समाज

    Showing 2,921-2,930 of 6,828 items.
  • वराहक्षेत्रमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण

     वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकलाई केन्द्रित गरेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य र नेपाल सरकारले राष्ट्रिय परिचय पत्र नम्बरलाई अनिवार्य गर्न थालेपछि नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकसंगै नगरवासिहरुलाई राष्ट्रिय परिचय पत्र बिवरण अनलाइन भर्ने र नम्बर बितरण गर्ने सिबिर सञ्चालन गरेको हो । नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभाग र जिल्ला प्रशासन कार्यालय सुनसरीसंग समन्वय गरेर गएको असार १६ गतेदेखि शिबिर सञ्चालन ल्याए

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपचारको पर्खाइमा ओछ्यानमा थलिएका डल्लु सार्की

    झापा/ उपचारको पर्खाइमा विछ्यौनामा पल्टिरहेका छन्, झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ निवासी डल्लु सार्की । ट्र्याक्टरमा काम गर्ने गरेका उनको करिब डेढ दशकअघि धानमा थ्रेसर लगाउने क्रममा दाहिने खुट्टा गुमेको थियो  । त्यसपछि एकै खुट्टाको सहाराले कष्टकर जीवन बिताइरहेको उनलाई अहिले अर्को बज्रपात परेको छ । उनको अहिले दुवै मिर्गौला फेल भएका छन्  । जसका लागि नियमित डायलसिस गर्नुपर्ने बाध्यता छ । उनलाई झापाको मेची अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । तर उनको आर्थिक अवस्था नाजुक भएपछि उनलाई घरमै लगिएको छ । उनी र उनका परिवारले आर्थिक सहयोगको लागि आह्वान गरेका छन् ।

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 383 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राणाकालीन भद्रपुरको नाका,व्यापार शून्य

    झापा/ विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर विसं २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो । मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल् नसकेको जनाइएको छ । नेपालले भन्सारको स्तरो

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम गोल्डकपको तयारी सुरु

    इलाम/  पूर्वी पहाडी जिल्लाकै उच्च धनराशिको इलाम गोल्डकपको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता मङ्सिर २२ गते देखी २९ गतेसम्म हुने भएको हो । आयोजक रेड हर्ष इलामले प्रतियोगिताबारे सदरमुकाममा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रतियोगिता इलामको ठुलो टुँडिखेलमा सञ्चालन हुने छ । प्रतियोगितामा जम्मा आठ वटा टिमको सहभागिता रहने छ । प्रथम हुने टिमलाई नगद दश लाख सहित मेडल र प्रमाण पत्र वितरण गरिने फुटबल क्लबका सदस्य तथा टिम व्यवस्थापक निरोज खड्गीले जानकारी दिए । उनका अनुसार दोस्रो हुने टिमले नगद पाँच लाख सहित मेडल र प्रमाण पाउने जनाइएको छ । पहिलो संस्करण भन्दा दोस्

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमसञ्चार र समावेशी पत्रकारिता पुस्तकको विमर्श

    इटहरी/ बुधबार इहटरीमा पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’को विमर्श कार्यक्रम गरिएको छ । बागियान साहित्यिक पत्रिकाले पुस्तकको विमर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वक्ताहरूले टिप्पणी गरेका थिए ।वक्ता तथा उपप्राध्यापक राजेश विद्रोहीले पुस्तकमा पत्रकारितामा समावेशीको दृष्टिबाट कस्तो देखिन्छ भन्ने थाहा पाउन सकिने बताए । ‘तथ्यांक संकलन र व्याख्या विश्लेष्णमा मिहिनेत गरिएको छ । समता र समानतामा के फरक पर्छ भन्नेबारे यो पुस्तकले बहसको उठान गरेको छ,’ उनले भने, ‘पत्रकारले पुरस्कार पाउँदा पनि राज्यबाटै विभेद हुने

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 470 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साहसिक १३ प्रहरी पुरस्कृत

    सोलुखुम्बु/ सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई वुधबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 569 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकीयस्थल मझुवागढी कुरुप

    खोटाङ/ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बा

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २४ घण्टा बित्न नपाउँदै फेरी खुकुरी प्रहार, घट्ना के हो हेर्नुहोस् ?

    धरान/ धरानमा छुरा प्रहार भएको २४ घण्टा वित्न नपाउँदै सुनसरीको इटहरीमा चार जना युवाहरुले एक युवकलाई लखेटी लखेटी खुकुरी प्रहार गरेका छन् । बुधबार दिउँसो करिब ४ः४० बजेतिर एक युवकमाथि खुकुरी प्रहार भएको हो ।इटहरीको संगीत चौकबाट चारजना युवकले लखेटी–लखेटी कुवेर चौकमा पुगेर खुकुरी प्रहार भएको हो । इटहरी ६ मा पर्ने उक्त ठाउँमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी रहेका छन् । इटहरी १६ निवासी उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । उनको हात र टाउकोमा चोट लागेपछि उपचार सुरू गरिएको प्रहरीले जनाएको छ ।घटनामा संलग्नहरू फरार रहेकाले ख

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 6,679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोदोको उत्पादनका माग बढ्यो

    इलाम/  दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो। सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, ‘अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो। आजकाल त कोदो रोप्न छाडियो।’ कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन्। ‘कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ।’माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भने, ‘पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो। अहिले खेतबारीमा कतै चिया,

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वीकार गर्न चाहँदैनन्

    हामी सबैलाइ थाहा भएकै कुरा हो कि सबै मानिस एउटै विशेषता भएका हुदैनन्। कोहि गोरो , कोहि कालो, कोहि होचो,कोहि अग्लो ,कोहि दक्ष कोहि अदक्ष,अर्ध दक्ष , कोहि हसिलो कोहि गम्भीर आदि इत्यादी। तर यी बिशेषताहरु मान्छेको जातसँग पक्कै जोडिएका हुदैनन्। यो त प्रकृति, वातावरण र जीवनशैलीको उपज हो। हो आज यो मेरो लेख जातसँग नै केन्द्रित छ। म परियार ,पूरा नाम हरि परियार। परियार थर दमाई वर्गमा पर्छ।दमाईलाई नेपाल सरकारले दलित वर्गमा अभिलेखिकरण गरेको छ ÷ गराइएको छ।म दमाई हुँ भन्ने कुरामा कुनै पनि सरम छैन\ हुने छैन र कुनै किसिमको दम्भ पनि छैन। तर जब मानिसहरुले धर्म, संस्कृतिको नामबाट बनाइएको कथित तल्लो जा

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 1,271 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved