धरान / नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा धरानको आइडियल बोर्डिङ स्कुलका छात्र सम्पन्न सुवेदी तेस्रो भएका छन् । नेपाली सेनाको २६० औँ स्थापना दिवसको अवसरमा केही दिनअघि सैनिक मुख्यालयमा आयोजित प्रतियोगितामा सुवेदी तेस्रो भएका हुन् । यसअघि मोरङको याङ्सिलास्थित पूर्वी तालिम शिक्षालयमा भएको प्रदेशव्यापी वक्तृत्वकला प्रतियोगितामा उनी दोस्रो भएका थिए । देशभर रहेका नेपाली सेनाका चारवटा शिक्षालयबाट लगभग २५ हजार विद्यार्थी प्रतियोगितामा सहभागी थिए । तीमध्ये उत्कृष्ट १२ जना अन्तिम प्रतिष्पर्धाका लागि छानिएर काठमाडौँ पु
धरान / प्रदेश एकको नाम कोशी प्रदेश भएसँगै पहिचानवादी दलहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका छन् । धरानमा समेत बिहीबार प्रदेश १ को नाम ‘कोशी’ राखिएकोमा राके जुलुससहित भानुचौकमामा विरोध रुप कोणसभाको आयाजना गरिएको हो । लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेशसभाबाट पारित गरिएको कोशी प्रदेश खारेजीको माग समेत गरेको छ । उनीहरुले षड्यन्त्रपूर्वक कोशी प्रदेश राखिएको आरोप लगाउदै खारेजीको माग गरेका हुन् । उनीहरुले १.नं प्रदेशको नाम लिम्बुवान, खम्बुवान, किराँत राज्य घोषणा गर, नामकरण गरिएको कोशी प्रदेश खारेज गर, प्रदेश १.को नामकरण पहिचानको आधारमा लिम्बुवान, किराँत खम्
नेपाल सरकार आफ्ना नागरिकहरूप्रति कति जिम्मेवार र उत्तरदायी छ भन्ने यथार्थ बताउने घटनाहरू प्रशस्त छन् । यी घटनाहरूबाट सरकारको गैरजिम्मेवार र अनुत्तरदायी चरित्र छर्लङ्ग हुन्छ । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको घटनाबाट पनि सरकारको असली अनुहार उदाङ्गो भएको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करीब पाँछ महिनाअघि नै मन्त्रिपरिषद्मा पुगेको भए पनि ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारणले फाइल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा फर्काइएको समाचार प्रकाशमा आएको छ । खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यहीअनुसा
धरान / प्रदेशसभाले बुधबार प्रदेशको नामकरण गरेकोमा एम्स एकेडेमीले बिहीबार विद्यालयमा स्वागत कार्यक्रम आयोजना गरेको छ । त्यस क्रममा विद्यार्थी र शिक्षकहरूले विद्यालय प्राङ्गणमा प्रदेशको नक्शा बनाएका थिए । विभिन्न रङको प्रयोग गरेर १४ जिल्लासहित बनाइएको नक्शावरिपरि शिक्षक र विद्यार्थीहरूले मैनबत्ती बालेर खुशी व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापन सङ्काय निर्देशक दुर्गा सुवेदीले प्रदेश सरकारले बिहीबार सार्वजनिक विदा दिनुको कारण विद्यार्थीहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । प्रदेशको नामकरण गर्न सफल भएकोमा उनले प्रदेशसभालाई धन्यवाद पनि दिए । कार्यक्रमम
इलाम / १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलामको फाकफोकथुम गाउँपालिकामा हुने भएको छ । आगामी २३ देखि २५ फागुनसम्म फाकफोकथुम गाउँपालिकाको सिँहदेवी माविको खेल मैदानमा हुने भएको हो । यस अघि इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यसवर्ष पहिलो पटक सदरमुकाम बाहिर आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल सञ्चालन हुनेछन् । निर्देशिका बमोजिम प्रतियोगित
धरान / धरान एक्स्पो २०७९ मा बुधबार पर्यटन गोष्ठी आयोजना गरेको छ । प्रदेश नं. १ मा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश १ भरिका पर्यटन व्यवसायीबीच गोष्ठीको आयोजना गरिएको हो ।सुनसरीको व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवर्धनका लागि सञ्चालन भइरहेको एक्स्पोमा गोष्ठी प्रदेश १ को पर्यटन विकास र प्रवर्धनमा केन्द्रित रहेको थियो ।सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद् र सरोकारवालाको उपस्थिती रहेको थियो । एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार गोष्ठीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन
सुनसरी / इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरलेख अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । जस अनुसार अधिकांशको निःशुल्क विमा पाईसेकेका छन् । इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भएसँगै सबैका लागि सँधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी बीमा कार्यक्रम सुरु गरिएको हो । साधारण स्वास्थ्
मोरङ / बहिरा तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघलाई स्थानीय तहका जनप्रतिनिधिहरुले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघले बहिरा तथा अपाङ्गताको क्षेत्रमा सयौ काम गर्दै आएको छ । संघले गरेका कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र रिजल्ट दिन सफल भएको भन्दै स्थानीय तहका प्रमुखहरुले यसखाले प्रतिबद्धता जनाएका हुन् । विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले बहिरा संघले गरेका कामबाट आफूहरु पनि प्रभावित भएको र संस्थालाई सहयोग निरन्तर रहीरहने प्रतिबद्धता जनाइन् । महानगरले अपाङ्गताका क्षेत्रमा सक्दो सहयोग गरिरहेको र यसमा कुनै पनि कन्जुस्याई नगरिने उनको धारणा
विजयपुर / भारतको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त युनाइटेड कस्र्याङ फुटबल क्लब (युकेएफसी) लाई हराउँदै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । जारी सिजनमा सर्लाही गोल्डकपमा आयोजकसँग पराजित भएको युकेएफसी दार्जिलिङको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त टिम हो । जितका लागि केएफटिसी झापाका तर्फबाट खेलको २२ औं मिनेटमा जर्सी नम्बर २३ का खेलाडी
दुहबी / सुनसरीको दुहबी ८ स्थित सोनापुरको घना बस्तिकै छेउमा मापदण्ड विपरीत उद्योग निर्माण कार्य भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सोनापुर, छाताबेली र बीरगाउँ स्थित पुरानो वस्तीको छेउमा उद्योग स्थापना गर्न खोजेको भन्दै स्थानीयहरुले बिरोध गरेका छन । बस्तीलाई छोएर उद्योग स्थापना गर्दा भोलिको दिनमा उद्योगबाट अत्यधिक धुलो धुवाँ ध्वनि प्रदूषण हुने मात्र हैन, उद्योगबाट निस्कने बिषादी रासायनिक पानी , धुवाँ, धुलोले बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा धेरै असर पर्न सक्ने भन्दै वातावरणीय प्रभाव मूल्यांकन(आइइइ) र स्थानीयहरुको मुचुल्का सार्वजनिक गर्न माग राख्दै तत्काल उद्योग निर्माणकार्य र