समाज

    Showing 4,401-4,410 of 6,734 items.
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व मन्त्रीद्वय खाँण र रायमाझी सहित १६ जनालाइ थुनामा राख्ने आदेश

    धरान / नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले खाँण, रायमाझी र सचिव पाण्डे सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो। त्यस्तै लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ। मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । १८ जना प्रतिवादीलाई थुनामै

    • प्रकाशित मितिः असार २, २०८०
    • 668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ

    धरान/ मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ७ बाट ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरिको टोलिले को २९ प २८७५ नम्बरको मोटरसाईकलका चालक जिल्ला मोरङ केरावारी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ४२ को चन्द्र कार्की र सोही मोटरसाईकलमा सवार जिल्ला मोरङ केरावारी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४५ को सुक्र लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीको टोलीले चेकजाँचको क्रममा ७ ग्राम ३ सय मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित उनिहरुलाइ पक्राउ गरेको हो । उनिहरुलाइ अदालतबाट लागू औषध कसूरमा पाँच दिनको म्याद

    • प्रकाशित मितिः असार १, २०८०
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिलाइ छाता ऐनमा राखेको बिरोधमा मार्च टु काठमान्डू अभियान

    धरान /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाइ छाता ऐन अन्तर्गत राखेको बिरोध जनाउदै धरानेहरु काठमाडौं जाने भएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितीको नेतृत्वमा हजारौं धराने काठमान्डु पुगेर बिरोध जनाउने भएका हुन् । समितिका संयोजक मुक्साहाङ मेन्याङ्बोको अध्यक्षतामा आज प्रतिष्ठानको अडिटोरियम हलमा भएको अन्तरक्रिया कार्यक्रममा ‘मार्च टु काठमान्डु’ अभियान सुरु गरिने बताइएको छ अभियानले सम्बन्धित मन्त्रालय देखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको छ । कार्यक्रममा नागरिक दबाव समूहका संयोजक डा। राजेन्द्र शर्माले ‘मार्च टु काठमान्

    • प्रकाशित मितिः असार १, २०८०
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी बोर्डमा जुंगाको लडाई

    धरान । धरानको खानेपानी समस्यालाई समाधान गर्न सञ्चालनमा आएको धरान खानेपानी बोर्डमा अहिले विवाद चुलिएको छ । लामोसमयदेखि वैठक नबसेको, आर्थिक पारदर्शिता नभएको विषयमा बोर्डका सदस्यहरुले अदालतमा मुद्धा चलाएपछि बोर्डका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाड र बोर्डका सदस्यबीच विवाद चुलिएको हो । साम्पाङ विरुद्ध जेठ २५ गते सदस्यहरुले मुद्धा दायर गरेका थिए । सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडिवी) को ऋण सहयोगमा सञ्चालित खानेपानी परियोजना सम्पन्न भइसकेपछि धरान खानेपानी संस्थान शाखा धरानलाई समाहित गरेर गठन गरिएको धरान खानेपानी बोर्डको वैठक नसकेको, बोर्डमा भएको गतिविधिका विषयम

    • प्रकाशित मितिः असार १, २०८०
    • 1,502 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राज्यले दिएको हक अधिकार कार्यन्वयनको लागि छलफल

    धरान । राज्यले दिएको दलित समुदायको हक अधिकार स्थानीय तहमा कार्यन्वयनका लागि धरान उपमहानगरपालिकाको वडा नम्बर १६ मा १ दिने क्षमता बिकास कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १६ को लक्षित कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट कार्यक्रम गरिएको हो । श्री बिश्वकर्मा कल्याण सेवा समितिको आयोजनामा क्षमता बिकास कार्यक्रम गरिएको छ । वडाका ४० जना दलित समुदायका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दलित समुदायको लागि राज्यले बनाएको नीति तथा कार्यक्रम, विभेद विरुद्धका कानुनहरुको बिषयमा सहजकर्ता बिनोद विश्वकर्माले सहजीकरण गरेका थिए । वडाले बनाउने दलित समुदायको बजेट बिनियोजन गर्

    • प्रकाशित मितिः असार १, २०८०
    • 841 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेष्ठ नागरिक दुर्व्यवहार सम्बन्धि छलफल

    मोरङ / ज्येष्ठ नागरिक माथी हुने दुर्ब्यबहारको बिषयमा जिल्ला प्रहरी मोरङले छलफल गरेको छ । बिहिबार विराटनगर महानगरपालिका वडा नं। ५ मा रहेको वहिरा माध्यामिक विद्यालयको हलमा प्रहरी र ज्येष्ठ नागरिकजरु बिछ छलफल भएको हो । प्रहरीको समुदाय(प्रहरी साझेदारीको अवधारणा अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, सामुदायिक सेवा केन्द्र तिनपैनीको समन्वय र सहकार्यमा छलफल भएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका अध्यक्ष मिना जोशीको अध्यक्षता तथा कोशी प्रदेश जेष्ठ नागरिकका अध्यक्ष मणी अर्यालको प्रमुख अतिथ्यतामा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवसको अवसरमा स्थानिय ५७ जना जेष्ठ नागरीकहरु

    • प्रकाशित मितिः असार १, २०८०
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिकेजी ८ रुपैयामा पनि टमाटर विक्री हुदैन

      धरान / यो बर्ष सिजनमा पनि टमाटारले मूल्य पाएन । कृषि उपज बजारका अनुसार यो बर्ष होलसेलमै प्रतिकेजी ५ देखि ८ केजीसम्म टमाटरको खरिदविक्री भएको जनाएका छन् । केही दिन अगाडिसम्म प्रतिकेजी ४० रुपैयासम्म विक्री भएको टमाटर शुक्रबारसम्म आइपुग्दा मूल्य घटेर होलसेलमै ८ रुपैया प्रतिकेजीमा कारोबार भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । व्यवस्थापक भट्टराई भन्छन्–‘टमाटारको मूल्य अहिलेसम्मकै सबैभन्दा कम हो, गत बर्ष समेत प्रतिकेजी ४० रुपैयाँसम्म खरिद विक्री भएको थियो, तर यसपटक प्रतिकेजी ८ रुपैयामा पनि विक्री भएको छैन ।’ मोरङ, सुनसरीसहित पहाडी क्षेत्र धनकुटा,

    • प्रकाशित मितिः असार १, २०८०
    • 5,084 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस्तो छ आजको मौसम

     सुनसरी / आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने

    • प्रकाशित मितिः असार १, २०८०
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको खानेपानीको वेल निर्माण गर्न प्रदेश सरकारको ४ करोड

    धरान /  धरानको खानेपानी समस्या समाधान गर्न कोशी प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेको छ । बिहिबार आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले प्रस्तुत गरेको बजेटमा धरान उपमहानगरपालिकाको खानेपानी समस्या तत्कालिन समाधान गर्न वेल निर्माणको लागि ४ करोड बजेट विनियोजन गरेको बताए । खानेपानी, सिचाई तथा उर्जा क्षेत्रको जम्मा ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन भएकोमा धरानमा वेल निर्माणको लागि प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेको हो । कोशी प्रदेश सरकारले खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउन १ अर्ब ७६ करोड ६३ लाख बजेट व्यवस्था गरेको छ ।

    • प्रकाशित मितिः असार १, २०८०
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भ्रुणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन

    सुनसरी /  भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न-नगराउन मन्त्रालयका उपसचिव एकदेव खनालले निर्देशन दिएका हुन् । मुलुकी संहिता, २०७५ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानूनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई भ्रूणको लिङ्ग पहिचान नगर्न भनिएको छ।

    • प्रकाशित मितिः असार १, २०८०
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved