समाज

    Showing 3,981-3,990 of 6,835 items.
  • मानव सेवा आश्रमका असहायलाई भोजन

    मोरङ/  विराटनगर वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने सहितका परिवारले बुवा–आमाको पुण्यथितिमा मानव सेवा आश्रमका असहायहरुलाई भोजन गराएका छन् । परम्परागत संस्कार र संस्कृतिमा परिवर्तन गर्दै आश्रमका असहायहरुलाई एकछाक भोजन गराउनुका साथै टोपी समेत वितरण गरिएको थियो । अध्यक्ष नेउपाने सहित त्रिलोक नेउपाने र नगेन्द्रमणि न्यौपाने सहितका नेउपाने परिवारले विराटनगर–१० स्थित आश्रममै पुगेर असहायहरुलाई भोजन गराएका हुन् । सोह्रश्राद्धमा गरिने पितृ कार्यमा हुने खर्चलाई आश्रमका लागि प्रयोग गरिएको वडाध्यक्ष नेउपानेले बताए । उनले परिवर्तन आफैंबाट हुनुपर्छ भन्ने मान्यता राखेर यस वर

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 624 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको समग्र विकासमा राष्ट्रिय योजना आयोगको चासो

    धरान/ धरानको समग्र विकास निर्माणका काममा राष्ट्रिय योजना आयोगले चासो देखाएको छ । विशेष गरी आयोगले धरान उपमहानगरपालिकाभित्रका गौरवका योजना बसपार्क, खानेपानी, सभागृह निर्माण लगायतका विषयमा भएका कामका प्रगतिका विषयमा चासो देखाएको हो । धरानभित्रका गौरव आयोजना तथा अनिवार्य गर्नुपर्ने नगरको योजना धरानको बसपार्क र दीर्घकालीन खानेपानी समस्या समाधान हो । धरानको भानुचौकामा रहेको बसपार्क साँघुरो बसपार्कलाई व्यवस्थित गर्दै धरान ८ तीनकुने सुन्दरबस्तीमा स्मार्ट बसपार्क निर्माण समेत भएको छ । निर्माण कम्पनी गीताञ्जली जेभीलाई २३ करोड १५ लाखमा ठेक्का सम्झौता भएको दुई बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जग्गाको हिस्सा दिन निस्सा बाँढ्दै माङसेबुङ

    इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले त्यहका जनतालाई जग्गाको हिस्सा (धनीपुर्जा) दिन निस्सा वितरणको काम थालेको छ । गाउँपालिकाका तीन हजार ५० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको निस्सा वितरण थालेको हो । राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलो पटक माङसेबुङ गाउपालिकाले निस्सा वितरण थालेको हो । पालिकाले निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण सुरु गरेको जनाएको छ । माङसेबुङले ६ नं. वडाका ३ सय ८७ जनालाई निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण गरेको हो । जसमध्ये ९ जना भूमिहीन सुकुम्बासी र ३ सय ७८ जना अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको गाउँपालिक

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको कार्यपालिका बैठक स्थगित मेयरको अडान पछि बढ्यो विवाद

    धरान/ गत सोमबार स्थगित भएको धरान उपमहानगरपालिकाको बुधबार बसेको बैठकमा मेयर हर्कराज राई प्रस्तुती निरकुंश शैलीमा प्रस्तुत भए पछि बैठक स्थगित भएको छ । बैठक सुचारु भइरहदा निष्कासन गरिएको कर्मचारी विषयको एजेण्डामा मेयर राईले निरंकुश शैलीमा निर्णय खारेज नहुने अडान लिए पछि कार्यपालिका बैठक स्थगित भएको हो । उनले आफ्नो निर्णय कुनै हालतमा खारेज नगर्ने अडान लिए पछि विवाद बढेको थियो । उनले केही महिना अघि नगरपालिकामा कार्यरत ५ जना कर्मचारी र धरान स्थित घण्टाघरमा कार्यरत दुई कर्मचारीलाई निष्काशन गरेका थिए । बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उमेर हदबन्दीका कारण निष्काशनमा परेका ७ जना कर्म

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 775 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीले नगरबाटै दिन थाल्यो श्रम स्वीकृति

    इटहरी/ वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान गर्न थालेको छ । मंगलबारदेखि उपमहानगरबाटै श्रम स्वीकृति दिन थालिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार इटहरीले पहिलोपटक स्थानीय रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरूवात गरेका हुन् । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौं गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको मेयर पौडेलको भनाइ छ । उनले भने, ‘श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारबाटै सेवा सु

    • प्रकाशित मितिः असोज १७, २०८०
    • 864 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अत्यधिक कर बढाइएको भन्दै इटहरी वडा कार्यालयमा तालाबन्दी

    इटहरी/ अत्याधिक कर वृद्वि भएको भन्द इटहरी उपमहानगरपालिका वडा नं. २ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । इटहरी वडा नं. २ को कार्यालयमा स्थानीयबासीहरूले मंगलबार तालाबन्दी गरेका हुन् । दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेका थिए । मंगलबार पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय गोपाल खड्काले बताए । मालपोत कार्यलय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको भन्दै आँफूहरू आन्दोलित बनेको स्थानीय बाबुराम दङ्गालको भनाइ छ । स्थानीयले उठाएको माग सुनुवाइ न

    • प्रकाशित मितिः असोज १७, २०८०
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि उपजमा प्रतिष्पर्धी क्षमता विकाश गर्न माग

    मोरङ/ कृषि क्षेत्रको पनि व्यापार सन्तुलनमा महत्वपूर्ण भूमिका रहने हुदा कृषिजन्य वस्तु उत्पादन र उत्पादन मुल्य श्रृखला बढाउने कार्य गर्दै कृषि उपजमा प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा कोशी प्रदेशका व्यवसायीहरुले जोड दिएका छन् । उनीहरुले जब सम्म व्यापार योग्य वस्तु तथा सेवा उपलब्ध हुँदैनन् तबसम्म व्यापार सहजीकरण प्रयासले खासै अर्थ नराख्ने बताएका छन् । कोशी प्रदेशको कृषि व्यापार प्रवद्र्धन रणनीति सम्बन्धि छलफल कार्यक्रममा व्यवसायीहरुले कृषि उत्पादनलाई तुलनात्मक लाभ प्राप्त गर्नसक्ने हैसियत प्रदान गर्न वस्तुमा केन्द्रीत रहि निर्यात बृद्धिमा जोड दिनुपर्ने माग गरेका छन् । कृषिमा लगानी बढ

    • प्रकाशित मितिः असोज १७, २०८०
    • 685 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सबैको मिलन केन्द्र बन्दै दोभान पार्क

    धरान/ सहरको बीच भागमा दुर्घन्धित स्थान । धरान उपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभान चौक जसलाई माछा भौडी भन्ने गरिएको छ । व्यस्त बजारको बीच भागमा रहेको यो स्थानमा विगतमा बाटो हिड्नेहरु दुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन् थिए तर त्यहाँ रमाइलो पार्क बनेपछि यो पार्कमा एक पटक नछिरी वा नबसी को कसैको मन नै नमान्ने स्थान बनेको छ । विगतमा फोहोर पानी बग्ने भौडीमा अहिले रमणीय पार्क बनेको छ । पार्कमा वरिपरि बगैचा, बस्ने फलैचासँगै कार्यक्रम गर्नेहरुका लागि मञ्चको व्यवस्था, त्यो सँगै बालबालिकाका लागि खेल्ने चिल्ड्रेन पार्क निर्माण भएको छ । दुर्गन्धित क्षेत्रमा पार्क निर्माण भएप

    • प्रकाशित मितिः असोज १५, २०८०
    • 861 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जलाधार क्षेत्रको संरक्षण भएन

    धरान/  धरान भौगोलिक हिसाबले अन्य स्थान भन्दा पृथक छ । धरान क्षेत्रभित्रै धेरै जलाधारहरु छन् । सर्दु, खर्दु, तामाखाम लगायतका जलाधारहरु छन् । जलाधार भएकै ठाउँमा खानेपानीको अभाव समेत छ । खानेपानी समस्या हुनुको प्रमुख कारण रहेको छ जलाधार क्षेत्रको संरक्षणमा सम्बन्धित पक्ष गम्भीर नहुनु । धरान उपमहानगरपालिकाको शिर धरान १४ विजयपुरलाई लिईन्छ । धरानमा सुख्खा मौसममा खानेपानी अभाव भइरहँदा धरान ३ र १४ मा रहेको दुई धारे र तीनधारेले धरानेहरुको तीर्खा मेट्ने गरेको छ । यी दुई धारामा पानी यही उम्रिएका हुन् । दुई धारे र तीनधारेमा विगतमा पानीको स्रोत जति थियो अहिले संरक्षणको अभावमा विस्तारै सुक्दै

    • प्रकाशित मितिः असोज १५, २०८०
    • 815 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, निगमले पुरानै मूल्य निर्धारण गर्ने

    सुनसरी/ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको चौतर्फि विरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आइतबार बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो । त्यस्तै

    • प्रकाशित मितिः असोज १४, २०८०
    • 1,031 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved