विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । आज नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभयो । उहाँले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राख्नुभयो । विद्युतीय, मेडिकल जन्य फोहोर व्यवस्थापन महानगरका लागि चुनौतिपूर्ण रहेको कोइरालाको भनाई छ । विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थ
सुनसरी / मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेशका धेरै भू-भागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना छ। दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स
विराटनगर / नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अधिवेशनबाट शभु शाहको प्यानल विजय भएको छ । शाहले निकटतम प्रतिद्वन्दी विवेक दाहाललाई १६९ मतअन्तरले पराजित गदै अध्यक्षमा निर्वाचित भएका छन । निर्वाचनमा कुल ५४६ मत खसेकोमा शाहले ३५२ मत प्राप्त गर्दा दाहालले १८३ मत प्राप्त गरेका थिए । एसोसेसनको उपाध्यक्षमा विश्वनारायण (बीएन) चौधरी,सचिवमा दिपेन्द्र खड्का,कोषाध्यक्षमा संजिप खड्का निर्वचित भएका छन । यसैगरी खुला सदस्य तर्फ विजय कार्की, रश्मि अधिकारी र महिला सद्स्यमा संगीना कुमारी चौधरीले निर्वचित भएका हुन । नव निर्वचित अध्यक्ष शाहले चुनावि नतिजा जे भए पनि अबका दिनमा समग्र फार्मेसी समुदायको हित हु
सुनसरी/ सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेट-बोट बन्द भएको छ।उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेट-बोट सञ्चालनमा थिए। वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेट-बोट बन्द गरिएको कोशी एड्भेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले बताए। कोशीमा पानी बढेपछि सबै जेट-बोट कोशीबाट निकालिसक्यौं,थापाले भने,बोटले पानीको छाल नै काट्न नसक्ने अवस्था भएपछि बन्द गरिएको हो। पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि सचिव थापाले बताए। बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्
धरान/ ब्राम्हण समाज नेपाल धरानले वैद्धिक सनातन धर्ममा चलन चल्तीमा रहेको संगिनी नाच तथा बालन खैजडी भजन लोप हुन लागेको भन्दै संरक्षणका लागि दिएको तालिम शुक्रबारबाट सम्पन्न भएको छ । वैवाहिक कार्यक्रम तथा पूजाआजाका समयमा गाइने संगिनी नाच तथा बालन खैजडी भजन संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको ब्राम्हण समाज नेपाल धरान नगर समितिका अध्यक्ष उद्धव अधिकारीले बताए । शुक्रबार धरान ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको सभाहलमा सम्पनन तालिममा ३८ जना महिलाले संगिनीसम्बन्धी तालिम लिएकार थिए भने १४ जना पुरुषले बालन खैजडीसम्बन्धी तालिम लिएको अध्यक्ष अधिकारीले जानकारी दिए । ६ दिनस
विजयपुर / गरिमा डान्स सेन्टरको आयोजनामा भएको चिल्ड्रेन ट्यालेन्ट हन्टको उपाधि जेसन आचार्य र त्रिशला श्रेष्ठ जितेका छन। गत शुक्रबार धरानमा सम्पन्न चिल्ड्रेन ट्यालेन्ट हन्ट–३ को विजेता सिनियर तर्फ धरान १ स्थीत होलि गार्डेन एकेडेमीका छात्र जेसन आचार्य र जुनियर तर्फका विजेता धरान १६ स्थीत सत्य शिशु सदनकी छात्रा त्रिशाला श्रेष्ठ बनेकी छन् । सिनियर तर्फका बिजेता जेसनले नगद ५० हजार, टोपी, ट्रफी, स्यास, बुके, प्रमाणपत्र र गरिमा डान्स सेन्टर धरानमा एक वर्ष निशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् भने जुनियर तर्फका विजेता त्रिशालाले नगद ५० हजार, क्राउन, ट्रफी, स्यास, बुके, प्रमाणपत्र र गर
सुनसरी/ आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो कारोबार भएको दिन अर्थात् शुक्रबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार(आज) प्रतितोला ४ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार
विराटनगर/ नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट दुई सय जनाले स्वास्थ्य परीक्षण गरेका थिए । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुधिर श्रेष्ठ, वरिष्ठ नवजात तथा शिशुरोग विशेषज्ञ डा. राजेश यादव, फिजिसियन डा. चन्दन विश्वास, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रेनुका राठीले सुन्दरहरैचा नगरपालिका भित्रका दुई सय जनाको स्वास्थ्य जाँच गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी
धरान/ बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबार देखि सुरु भएको छ । स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबार देखि बिपि प्रतिष्ठान इन्टर ब्याच बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । बास्केटबल अन्तर्गत शनिबार भएको खेलमा महिला तर्फ डक्टर्स टिमले फस्ट इयर टिमलाइ १७-६, आयोजक ब्याच अवुदयले ब्याच २०२३ लाई २४-० अङ्कको अन्तरले पराजित गरेको छ । यसैगरि सोही दिन दुई खेल खेलेका पुरुष तर्फ डक्टर्स टिमले ब्याच २०२३ टिमलाइ ४५-४ र ब्याच २०२२ टिमलाइ ३९-८ अङ्कले पराजित गरेका छन । सनिबार साझ भएको अन्तिम खेलमा ब्याच २०१८ टिमले ब्या
सुनसरी/ आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोमौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा बाढी तथा पहिरोको जोखिम रहने हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ। राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका