समाज

    Showing 2,931-2,940 of 6,828 items.
  • ‘सुजुकी पर्वोत्सव अफर’सार्वजनिक

    धरान/ नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन सक्नुहुनेछ । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ। नाडा अटो श

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय दलित पत्रकार सङ्घमा विनोद

    धरान/  राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीको जिल्ला अध्यक्षमा विनोद बिक चयन भएका छन् । सङ्घको दोस्रो अधिवेशनले अध्यक्षमा विश्वकमाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष प्रतीक्षा बिसंखे, सचिवमा भूमिका रसाईली, सहसचिवमा अशोक बिक र कोषाध्यक्ष विवश लामगादे चयन भएका छन् । सदस्यहरू नवीन सेन्चुरी, विनोद रसाईली, राजु दर्नाल र मनीषा लोहार छन् । राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय सदस्य तारा लामगादे प्रमुख अतिथि रहेको अधिवेशन सभापतित्व कार्यवाहक अध्यक्ष नवीन रम्तेलले गरेका थिए । सङ्घका कोशी प्रदेश अध्यक्ष नैन रुचाल, प्रेस सेन्टरका महासचिव राजन के

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 801 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जीवन विकास लघुवित्त तोडफोड र आगजनी

    सिरहा/ सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ । दिउँसो १२ बजेर ३० मिनमा सोही लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरु १ सय ५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए । उनीहरुलाई सघाउन १०÷१५ जना पुरुषहरु पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरु एक्कासी कार्यालयमा पसेर फाइल, कागजपत्रहरु माथिल्लो तलाबाट भूइतर्फ हुर्याउन थालेको एक प्रत्यक्षदर्शीले बताए । नाम उल्लेख नगर्ने शर्तमा संस्थाका एक कर्मचारीले भने,‘तल बसेकाहरुले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएर मात्र छाडेनन् । कम्प्यूटरको

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 422 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थापना दिवसको अवसरमा महिला उद्यमी मेला

    धरान/ सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा धरानमा महिला उधमीहरुको महिला उद्यमी प्रदर्शनी मेला हुने भएको छ ।महिलाहरुको उद्यमशीलतालाई प्रोत्साहन गर्नको लागि मेला यही भदौ १३ गतेदेखि धरानमा हुने भएको हो । उक्त मेला १३ गतेदेखि १५ गते सम्म हुने भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मेलामा स्थानिय उत्पादनलाई प्राथमिकता दिने आयोजकले बताएको छ । ४५ वटा स्टल सहित प्रदर्शनी मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सन्दर्य सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा राखिने संघका सचिब महेन्द्र प्रधानको भनाई छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा छुरा प्रहारबाट छोरीको मृत्यु,आमा गम्भिर घाईते

    धरान / धरानमा छुरा प्रहारबाट एक किशोरीको मृत्यु भएको छ भने उनीकी आमा गम्भिर घाईते भएकी छन् । धरान ३ का जनप्रतिनिधि मिङ्मा भोटेका अनुसार परीवारका नातेदारले छुरा प्रहार गरेपछि  आमा सृजना शाई(राई) र छोरी युजिना शाही गम्भिर घाईते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर उपचारको क्रममा छोरी युनिसाकाे मृत्यु भएको र आमा सृजनाको उपचार भईरहेको धरान ३ का जनप्रतिनिधि मिङमा भोटेले जानकारी दिए । छुरा प्रहार गर्ने नातामा ज्वाई पर्ने ब्यक्तिलाई धरान प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 2,413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • समय सन्दर्भ , कृष्णजन्माष्टमी : धर्ममा युवा पुस्ता आकर्षित

    धरान/ पछिल्लो समय युवा पुस्ता समेत धार्मिक आस्थाप्रति आकर्षित बन्न थालेको पाइएको छ । कृष्ण अष्टमीका दिन बृद्धबृद्धामात्र हैन युवा पुस्ताको कृष्णप्रतिको भक्तिलाई समर्पित भएर भजन किर्तनसहित पूजाआजामा संलग्न भएको पाइएसँगै धार्मिक आस्थामा युवा पुस्ता आकर्षित भएको पाइएको हो । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी,श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । यस पर्वको दिन धरान ३ मा रहेको कृष्ण मन्दिर तथा धरान १६ मा रहेको इस्कोन (कृष्ण)

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 703 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हामी धराने,काठमाण्डौको तीज कार्यक्रम

    काठमाण्डौ। हामी धराने, काठमाण्डौआयोजनामा  काठमाडौमा शनिबार  हरितालिका तीज २०८१ शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ। सुनसरीको धरान घर भई अहिले काठमाडौ उपत्यकामा बस्दै आएकाहरुको लागि हामी धराने काठमाडौँले अघिल्लो बर्ष झैँ यो बर्ष पनि भदौ ८ गते शनिबार  विशेष कार्यक्रम गरी तीज पर्व मनाएका छन् । काठमाडौंको भिमसेनगोलामा रहेको आनन्द इभेन्ट्स एण्ड मिटिङमा आयोजित शुभकामना आदानप्रदान तथा तीज कार्यक्रममा उल्लेखनीय रुपमा मानिसको उपस्थिति रहेको आयोजक ईशा अधिकारीले बताइन् । ‘धरान घर भएर काठमाडौं र आसपासमा बस्दै आएका मानिससँग भेटघाट गर्ने र आपसी अन्तरक्रिया गर्ने

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१७बाट चोरी भएको मोटरसाईकलसहित ६ जना पक्राउ

     धरान/ इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको दुई वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको छ । भाद्र ३ गते धरान उप–महानगरपालिका–१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४४ प ५९४२ नं.को केटीएम डुके र बा १४ च ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका–१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका–२ का २४ बर्षीय लालु भन्‍ने मो.रहमान रहेको सुनसरीका

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 889 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संघीय लिम्वुवान महिला मञ्चमा पवित्रा

    धरान/ संघीय लिम्बुवान महिला मंच सुनसरीको अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनले ,पबित्रा लिम्बु हुक्पाचोङ्बाङ्ग(साम्सेमी) नेतृत्वमा नयाँ कमिटी गठन भएको छ । उपाध्यक्षहरुमा राम कुमारी लिम्बु (हाङ्सामा), प्रमिला येङ्देन(साम्यो),निर्मला सोहाङ्ग (सुकुदिन),मन माया लिम्बु (सेमाङ्ग),,सुरेखा लिम्बु (निमा),सचिवहरु सरिता लिम्बु (साम्याङ्ग),राधा लिम्बु (सुम्मुन्धुम),सह सचिव ,सुश्मा लिम्बू (सान्चा) र कोषाध्यक्षमा पबित्रा कन्दवा (फुन्मा)लाई चयन गरिएको छ । सदस्यहरु २४ जना रहेका छन् ।उक्तं अधिबे

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा समितिमा तीज : स्थानीय सरकारको अघि नाँचे छमछमी

    धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाँचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । साझा पर्व बन्दै गएकै कारण स्थानीय सरकारले समेत महिलालाई लक्षित गरी वडामा रहेका महिलालाई भेला गराई तीज पर्व मनाउन थालेको छ । नेपालका सांस्कृतिक पर्व वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । अहिले तीज आउन बाँकी छँदै विभिन्न सामाजिक संघ संस्था, म

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 304 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved