सबैको मिलन केन्द्र बन्दै दोभान पार्क

  • असोज १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सहरको बीच भागमा दुर्घन्धित स्थान । धरान उपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभान चौक जसलाई माछा भौडी भन्ने गरिएको छ ।

व्यस्त बजारको बीच भागमा रहेको यो स्थानमा विगतमा बाटो हिड्नेहरु दुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन् थिए तर त्यहाँ रमाइलो पार्क बनेपछि यो पार्कमा एक पटक नछिरी वा नबसी को कसैको मन नै नमान्ने स्थान बनेको छ ।

विगतमा फोहोर पानी बग्ने भौडीमा अहिले रमणीय पार्क बनेको छ ।

पार्कमा वरिपरि बगैचा, बस्ने फलैचासँगै कार्यक्रम गर्नेहरुका लागि मञ्चको व्यवस्था, त्यो सँगै बालबालिकाका लागि खेल्ने चिल्ड्रेन पार्क निर्माण भएको छ ।

दुर्गन्धित क्षेत्रमा पार्क निर्माण भएपछि अहिले बृद्धबृद्धाहरुको भलाकुसारी गर्ने थलो र बालबालिकाहरुको लागि खेल्ने स्थान भएको छ । त्यस स्थानमा धरान उपमहानगरपालिकाले गौरवको आयोजना अन्तर्गत पार्क निर्माण भएको हो ।

विगतमा सानो खोल्सो बर्षाद्का कारण ठूलो भौडी भयो, बढ्दै जादा खोल्साको रुप धारण गर्‍यो, यसलाई सबैले डम्पिङ साइडको रुपमा प्रयोग गर्न थाले ।

तर अहिले त्यो स्थान पार्कमा परिणत भएपछि उमेर ढल्केकाका लागि मन भुलाउने स्थान र बालबालिकाका लागि मन भुलाउने ठाउँ भएको स्थानीय मीनबहादुर लिम्बु बताउँछन् ।

उपमहानगरपालिकाले माछा भौडीलाई पार्कका रुपमा विकास गरेर अगाडि लाने योजना अगाडि सारेपछि यो पार्क निर्माण भएको हो । धरान उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख स्वर्गीय तारा सुब्बाले आफू निर्वाचित भए पछि नगर गौरव योजना अन्तर्गत माछा भौडीलाई पार्कका रुपमा विकास गरेर अगाडि लाने योजना अगाडि सारेका थिए ।

पार्कमा बाल उद्यान, बृद्ध मिलन केन्द्र, विभिन्न साहित्यिक, सांस्कृतिक कार्यक्रम गर्ने थलोको रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

विगतमा नाक थुनेर हिड्ने स्थान जुन बाटो हिड्न समेत सकिदैनथ्यो । अहिले एक दुई किलोमिटर हिडेर धरानका विभिन्न स्थानबाट बृद्धबृद्धाहरु यो पार्कमा आएर आफ्ना सहकर्मीहरुसँग भलाकुसारी गर्ने गरेको धरान १५ का राजेन्द्र खड्का बताउँछन् ।

यो पार्क करिब २ करोडको लागतमा गत बर्ष निर्माण सम्पन्न भएको हो । पार्कमा बालबालिकादेखि बृद्धसम्मलाई समय विताउने स्थल भएको छ ।

यो पार्कले वडा नं. २ र ३ लाई जोड्ने काममात्र गरेको छैन अहिले पर्यटक भित्र्याउने माध्यमसमेत बनेको धरान उपमहानगरपालिका ३ नं. वडा समितिका अध्यक्ष विद्या शाक्यले बताए ।

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved