समाज

    Showing 3,171-3,180 of 6,830 items.
  • महानगर र उपमहानगरमा तलब र खाजा भत्ताको करोडौँ रकम बेरुजु

    विराटनगर/ कोशी प्रदेशमा रहेका महानगर र उप महानगर नियम विपरीत कर्मचारी भर्ना गरेकोमा प्रश्न उठाएको छ । महालेखाले डोर हाजिरी, करारमा र दरबन्दी विना नियुक्त भएका कर्मचारीलाई दिएको तलब भत्तालाई बेरुजुमा राख्दै अनियमितता भनेको छ । कोशी प्रदेशमा विराटनगर महानगर, इटहरी र धरान उप महानगरपालिका रहेका छन् । तीन वटै पालिकामा डोर हाजिरीमा, करारमा र दरबन्दी विना नै कर्मचारी राखेको भन्दै प्रश्न उठाएको छ । २०८१ को महालेखा प्रतिवेदन अनुसार विराटनगर महानगरमा ३०९ जना करारमा कर्मचारी राखिएको छ । उनीहरूलाई १३ करोड ३३ लाख २५ हजार १९९ रुपैयाँ तलब बापत भुक्तानी गरिएको छ । सो रकमलाई अनियमितता भन्दै महालेखाले म

    • प्रकाशित मितिः असार १३, २०८१
    • 798 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे पब्लिक मावि अब्बल विद्यालय सावित

    धरान/  महंगो शुल्क लिएर अध्यापन गराउदै आएका नीजि विद्यालयको विकल्पमा धरान १२ मा रहेको सामुदायिक विद्यालय बन्दै गएको छ । यवहारिक शिक्षासँगै शिक्षाको गुणस्तर सुधारमा तल्लिन यो विद्यालय अहिले धरानकै अब्बल विद्यालयको रुपमा दर्ज हुन पुगेको छ । आजभन्दा ७८ बर्ष अगाडि अर्थात २००३ सालमा स्थापना भएको पब्लिक हाइस्कुल धरानले थप शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सञ्चाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विगतमा समेत बौद्धिक तथा प्रवुद्ध व्यक्तित्वहरुसँग छलफल र परामर्श चलाउदै आएको धरानकै पुरानो सामुदायिक विद्यालयको शैक्षिक गुणस्

    • प्रकाशित मितिः असार १३, २०८१
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रष्ठिानका प्रा.डा. शर्मालाई सम्मान

    धरान/ ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मन्त्र बोकेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र मात्र हैन समुदायमै गएर विविध कारणले उपचार गराउन नपाएका सर्वसाधारणलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएका प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई केएचडिसी कार्यक्रम सञ्चालन गरेर लक्षित वर्गको स्वास्थ्य सेवामा समर्पित भएको भन्दै दोसल्ला सहित कदरपत्रले सम्मान गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शर्मासँगै उनको टिमलाई धरान उपमहानगरपालिका वडा नं. ८ वडासमितिले सम्मान गरेको हो । विशेष गरी मेडिसिन विभागमा रहेर उच्च रक्तचाप, मधुमेह, मृगौलाको उपचारमा संलग्न रहँ

    • प्रकाशित मितिः असार १३, २०८१
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गर्भवती जिम्मा लाउन खोजेपछि आत्माहत्या

    झापा/ मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जिम्मा लगाउन खोजिएपछि झापामा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका–८ को वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोजेपछि भद्रपुर–८ स्थित भद्रशिव मन्दिर नजिकैका ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुण्डिएर आत्महत्या गरेको आफन्तले आरोप लगाएका छन् । मेलमिलाप समितिका पदाधिकारीहरूले सोझा र निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा सहन नसकेर बुबाले आत्महत्या गरेको छोरा पर्वलाल राजवंशीलको आरोप छ । बुबालाई आत्

    • प्रकाशित मितिः असार १३, २०८१
    • 970 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इनरुवा ढल्केबर ४०० केभीको विद्युत प्रवाह शुरु

    काठमाडौं/  नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मङ्गलबार बेलुका ७ः३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रशारण लाइन चार्ज गरिएको हो । ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रशारण सुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर

    • प्रकाशित मितिः असार १३, २०८१
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी राजधानी जलमग्न,उडान सेवा बन्द

    विराटनगर/ कोशी प्रदेशको राजधानी अविरल बर्षाको कारण जलमग्न भएपछि डुबानमा परेको छ । विराटनगरका धेरै ठाउँ जलमग्न भएको छ। बुधबार बिहानै देखि परेको अविरल वर्षाको कारण विराटनगरका सबै क्षेत्र डुबानमा परेका हुन् । लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै बिवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १९ को सरदार टोलका १० घर विस्थापित भएको एसपी कार्कीले जानकारी दिए । विराटनगर, बुढीगंगाका धेरै क्ष

    • प्रकाशित मितिः असार १३, २०८१
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तेस्रो राष्ट्रिय स्तरीय कुराश प्रतियोगीता सुरु

    धरान/ धरानमा तेस्रो राष्ट्रियस्तरीय कुराश प्रतियोगीता आज बुधबार देखी सुरु भएको छ । कोशी प्रदेश कुराँश संघको आयोजनामा धरान १६ स्थित रंगशालाको कर्भड हलमा बिहिबार तेस्रो राष्ट्रिय कुरांश प्रतियोगिताको उद्घाटन कोशी खेलकुद बिकास बोर्ड उपाध्यक्ष विन्दीया कार्कीले गरेका छन् । उनले भने खेल नै जीवन भएका भन्दै खेलमा लागेका खेलाडीहरु अनुशासीत स्वास्थ्य हुने बताईन ।  नेपालका जुनै खेलका खेलाडीहरूले राष्ट्रिय पदक प्राप्त गरी नेपालको शान मान र ईजज्त दिलाउन सफल रहँदै आएको उनले बताईन । खेलाडीहरु राष्ट्रका सम्पत्ति हुन उनीहरुलाई लगानी गरे उन्नत राष्ट निर्माणमा सहयोग पुग्ने बताईन । प्रतियोगितामा ७

    • प्रकाशित मितिः असार १२, २०८१
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा विवादका बीच तीन साढे तीन अर्ब वढीको बजेट

    इटहरी/ विवादका बिच इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार राती अबेर बसेको नगर सभाले उक्त बजेट प्रस्तुत गरेको हो । नगर उपप्रमुख संगीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले नगर सभा बहिष्कार गरे पनि नगर सभा बसेर बजेट प्रस्तुत गरिएको हो । सोमबार दिउसो १ बजे बोलाइएको नगर सभामा बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हाजिर गरे पनि नगर सभा बैठक बहिष्कार गरेका थिए । नगरउप्रमुख सहित उनीहरूले सभा बहिष्कार गरेपछि ६ नम्बर वडाध्यक्ष दिवस पोखरेलले राती १० बजे बजेट

    • प्रकाशित मितिः असार १२, २०८१
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडमीले विद्यार्थीलाई सम्मान गर्यो

    धरान/  धरान– वडा नम्बर १२ स्थित चतरालाइनमा रहेको सुनाखरी एकेडमीले उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्ममान गरेको छ । विविध विधामा विजयी उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । धरानमा भएको बीपी मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगितामा सुनाखरीकी छात्रा निमा डोल्मा तामाङले २ स्वर्ण, १ रजत पदक र उत्कृष्ट फाइटरको उपाधिसहित नगद ८ हजार रुपैयाँ प्राप्त गरेकी थिइन् । त्यस्तै, गत ज्येष्ठ ३० र ३१ गते पोखरामा भएको १५ वर्ष मुनिका राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सुलेखा ठाकुरले १ रजत र १ कास्य पदक हासिल गरेकी थिइन् । यसैगरी सुनाखरीकै अर्का छात्र अनिष राईले फक्ताङ्लुङ मिडिया हाउस प्रा

    • प्रकाशित मितिः असार १२, २०८१
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी र मोरंगमा बाढीले पाँच जनाको मृत्यु,

    धरान/ सोमबारदेखि अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले सुनसरीको धरानका विभिन्न स्थानमा दर्जनौ घर परिवार बाढीको उच्च जोखिममा परेका छन् भने मोेरंगमा खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ । सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खालामा मङ्गलवार आएको बाढीले मोरङ सुन्दरहरैंचा ५ खोक्सीका ५ जनालाई बगाउँदा एकको मृत्यु भएको छ । खोलामा माछा मार्न जाने क्रममा एक्कासि बाढी आएपछि पाँच जनालाई बगाएको हो । बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्था

    • प्रकाशित मितिः असार १२, २०८१
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved