समाज

    Showing 4,981-4,990 of 6,736 items.
  • प्रेस चौतारीको स्थापना दिवस धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

    धनकुटा / प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो । सो अवसरमा प्रदेश सभा सदस्य एवं एमाले अध्यक्ष इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका उपप्रमुख एवं एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष रुचाल, सल्लाहकार भेषराज कटेल, जिल्ला अस्पतालका प्रमुख डा.अमिताव ठाकुर लगायतले विरामीलाई फलफुल वितरण गरे । त्यस्तै, पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस चौतारीका

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 645 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाबासीलाई सुरक्षित बनाउने वडा कार्यालयको योजना

     धरान / स्थानीय सरकारले आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने विषयमा गम्भीर बनेका छन् । शिक्षा, स्वास्थ्यसँगै सुरक्षा चुनौतिलाई समेत मध्यनजर गरेर धरान उपमहानगरपालिकाका वडाहरुले सुरक्षाको प्रत्याभूति दिने खालका काम गर्न थालेका हुन् । यस काममा सबैभन्दा अगाडि धरान १४ विजयपुर रहेको थियो । धरान १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया अगाडि बढेको छ भने चौक चौकमा सिसी क्यामेरा जडान गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण सिसी क्यामरा जडान गरिएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताएका छन् । पछिल्लो समय धरान १६ ले समेत आफ्नो वडाबासीलाई शान्ति स

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 760 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी फुटबल क्लब सेमिफाइनलमा

    दुहबी \ सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरीले बसाहा ११ फुटबल क्लब उदयपुरलाइ १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ९ औं मिनेटमा इटहरी फुटबल क्लब सुनसरीका खेलाडी राजेश लुंगेलिले एक गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराएका हुन् । दुवै तर्फबाट आक्रमक खेल भएपनि निर्धारित समय सम्म बसाहा फुटबल क्लब उदयपुरले गोल फर्काउन सकेको थिएन । खेलको म्यान अफ द म्याच इटहरी फुटबल क्लब सुनसरीका खेलाडी

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 798 पटक पढिएको
    • "चन्दन रौनियार"
  • नोबेलको हिज्जे प्रतियोगितामा निलो सदन प्रथम

    धरान /  नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल बनेको छ ।निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्बु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए । प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए । त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए ।प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण–पत्र प्रदान गरिने विद्यालयका सहायक प्रिन

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन सञ्चारकर्मी पुरस्कृत

     सुनसरी /  प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाले तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । विगत दुई दशकदेखि सुनसरीमा रहेर पत्रकारिता गरिरहेका नवराज विष्टलाई चौतारीले कृयाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै उदयीमान पत्रकारका रुपमा इटहरीका प्रकाश तिम्सिनालाई पुरस्कृत गरेको छ । साथै कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट रोजी खतिवडालाई पुरस्कृत गरेको पुरस्कार छनोट समितिका संयोजक तथा चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले जानकारी दिए । यसैबीच गत प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चौतारीका तर्फबाट उत्कृष्ट रिपोर्टिङ गर्ने सन्चारकर्मी

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश निम्छरो हुँदा खारेजीको आवाज उठ्यो ‘संघीय सरकार जिम्मेवार’

    विजयपुर / संविधानतः निर्माण भएका तीन तहका सरकारमध्ये प्रदेश सरकार निम्छरो भएको प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले बताएका छन् । ‘संविधानतः तीन वटा सरकार छ, स्थानीय सरकार जति बलियो छ, संघीय सरकार जति बलियो छ, हामी त्यति निम्छरो छौं,’ मन्त्री राजभण्डारीले भने, ‘अधिकार पनि छैन, काम पनि धेरै गर्नु पर्ने ।’ प्रदेशसरकार खारेजगर्ने आवाजहरुलाई सङ्घीय सरकारले मलजल गर्दै गइरहेको मन्त्री राजभण्डारीले आरोप लगाएका छन् । उनले यस्ता आवाजहरुलाई न्युनीकरण गर्दै जाने काममा आफ्नो प्रयत्न रहने दृढता व्यक्त गरे । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा इट

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 710 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी

    धरान/धरानको बसपार्क अस्तव्यस्त भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले भानुचौक एरियामा जथाभावि रोक्ने अटो टेम्पो तथा सिटी सफारी नियन्त्रण गर्न थालेको छ । सिटी सफारीले बसपार्क अस्तव्यस्त बनाएको र दुर्घटनाको जोखिम बढाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सरोकारवालापक्षसँग छलफल गरेर निर्णय गरी नियन्त्रणको प्रयास थालेको हो । प्रयास स्वरुप कार्यालयले सरोकारवालासँग माघ १२ गते छलफल समेत गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको उपस्थितिमा सिटिसफारीका प्रतिनिधिहरुसमक्ष छलफल भएको थियो । छलफलमा सिटी सफारीलाई ट्राफिक नियमसम्बन्धी जा

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 790 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

    धरान /  धरान–१६ स्थित युएन, नवोदय कलेजले ‘ट्यालेन्ट शो’ मा विजेता भएकाहरुलाई पुरस्कार वितरण गरेको छ ।कार्यक्रममा विद्यार्थीहरुबीच नृत्य, गायन साथै वक्तृत्वकलाको प्रतियोगितात्मक कार्यक्रम आयोजना भएको थियो । नृत्यतर्फ एकल र समूहगत प्रतियोगिता आयोजना भएको थियो । गायनतर्फ बिबिएस प्रथम वर्षका संगम तामाङ, कक्षा–११ का महिम राई, अर्जुन राई क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्न सफल बनेका थिए । यस्तै, रयापतर्फ कक्षा–११ का हुकुम बाँस्कोटा प्रथम बनेका छन् । यस्तै, एकल नृत्यतर्फ कक्षा–११ की तिर्सना करला, बिएचएमकी अञ्जु तामाङ, ज्योति लिम्बू क्रमशः प्रथम, द्विती

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भानु विद्यालयको खेल सप्ताह सम्पन्न

    मोरङ / विराटनगर – ०९ स्थित भानु मेमोरियल अंग्रेजी विद्यालयले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका साथै खेलकुदलाई पनि जोड दिने उद्देश्यले बुधबारबाट सुरु खेलकुद सप्ताह शुक्रबार समपन्न भएको छ । खेलकुद प्रतियोगीतामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो । शारीरिक तन्दुरुस्ती दिलाई खेल प्रति रुचि जगाउन खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालयका संयोजक सुनिल शाहीले जानकारी गराए । खेल सप्ताहमा लामो छोटो दौड, डोरी तान्ने, ब्याडमिन्टन, टेबल टेनिस, म्युजिकल चेयर, स्लो साइकल रेस, गणित दौड, चम्चा दौड, बोरा दौड, भलिबल लगायतका खेलहरुमा विद्यार्थीहरुले उत्साह जनक रुपमा सहभागिता जन

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 815 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्लस टु व्यवस्थापन र विविएलाई उपाधि

    धरान /  धरान उच्च कलेजका विद्यार्थीहरुद्वारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल बनेको छ । धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल बनेका हुन् । छात्रतर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो । त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउँदै विविए संकायका खेलाडी विजेता वनेका थिए । विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन् । उनको गोल नै खेलका लागि निर्णा

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 1,145 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved