समाज

    Showing 4,301-4,310 of 6,734 items.
  • कोशी प्रदेश सरकारले बिश्वासको मत लिन प्रस्ताब दर्ता

    बिराटनगर / कोशी प्रदेश सरकारमा सम्मिलित दुई वटा पार्टीले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने बारेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्। कोशी प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार असार १४ गते बस्ने प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले दर्ता गरेको सूचनाका आधारमा विश्वासको मत लिने प्रस्तावलाई कार्यसूचीमा राखिने छ। सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीलाई सत्तामा टिकिरहन प्रदेशसभाबाट विश्वासको मत लि

    • प्रकाशित मितिः असार १२, २०८०
    • 956 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिमाक्षेत्रको निरीक्षण तथा अनुगमन

    झापा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्ला अन्तरगत भद्रपुर एरियाको सिमा क्षेत्रको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । निरीक्षण तथा अनुगमन पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधका घटनाहरुमा बिशेष चनाखो भई काम कारवाही गर्न र सिमावर्ती क्षेत्रमा कडाईका साथ चेकजाँचको ब्यबस्था मिलाई हुन सक्ने चोरी निकाशी पैठारीका घटनाहरुलाई नियन्त्रण गर्न २४ सै घण्टा दत्त चित्त भई लागी पर्ने निर्देशन दिनु भयो ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • 826 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बकर इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    धरान/ मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा नेपाल सरकारले एक दिन बिदा दिने निर्णय गरेको छ । बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले आज सूचना जारी गरेको छ । यो मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व हो। हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ। बकर इदको दिन देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरुको भीड लाग्ने गर्दछ । एक अर्कामा शुभकामना दिदै नयाँ लुगा खरिद गर्ने, मीठो परिकारहरु बनाएर खुवाउने चलन रहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • 868 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मस्तिष्क जागरुकता सप्ताह सम्पन्न

    धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ हुमन एनाटोमीद्वारा, रोटर्याक्ट क्लब अफ धरान घोपा र इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेसनको सहकार्यमा आयोजित मस्तिष्क जागरूकता सप्ताह सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य विद्यार्थी र सर्वसाधारणमा मस्तिष्क स्वास्थ्य र शिक्षाको बारेमा जनचेतना मुलक कार्यक्रम गरेको थियो । डाना फाउन्डेसनको सहयोग र सहकार्यमा संचालन भएको सप्ताहब्यापी कार्यक्रमको शुरूवातमा सरस्वती बाल आश्रममा सचेतना कार्यक्रम गरिएको थियो । विद्यार्थीहरूलाई मानव मस्तिष्कको सामान्य शरीर संरचना र फिजियोलोजी बारे सिकाइएको थियो। विद्यार्थीहरुलाई आफ्नो

    • प्रकाशित मितिः असार १२, २०८०
    • 1,069 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सैनिक महाविद्यालयमा पत्रकारितासम्बन्धी कार्यशाला

    धरान/   सैनिक आवासीय महाविद्यालयमा एकदिने आधारभूत पत्रकारिता कार्यशाला सोमबार सम्पन्न भएको छ । महाविद्यालयको नेपाली विभागले संयोजन गरेको सो कार्यशालामा सैनिक महाविद्यालयमा कक्षा १० अध्ययनरत् डेढ सयभन्दा बढी विद्यार्थी सहभागी थिए । कार्यशालामा विद्यार्थीहरूलाई कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समावेश भएका समाचार लेखन, घटना टिपोट र रिपोर्टिङ, सम्पादकीय, सम्पादकलाई चिट्ठी तथा प्रतिवेदन लेखनजस्ता विषयमा आधारभूत जानकारी दिइएको थियो । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् कोशीपत्रका सम्पादक राजेश विद्रोहीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए । उनले त्यस क्रममा विद्यार्थीह

    • प्रकाशित मितिः असार १२, २०८०
    • 1,621 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उजाड डाँडामा फलफूलको खेती सुरु गदै

    धरान / सुविधा र अवसरको खोजीमा बसाई सर्दा पहाडी क्षेत्र रित्तिने क्रम बढ्दो छ तर कसैले अवसर नदेखेको धनकुटाको कुरुलेमा कसैको लागि भने ठूलो अवसर बनेको छ । बसाई सराईले बाक्लो बस्ती रहेको धनकुटाको कुरुले एकाएक रित्तिन थालेपछि गाउँ नै झाडीमा परिणत भयो । उराठ बनेको सोही ठाउँमा अहिले केही व्यक्ति भने सम्भावनाको खोजीमा छन् । एक समय बाक्लो बस्ती भएको साविकको धनकुटाको कुरुले गाविस पछिल्लो समय बसाई सराइले रित्तिदै गयो । बसाई सराईले गर्दा भर अवसरमा सहयोग गर्ने मान्छे खोज्न पनि धेरै टाढा पुग्नुपथ्र्यो । गाउँ नै रित्तिए पछि गाउमा कोही नबसेपछि धेरै बस्ती झाडीमा परिणत हुन पुग्यो । अत्याधिक चहलपहल कुरुले बसाई

    • प्रकाशित मितिः असार १२, २०८०
    • 795 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिस्टुनद्वारा कक्षा १२ को उत्तरपुस्तिका परिक्षण स्थगित

    काठमाडौं /  अठार बुँदे माग सहित आन्दोलनमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका परिक्षण स्थगित गरेको छ । हिस्टुनले मंगलबार (आज) देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको बताए । सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि ९ कक्षा ११ र १२० तहमा अध्यापनरत शिक्षकहरुको समस्या समा

    • प्रकाशित मितिः असार १२, २०८०
    • 753 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न

    बिराटनगर / कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाका बिभिन्न स्थानहरुमा बिशेष कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय स्तरबाट १६ स्थानमा, इलाका प्रहरी कार्यलय स्तरबाट ५६ स्थानमा र प्रहरी चौकी स्तरबाट १ सय २६ स्थान समेत गरी १ सय ९८ स्थानमा स्थानिय निकाय तथा बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरी लागुऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो । सुनसरीको धरान पानवारी स्थित आसरा सुधार केन्द्र पानवारीले “ लागू औषध दुरुपयोग बिरुद्धको ऐक्यबद्धताः व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धत

    • प्रकाशित मितिः असार १२, २०८०
    • 806 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुरक्षालाई मध्यनजर गर्दै पाख्रीबासमा चौकी निर्माण

    धनकुटा / सुरक्षालाई मध्यनजर गरी धनकुटाको पाख्रीवास नगरपालिकामा नयाँ स्वास्थ्य चौकीको निर्माण गरिएका छ । पाख्रीबास नगरपालिका वडा नं ८ मा बनेको नयाँ स्वास्थ्यचौकी भवन संघिय सरकारको ५७ लाख लागतका ४ कोठे एक तले स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । २०७९ चैत महिनाबाट निर्माण शूरु गरिएको भवनको अहिलेसम्म करिब ८० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ । पुरानो स्वास्थ्यचौकी भवन जीर्ण र साँघुरो भएपछि नयाँ भवन निर्माण गरिएको हो । वडाध्यक्ष गणेश राईका अनुसार भवन निर्माणका लागि स्थानीय देबेन्द्र राईले निःशूल्क २ रोपनी जग्गा उपलब्ध गराएका थिए । निर्माणाधीन भवनको अब झ्याल ढोका लगाउने, रंगरोगन गर्ने,टायल विछ

    • प्रकाशित मितिः असार १२, २०८०
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्यवसायीलाई एकदिने करदाता शिक्षा

    धरान /नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले सोमबार एक दिने व्यवसायी करदाता शिक्षा प्रदान गरेको छ। वर्तमान कर व्यवस्था एवं आर्थिक बिधेयक २०८० मा भएका प्रमुख प्रावधान साथै भ्याट सम्बन्धि शिक्षाको तालिम दिएको हो । नयाँ व्यवसाय गर्ने र पुराना व्यवसायीहरुलाई कसरी करको दायरामा रहन सकिन्छ, करका किसिम र व्यवसायमा दैनिकी हुने कारोबारलाई कम्प्युटरमा मात्रै नभएर दैनिकि कारोबार समेत लेख्ने, एउटै पान नम्बर भएको व्यवसाय बाट अन्य ठाउँमा समेत शाखा तथा अन्य व्यवसाय गर्ने सकिने, एउटै पान नम्बर विल बाट शाखा खुलाएर विल बनाउन सकिने विषयमा समेत प्रशिक्षण गराएको थियो । राजस्व कार्यलयले पछिल्लो समय कुनै

    • प्रकाशित मितिः असार १२, २०८०
    • 771 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved