सुनसरी / पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक/ दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। विशे
सुनसरी / केन्द्रमा फेरिएको गठबन्धनको प्रभाव ३ महिना पछि कोशी प्रदेशमा पनि परेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नेपाली काङ्ग्रेसले बिश्वासको मत दिएपछी एमाले र स्वतन्त्र पार्टीसङको गठबन्धन तोडिएको थियो । त्यसको ३ महिना पछि माओबादीले कोशी प्रदेशमा एमालेलाइ दिएको समर्थन फिर्ता लिदै काङ्ग्रेसको समर्थनमा सरकार बनाउने भएको छ । मंगलबार बसेको माओवादी केन्द्रको प्रदेश पदाधिकारी बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको प्रदेश कमिटी सचिव गणेश उप्रेतीले जानकारी दिए। प्रदेश पदाधिकारीको निर्णयलाई अब माओवादी प्रदेश संसद
बिराटनगर / जेसीजको आयोजनामा एक दिने विद्यालय स्तरिय नाटक प्रतियोगिता बिराटनगरको आरोहण गुरुकुलमा सम्पन्न भएको छ । बिराटनगर क्षेत्र भित्र रहेका बिधालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो । बिद्यार्थीलाई वातावरण संरक्षण प्रति सचेत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बिराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले बताएका छन । उक्त नाटक प्रतियोगितामा प्रथम जेसि बाल सदनले प्रथम स्थान हासिल गदै रु १० हजार द्वितीय स्थान ल्याएको बुढानिलकण्ठ स्कुलले रु ७ हजार ५ सय र तृतीय स्थान हासिल गदै एभरेस्ट स्कुलले नगद ५ हजार प्रमाण पत्र ,शिल्ड प्राप्त गरेको छ । उक्त प्रतियोगिताले नयाँ पुस्तालाई वात
विजयपुर / नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा आन्तरिक तथा मामिला कानुन मन्त्रालयको संयोजनमा शुक्रबारदेखि शुरु भएको ३ दिने मल्टिमिडीया तालिम आईतवार समापन भएको छ । कोशी प्रदेशको संखुवासभा ,धनकुटा, भोजपुर, खोटाङ ,उदयपुर,मोरङ र सुनसरीका ३० जना पत्रकारहरुको सभागिता रहेको थियो । कार्यक्रम उदयपुर बेलका स्थित सोमबारेमा रहेको बेलका बिच रिसोर्टमा सम्पन्न भएको थियो । तीन दिने मल्टिमिडिया अर्थात मोबाइल पत्रकारिताको बारेमा प्रशिक्षण गराइएको थियो। पछिल्लो समय छापा भन्दा अनलाईन समाचारले बढि प्रभाव पार्ने भएकाले छिटो छरितो ढंगले समाचार संकलन गरि मोबाइलबाट नै लेखेर मिडियामा पढाउन सहज हुने भएकाले
धरान / ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ’ भन्ने नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइएको छ । प्रत्येक बर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिएको यो दिवस नेपालमा पनि मनाइने गरिएको हो । आजको दिन धरानमा समेत विभिन्न स्थानको सरफाई गर्दै विश्व वातावरण दिवस मनाइएको छ । उपमहानगरपालिका, विभिन्न वडाहरुले छुट्टाछुट्टै रुपमा विश्व वातावरण दिवस विभिन्न स्थानको सरसफाइ गरी मनाएका छन् । यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १९ को आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको संयुक्त व्यार्नर सामुदायिक प्रहरी साझेदारीसहित हरिय
रंगेली / विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि नगर स्तरीय कार्यशाला गोष्टि भएको छ । सोम्बार रंगेली नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिका भरि रहेका खोला नालाहरु मा बर्खाको समयमा नगर बासिले खोलानाला बाट भोग्नु पर्ने समस्या र सवधानका लाई बर्षा सुरु हुनु अगावै के कसरी त्यस्ता जोखिम बाट बचन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियोे । उक्त कार्यक्रममा बक्राह खोला, चिस्याङ खोला, मरिया खोला, डाँस खोला लगायत अन्य खोला नालाले वाडी पस्ेको घरधुरी हरु कत्तिको जोखिम रहेको भन्ने बिषयमम छलफल समेत भएको थियो। कार्यक्रममा वडा नं ३ मा रहेको चिसाङ खोलाले विगतमा काजीमान चोक देखि बाबुसाहेब टोल
इलाम / इलामको रोङ गाउँपालिका– ३ कुटि डाँडा स्थित पाथीभरा मन्दिरमा सङ्कलन भएको भेटी (नगद, सुन र चाँदी) हिनामिना भएको विषयमा पालिका र जिल्ला प्रशासन कार्यालय बिच विवाद उत्पन्न भएको छ । रोङ गाउँपालिकाले सर्वदलीय बैठक बोलाएर पाथीभरा संरक्षण संस्थामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय इलामलाई आग्रह गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले रोङ गाउँपालिकालाई स–प्रमाण जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्राचार गनेपछि विवाद सुरु भएको हो । जिल्ला प्रशासन कार्यालयले गाउँपालिकालाई पत्र काटेपछि पालिका अध्यक्ष मणिकुमार स्याङ्वो सुवासले स्थानीय सरकारलाई सप्रमाण उपस्थित ह
धरान/ एक हप्ता समय भन्दा अगाडिदेखि भएको खडेरीका कारण धनकुटाका कृषक मारमा परेका छन् । खडेरीका कारण समयमै पानी नपर्दा लगाएको बर्खे बाली सुकेर गएको छ । कृषकले लगाएको मकै, बदाम, तरकारी बाली तथा फूल बाली खडेरीका कारण प्रभावित बनेको हो । कृषी कर्म गरेर उब्जाएको फलफूल, अन्नबाली तथा सागसब्जी बेचेर गुजारा टार्ने कृषकहरु बढी मारमा परेका छन् । महालक्ष्मी नगरपालिका चानुवा धनकुटाका कृषक देवीबहादुर चापागाईले खडेरीका कारण लगाएको बाली, अन्नबाली तथा फलफूल सुकेर जान थालेको बताए । उनले भने–‘खडेरी परेको झण्डै एक साता भन्दा बढी भयो, अझै यो लम्बिने हो भने गाउँमा केही उत्पादन हुदैन, भोकमरीको समस्
धरान/ स्थानीय तहका दलित जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाले धादिङको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बिश्वकर्माको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि महासंघ गठन गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबारदेखि सुरू भएको भेलाले २१ सदस्यीय तदर्थ समितको गठन गरेको हो।महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन्। त्यसै गरि महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा चयन भएका छन्। भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक उपमहासचिव चयन गरेको छ। महासंघको सचिवमा शुक्लागण्डकी नगरपालिका
दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवा खेल मैदानमा जारी ९ औ भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेश युथ क्लब सिराहाले बिरगंज युनाइटेड पर्सा लाई २-० गोल अन्तरले पाखा लगाउदैं उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ । निर्धारित समय ८० मिनेटको खेलमा पहिलो हाफको ४० मिनेट सम्म दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको थियो । दोस्रो हाफको ७ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी योनेपोलियनले १ गोल गर्दै अग्रता लिएका थिए । लगतै १८ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी समीर तामाङले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित