समाज

    Showing 4,441-4,450 of 6,734 items.
  • बि.पि प्रतिष्ठानलाई छाता ऐनमा ल्याउने षड्यन्त्रको बिरोधमा धरानका राजनितिक दल एक मत

    धरान /  बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानलाइ नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धी एउटै छाता ऐन बनाएर अस्पतालको रुपमा सिमित गर्न खोजेको भन्दै धरानका विभिन्न राजनितिक दलहरुले असहमती जनाउदै बिज्ञप्ति जारी गरेका छन । प्रतिष्ठानलाई विश्व विद्यालय बनाई अझ शिक्षा र स्वास्थ्य क्षेत्रको नमुनाको रुपमा विकास गर्दै लैजानुको साटो अस्पतालको रुपमा मात्रै सिमित गर्ने षडयन्त्र भईरहेको महसुस भई त्यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिज्ञप्तिमा उक्त कदमप्रति गम्भिर असहमती जायर गर्दै खेद व्यक्त गरेको छ । नेपाल सरकारबाट स्वास्थ्य सम्बन्धि एउटै छाता ऐन बनाई उपत्यका बाहिरका प्रतिष्ठानहरुलाई

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 1,365 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युद्ध अपराधको मुद्दामा प्रधानमन्त्री दाहाल र नेता भट्टराई विरुद्ध सर्वोच्चमा रिट दर्ता

    सुनसरी / युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन मागगर्दै सशस्त्र युद्धका बाल सेना लेनिन विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत विष्टको माग छ । तत्कालीन माओवादीले आफू जस्ता अबोध नाबालकलाई बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् । यसअघि व

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटनामा इटहरीका सन्दिप नेपालीको मृत्यु

     झापा/  मेचिनगरमा भएको सवारी दुर्घटनमा सुनसरीका सन्दिप नेपालिको मृत्यु भएको छ । शनिबार झापाको मेचिनगर नगरपालिका वडा नम्बर १५ मा रहेको काठको गोलिया बोकेको मे.१ ख ६०५ नम्बरको ट्रकले रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा ठक्कर दिदा घाईते भएका मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालक इटहरी ४ सुनसरीका २० बर्षिय सन्दिप नेपालीको उपचारको क्रममा बि एन्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक इलामका २४ वर्षीय पुरन लुङ्गेली मगरलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नापतौलमा उल्लेख्य व्यवसायीको उपस्थिति

    धनकुटा  / धनकुटा नगरपालिकामा सञ्चालन भएका व्यवसायीहरुका लागि नाप तौल दर्ता तथा नविकरण शिविर राखिएको छ । उद्योगी, व्यावसायीहरुको सुविधाको लागि गुणस्तर तथा नाप तौल कार्यलय विराटनगरको प्राविधिक सहयोग र सहकार्यमा नाप तौल दर्ता तथा नविकरण शिविर सञ्चालन गरिएकोे उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिए । शिविर धनकुटाका मुख्य व्यापारिक केन्द्रहरु धनकुटा सदरमुकाम, हिले, सिंधुवा र पाख्रिवास बजारमा गर्ने गरि मिति निर्धारण भएको अध्यक्ष राईको भनाई छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानवादीहरुबाट कोशी प्रदेशका सांसद असुरक्षित बन्दै

    मोरङ/  कोशी प्रदेशका सांसदहरुले आफूहरुलाई पहिचानवादीबाट असुरक्षित महसुस हुदै गउको बताएका छन् । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले पछिल्लो समय आफूलाई असुरक्षित महसुस हुन थालेको बताइन् । उनले भनिन् ‘ म आफ्नै घर जाँदा असुरक्षित भएको महसुस हुन थालेको छ ।’ कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा महिला पत्रकारहरूका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख दनुवारले असुरक्षित महसुस हुन थालेको बताएकी हुन । उनले पहिचानवादीहरुकै कारण सांसदहरुलाई असुक्षित महसुस भएको बताइन्

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 757 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तापक्रम आज देखि घट्ने, कोशी प्रदेशमा मौसममा आंशिक बदली

    सुनसरी / केही दिन देखि बढेको अत्याधिक तापक्रम आज देखि घट्ने सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहने भएको छ । तराईका भू(भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएको छ । शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । कोशी प्रदेशको विराटनगरमा शुक्रबारदेखि नै तापक्रम घटेको थियो । बिहीबार विराटनगरको अधिकतम तापक्रम ४२।६ डिग्री सेल्सियस पुगेकोमा शनिबार

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउने तालिम दिँदै

    धनकुटा / पछिल्लो समय स्थानीय सरकारले महिला लक्षित कार्यक्रमलाई अगाडि बढाउँदै आएका छन् । उनीहरुले बजेट नै छुट्याएर आत्मनिर्भर बन्ने खालका तालिम धमाधम दिइरहेका छन् । यसै क्रममा धनकुटाको छथरजोरपार्टी गाउँपालिकाले समेत तीन महिने ढाका बुनाई तालिम सम्पन्न गरेको छ । घरेलु उद्योगलाई प्रवद्र्धन गदै महिलालाई व्यवसायिक बनाउने उद्देश्यले गाउँपालिकाल तालिमको आयोजना गरेको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत गाउँपालिको वडा न ४ मा संचालित तालिम सम्पन्न भएको थियो । छथर गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले महिला लक्षित तालिम प्रभावकारी भएको बताएका थिए । उनले भने–‘

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मारवाडी समुदाय सामाजिक कार्यमा सक्रिय

    धरान /  मारवाडी समुदाय पछिल्लो समय सामाजिक कार्यमा सक्रिय भएका छन् । मारबाडी समुदायरुले मारवाडी सवा समिति गठन गरेका छन् । उनीहरुले सबैलाई सक्रिय बनाउने उद्देश्यले मारवाडी युवा मञ्च  समेत गठन गरिसकेका छन् । यसैक्रममा मारबावडी युवा मञ्चले धरानको एक विद्यालयलाई पंखा प्रदान गरेको छ र भने विद्यालयमा दन्त शिविरको आयोजना गरेको छ । उनीहरुले अत्याधिक गर्मीका कारण विद्यार्थीहरुलाई परेको समस्याको मध्यनजर गरी धरान १७ स्थित पञ्चकन्या माध्यामिक विद्यालयलाई १७ थान पंखा प्रदान गरेका छन् भने धरान डेन्टल अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परिक्षण समेत गरिदिएका छन् । बाल बालिकामा

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अस्पताललाई अति आवश्यक समान हस्तान्तरण

    मोरङ/ रंगेली अस्पताल लाई सिटिजन्स बैन्क ईन्टरनेसनल लिमिटेड कोशी प्रदेशले ४ लाख बराबरको सामान हस्तान्तरण गरेको छ। अप्रेरेशन गरिका बिरामीहरुको पल्स रेट,अक्सिजन लेभल,स्वासप्रवासको रेट,ब्लडप्रेसर मापन गरेर बिरामीको अवस्था थाहा पाउनुका साथै बिरामीहरुको उपचारमा यो सहयोग मेसिनले मद्दत पुग्ने डाक्टर अरुण भट्टराईले बताए । अस्पतालका लागि आवस्यक पर्ने दुई थान मोनिटर एक थान फ्रिज समेत प्रधान गरेको छ । सिटिजन बैकको रंगेली शाखा कार्यलयले रंगेली अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे सामान हस्तान्तरण गरेको थियोे ।   उक्त कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, का

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 719 पटक पढिएको
    • " रबिन्द्र बराल"
  • धरानमा नौलो खेल कुराँश प्रतियोगिता शुरु

    धरान / धरानमा भएको राष्ट्रिय स्तरको कुराश प्रतियोगिता आयोजना भएका छ । दोस्रा्रे संस्करको प्रतियोगिता भएपनि धेरैलाई यो खेलको बारेमा थाहा छैन । ०७३ सालमा पहिलो पटक काठमाण्डौमा भएको राष्ट्रिय स्तरको प्रतियोगिता दोस्रो संस्कारण धरान १३ अमरहाटको कभर्ड हालमा शनिवबारबाट शुरु भएको हो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ । यो खेल उज्वेकिस्तानबाट शुरु भएको मानिन्छ । नेपालमा भने यो खेललाई नौलो नै मानिएको छ ।   यस खेलको विकासका लागि नेपाल कुराँस संघ समेत गठन गरिएको छ र यस खेललाई राष्ट्रिय खेलकुद परिषदले सहयोग पु¥याउदै आएको छ । पोखरामा गर्ने तय भएको दोस्रो कुराँस प्रतियोगिता पूर्वाञ्चलमा समेत

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 858 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved