसरीको बराहक्षेत्र १ मिलनचोकदेखि सूर्यकुण्डसम्म सडक निर्माण गर्न माओवादीले उर्दी जारी गर्यो । सबैले अनिवार्य श्रमदान गर्नुपर्ने नियम राख्यो । श्रमदान गर्न नभ्याउनेले आर्थिक सहयोग गर्नुपर्ने भयो । एक घर एक व्यक्ति वा १ सय ४१ रुपैयाँ नगद । बजारका अधिकांश व्यापारीले आर्थिक सहयोग गरे । सबैका घरबाट एक जन श्रमदानमा निस्किए । आज सूर्यकुण्ड पर्यटकीय स्थलका रुपमा प्रवद्र्धनको कार्यक्रम पर्खिरहेको छ । बराहक्षेत्रकै नडाह
संखुवासभा/ संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य करिब २ वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको ठेक्का पाएको स्वामी नारायण बिनायक जे.भीले काम बिचैमा छाडेर हिंडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालका अनुसार ठेकेदार कम्पनीले सम्झौता भएको मिति देखि काममा कुनै चासो देखाएको छैन । ‘पटकपटक सम्पर्क ग¥यौँ उहाँले त्यसमा कुनै चासो देखाउनु भएन खनालले भने, सम्झौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न गरि नगरपालिकालाई बुझाउनुपर्नेमा अहिलेसम्म दुई÷तीन प्रतिशत पनि काम भएको छैन ।&rs
धरान/ दिनप्रतिदिन बढ्दै गएको सवारी साधनका कारण धरानको भानुचौक सधै अस्तव्यस्त रहने गरेको छ । विशेष गरेर धरानको मुटु भानुचौकबाट छाताचौकसम्मको सडकमा अत्याधिक जाम हुने गरेको छ । जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण व्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरीले जनाएको छ । जामकै कारण सवारी चालकलाई समेत अत्यन्तै असजिलो हुने गरेको छ । भानुचौकबाट छातार्चाैक पुग्न सवारी चालकलाई २० देखि २५ मिनेट लाग्ने गरेको छ । धरान १५ का मिलन लिम्बुले धरानको भानुचौकदेखि छाताचौकसम्मको सडक अत्यन्तै व्यस्त सडक भएको बताउँछन् । यो सडक क्षेत्रमा प्राय
सुनसरी/ धरान धरान–१३ की उषा राई मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।घट्नाकी मुख्य आरोपी उर्मिला राईलाई केही दिन अगाडी प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार साझ उनीहरुलाई पक्राउ गरे हो । पक्राउ पर्नेमा सुसेली राई र सुमित्रा राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । एकल महिला उषा राईको कुटपिटमा संलग्न रहेको भन्दै पीडित परिवारले ७ जनाको नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए । यही विषयलाई लिएर शुक्रबार आफन्त तथा छिमेकीहरुले विरोध गरेका थिए । हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै
मोरङ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने गरी जथाभावी निर्माण गरिएका पसल अगाडिका संरचना हटाउने अभियानमा केन्द्रित भएको मेयर कोइरालाले बताएका छन् । सरफाईमा जस्तै फुटपाथ खाली गर्ने र अवैध संरचना हटाउने अभियानमा पनि विराटनगरवासी र व्यापारीको अत्यन्तै राम्रो सहयोग रहेको मेयर कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन्