वडा समितिमा तीज : स्थानीय सरकारको अघि नाँचे छमछमी

  • भदौ १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाँचगान गरेर धुमधामसँग तीज मनाउँछन् ।

पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । साझा पर्व बन्दै गएकै कारण स्थानीय सरकारले समेत महिलालाई लक्षित गरी वडामा रहेका महिलालाई भेला गराई तीज पर्व मनाउन थालेको छ ।

नेपालका सांस्कृतिक पर्व वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ ।

अहिले तीज आउन बाँकी छँदै विभिन्न सामाजिक संघ संस्था, महिलावादी संघ संस्थाले तीज मनाउने परम्पराको विकास भएको छ ।

साझा पर्वसँगै महिलाले विशेष रुपमा मनाउने चाँड भएकोले धरान उपमहानगरपालिका ८ नं वडा समितिले वडामा रहेका महिलाहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । धरान ८ वडा समितिको हलमा आयोजित कार्यक्रममा महिलाहरुले तीजको गीतमा छमछमी नाँचेका थिए ।

सो अवसरमा बोल्दै धरानकी समाजसेवी साहित्यकार वेणु काफ्लले अहिले यो पर्व साझा पर्व बन्दै महिलाकोमात्र नभएर पुरुषको समेत पर्व बन्दै गएको बताइन् ।

यो पर्व चेली र माइतीबीचको सम्बन्ध मजबुत बनाउने पर्व बन्दै गएको बताइन् ।

नेपालीहरुले हरेक जातजातिले मनाउदै आएको चाडपर्व सबैको साझा पर्वको रुपमा विकास हुदैगएकोप्रति कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले सकारात्कक पक्ष भएको बताइन् ।

उनलेसाँस्कृतिक पर्व साझा बन्दै जाँदा साँस्कृतिक रुपमा नेपाल झन झन दह«ो बन्दै गएको तर्क राखिन् ।

तीजलाई मर्यादित र तीन पर्वले महिलाहरुबीच एकता कायम गर्दै विकृति विसंगतिलाई चिर्न धरान ८ का विभिन्न वडाका बडाबासी महिलाहरुलाई भेला गराएर सामुहिक रुपमा तीज पर्व मनाइएको वडा सदस्य एवम् धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सावित्री परियारले बताइन् ।

सामुहिक रुपमा वडाबासी एकै ठाउँमा पर्व मनाउदा बलियो सम्बन्ध स्थापित हुने उनको धारणा थियो ।

तीजमा विकृति, विसंगति भित्रिदै गएको समाचारहरु धमाधम बाहिर आइरहेको बेला स्थानीय सरकारले नै टोलबासी महिलालाई बोलाएर तीज पर्वभित्र भएको विकृति र विसंगति हटाउँदै सम्बन्ध स्थापित गर्ने उद्देश्यले ८ नंं वडा समितिले गरेकोे तीज पर्वले सकारात्मक सन्देश प्रवाह हुने विश्वास समेत लिइएको छ ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved