संखुवासभा / खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवक प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहार गरी आत्मा गर्ने प्रयास असफल भएको छ । सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरे । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरी गदालले आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेका थिए । तर उनी गम्भीर घाइतेमात्र भए । उनको अहिले जिल्ला अस्तपालमा खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबार मात्र नेपाल प्रहरीको
विराटनगर /पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर – १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो । प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोश्रो भएका छन् । तेश्रो मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह भए । सोहि समुहको छात्रातर्फ एभरेष्ट स्कुलका कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर विद्यालयका स्वाति साह दोश्रोे र तेश्रो
धरान / साँस्कृतिक अभियानसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले खोलिएको महिलाहरुको समूह हातेमालो उद्यमी महिला समूह र प्रगतिशील नौमति तथा पञ्जेबाजा महिला समूहले धरानको लोकतान्त्रिक चौतारीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उद्घाटनमा प्रमुख अतिथि बोलाएर रिविन काट्ने प्रचलन भएपनि महिलाहरुले भने पञ्चेबाजा बजाएर नाचगान गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । महिला हरेक कुरामा सक्षम छन् भन्ने सन्देश दिन पनि रक्तदान कार्यक्रम गरेका उनीहरुले बताएका छन् । धरान २ भानुचौकको लोकतान्त्रिक चौतारी प्राय सबैको कार्यक्रम गर्ने थलोको रुपमा परिचित छ । यहाँ विभिन्न पार्टीका आमसभा, संघ
मोरङ / मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच भेटवार्ता भएको छ । उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसमेतको उपस्थितिमा भएको छलफलमा पहाडीले सुशासन, वैज्ञानिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा महानगरले जोड दिनुपर्ने सुझाव दिए । सो अवसरमा उनले सीमाकृत वर्ग र जातका मानिसहरुको शिक्षा र स्वास्थ्यमा महानगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । त्यसका लागि सीमाकृत वर्गको पहिचान गर्नुपर्ने बताए । पहाडीले महानगरको विकासका लागि सम्बन्धित निकायमा आफूहरुको तर्फबाट पहल गर
मोरङ / गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न सामग्री प्रदान गरेको छ।महानगरले वडा नम्बर ४ र १७ मा सञ्चालित उद्यमशीलता तालिमका सहभागीहरुलाई सिलाई मेसिनसहितका सामग्री प्रदान गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सिलाई मेसिन, कैची, स्प्रे मेसिन प्रदान गरेका हुन् । त्यस्तै समूहमा तरकारी खेतीका लागि हाते ट्याक्टरसमेत प्रदान गरिएको छ भने गुडिया उत्पादन गर्ने मेसिन पनि वितरण गरिएको आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलले जानकारी दिए ।
धरान /धनकुटामा पछिल्लो समय व्यवसायिक बाख्रा पालन फस्टाएको छ । विदेश गएर फर्किएका युवा व्यवसायिक रुपमा बाख्रा पालनतिर लागेका हुन् । अझ पछिल्लो समय लोकल जातका भन्दा पनि बोयर जातका बाख्रामा लगानीगरेका छन् । तर आफूले पालेका बाख्रा बिक्नै छाडेपछि भने कृषिक चिन्तित छन् । स्थानीय जातको बाख्रा भन्दा बढी र राम्रो आम्दानी हुने भन्दै धनकुटाका बाख्रापालन कृषकले पछिल्लो समय बोयर जातका बाख्रा पाल्न थालेका छन् ।उनीहरुले पालेको बोयर जातका बाख्राले शुरु शुरुमा राम्रो आम्दानी गरे पनि पछिल्लो समय भने कम बिक्न थालेपछि कृषकहरु चिन्तित बन्न थालेका छन् । बोयरसहित जमुनापारि आयातित जातका खसी बोकामा समस्या देखिएको हो
धरान । किरात राई साँस्कृतिक कलाकार संघले पहिचानको मुद्दालाई साँस्कृतिक आन्दोलनसँग जोडर राष्ट्रिय अधिवेशन गर्ने भएको छ । अधिवेशन जेष्ठ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । किरात राई साँस्कृतिक कलाकार संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनबारे जानकारी दिएको हो । किरात राई साँस्कृतिक कलाकार संघका उपाध्यक्ष शालिक सतासक राईले कला र सँस्कृति तथा संगीतमार्फत प्रदेश सरकारलाई कोशी नामाकरणको खारेजीको माग गर्ने बताए । उनले भने–‘हामीले यो अधिवेशन पहिचानको लडाइका रुपमा लिएका र्छौं, सम्मेलन प्रचारप्रसारको क्रममा जेष्ठ ११ गतेदेखि १४ गतेसम्म इटहरी उपमहानगरपालिका १० वटा चौकहरुमा
धरान /सामाजिक कार्यमा सक्रिय लाइन्स क्लब ३२५ को पहिलो महाधिवेशन धरानमा हुने भएको छ ।लायन्स क्लव ३२५ सि अन्र्तगतको ५२ औ बर्षको ईतिहासमा धरानमा पहिलो पटक महाधिवेशन हुने क्बले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्लबले जेष्ठ १२ गते धरान १५ स्थित किरात थाक्थुम चुम्लुङमा गर्ने भएको हो ।क्लबका डिस्ट्रीक गर्भरनर लायन धिरज गुरुङ (पिएमजियफ)ले दिएको जानकारी अनुसार महाधिवेशन शुरु भन्दा अगाडि शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । ¥याली विभिन्न चौक घुमेर पुन चुम्लुङ भवनमा आएर सम्पन्न हुने डिस्ट्रिक गर्भर गुरुले जानकारी दिए । अधिवेशनबाट नयाँ न
धरान /भारत र नेपालमा रहेका चार धाममध्येको एक हो बराहक्षेत्र धाम । चारधामध्ये नेपालमा दुई धाम रहेका छन् बराहक्षेत्र र मुक्तिनाथ । भारतमा भने कुरु क्षेत्र र धर्म क्षेत्र रहेका छन् । यी चारधाममध्ये सबै धाम सबै किसिमले सुविधा सम्पन्न भएपनि सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बराहक्षेत्र धामको विकास भने अन्य धामभन्दा तुलानात्मक रुपमा विकास कम भएको पाइएको छ ।भारतका दुइ कूरुक्षेत्र र धर्मक्षेत्र र नेपालका दुई धाम बराहक्षेत्र र मुक्तिनाथ । यी धामहरुमा नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु भगवानप्रतिको आस्था बाहेर आउने गरेका छन् । यीमध्ये बराहक्षेत्र धाममा पनि नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु आउन
धरान /प्रदेश न १ कै उत्कृष्ठ र पर्यटकीय क्षेत्रको रुपमा चिनिएको धनकुटा साँगुरिगढि गाउँपालिकामा रहेको नाम्जे–थुम्की सामुदायीक होमस्टेमा सिजनको समयमा पनि पर्यटकहरु आउने संख्यामा कमी देखिएको छ । विगतका बर्षहरुमा गर्मी मौसम सुरु हुना साथ अत्याधिक मात्रामा पर्यटक आउने गरे पनि यस बर्ष भने विगतको जस्तो पर्यटकहरु नआएको नाम्जे होमस्टे सञ्चालक अनिल राना मगर बताउँछन् । उनी भन्छन्–‘कोरोना संक्रमणपछि सुस्ताएको भेडेटारको व्यापार अहिलेसम्म तंग्रिन सकेको छैन, पर्यटक नै नआएपछि भेडेटार सुनसान छ भने होमस्टेहरु समेत सुनसान बन्न थालेको छ ।’ अर्गानिक उत्पादन र मगरहरुको मौलिक संस्कृति प्रबद