सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर दिनदिनै बिग्रँदै गएको छ । केही अपवादलाई छाड्ने हो भने अधिकांश सामुदायिक विद्यालयको खराब प्रदर्शन चिन्ताजनक छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी उचित प्रतिफल दिन असफल भएको छ । यस्तै अवस्थालाई ध्यान दिएर अहिले विद्यालय तहलाई नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । त्यसैले विद्यालय तहको शैक्षिक स्तरमा सुधार ल्याउने जिम्मेवारी अब स्थानीय तहमा आएको छ । नयाँ संविधानले व्यवस्था गरेको सङ्घीय संरचनाअन्तर्गत तीन तहका सरकारहरू छन् । तीनै तहका सरकारहरूसँग बजेट परिचालन गर्ने अधिकार छ । अहिले स्थानीय तह पहिलेभन्दा शक्तिशाली र अधिकार सम्पन्न भएको छ तर सामुदा
हरेक वर्ष सयौँ नेपालीले विदेशी भूमिमा ज्यान गुमाउने गरेका छन् । पछिल्ला तीन वर्षमा मात्र ३ हजारभन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ मा उल्लेख भएअनुसार सन् २०१९÷०२० देखि २०२१÷०२२ सम्ममा ३ हजार १९९ नेपाली युवाले ज्यान गुमाएका छन् । सन् २००८÷०९ देखि २०२१÷०२२ सम्ममा भने १० हजार ६६६ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूको मृत्युको कारणमा कार्डियाक अरेस्ट, हर्ट अट्याक, प्राकृतिक कारण, सवारी दुर्घटना, आत्महत्या, कोरोनागायतका छन् । कतिपयले भने कार्यक्षेत्रमै ज्यान
धनकुटामा पछिल्लो समय टनेल खेती तथा बेमौसमी तरकारी खेतीतर्फ किसान आकर्षित भएको समाचार त्यहाँबाट आएको छ । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेसँगै टनेल खेतितर्पm किसानको आकर्षण बढेको समाचारमा उल्लेख छ । यो धनकुटाको चित्र मात्र होइन । अहिले धेरै स्थानमा किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका देखिन्छन् । टनेल खेती गर्दा लगाइएको तरकारी सुरक्षित हुने र उत्पादन पनि राम्रो भएर प्रशस्त आम्दानी हुने भएपछि उनीहरू टनेल खेतीतर्पm आकर्षित बनेका हुन् । टनेल खेती गर्दा बेमौसमी तरकारी उत्पादन गर्न पनि सकिन्छ । यसरी किसानहरू आधुनिक प्रविधितर्फ आकर्षित हुनु सकारात्मक पक्ष हो । कृषि क्षेत्रमा आधुनिकीकरण र व
धनकुटा / शिक्षाक्षेत्रको नियमक निकाय स्थानीय सरकारलाई दिइएको छ । तर पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार नआउँदा सर्वसाधारण महँगो शुल्क तिरेर नीजि स्कूलमा पढाउन बाध्य छन् । पछिल्लो समय धनकुटाको पाख्रीबास नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको खाँचो रहेको महसुस गरेको छ । धनकुटा नगरपालिका १ मा रहेको धनकुटा पख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गर्ने क्रममा वडाध्यक्ष भोगेन्द्र पाण्डेले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन जरुरी भएको बताए । उनले भने –‘सामुदायिक विद्यालयको श
मोरङ / विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा तीन वटा स्कुल प्रवेश गरेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जेम्स, वाल्मीकि र सेन्टजोसेफ स्कुल विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अपर्ण विजयी भएको छ । जितको लागि अपर्णका अबिशेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १÷१ गोल गरे । सोही दिन भएको दोस्रो खेलमा बालमिकी स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी ब
मोरङ \ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा युवायुवतीहरूलाई आकर्षण बढेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए । स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा
धरान / कालो सुन भनेर चिनिएको अलैचीको खेती हुने जिल्लामध्ये धनकुटा पनि पर्दछ । एक समयमा अलैँचीको धेरै नै उत्पादन हुने धनकुटामा केही समय अगाडि रोग कीराका कारण अलैचीको बगान मासिदा धेरै नै उत्पादन घट्न पुग्यो । गत वर्षबाट भने पुन ः अलैचीको उत्पादन बढ्न थालेको छ । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. २ का स्थानीय कृषक देबीबहादुर अधिकारीले अलैची खेती गरेको करिब तीन दशक बितेको छ । तीन दशकको दौरानमा अधिकारीले धेरै उतारचढाव भोगे । बार्षिक ४५ मनसम्म अलैँची उत्पादन गर्दै आएका अधिकारीको बगैँचा विभिन्न रोगकीराको प्रकोपका कारण एकाएक मासियो । तर अहिले पुन ः नया बगान लगाएर अहिले बार्षिक १५ मन उत्पादन गर
विराटनगर / नेपाल प्रहरी श्रीमती सङ्घ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । नोबेल मेडिकल कलेजसँगको सहकार्यमा आयोजित शिविरमा प्रहरी कर्मचारीहरू, पूर्वप्रहरी, अमर÷अशक्त प्रहरीका सन्ततिसमेत गरी पुरुष २८५, महिला ७६ र बालबालिका १० गरी ३७१ जनाले सेवा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए । शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौनरोग, हाडजोर्नी तथा नशा, दाँत, जनरल मेडिसिन, स्त्रीरोग र फोक्सोसम्बन्धी रोगका विशेषज्ञ चिकित्सकहरूले जाँच गरेका थिए ।शिविरमा भिडियो एक्सरे, ईसीजीलगायत विभिन्न किसिमका
धरान : चौतर्फी आलोचनापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो एउटा फेसबुक स्टाटसमा प्रयोग भएको शब्दप्रति आइतबार क्षमा मागेका छन् । उनले फेसबुक स्टाटस र पत्रमार्फत् नै क्षमा मागेका हुन् । उनले गत मङ्सिर २८ गते लेखेको एउटा स्टाटसमा विरोधीहरूका लागि ‘चमारे’ शब्द प्रयोग गरेका थिए । सो विषयमा आपत्ति जनाउँदै राष्ट्रिय दलित आयोगले उनलाई स्टाटस सच्याउन आग्रह गरेको थियो तर मेयर राईले उल्टै आयोगको खिल्ली उडाएका थिए । आफू कुनै हालतमा नझुक्ने अडान लिएका राई अहिले भने आफ्नाे पद नै धरापमा परेपछि क्षमा माग्न बाध्य भएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसल
भोजपुर / यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले रामप्रसाद राई गाउँपालिका–५ मा पर्ने गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी हुन् । उद्घाटनमा उनले शिक्षालयको स्थापनापछि अब स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताइन् । ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो‚’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यो प्राविधिक शिक्षालयले यहाँ शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ। शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको