कोदोको उत्पादनका माग बढ्यो

  • भदौ १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

इलाम/  दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो। सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, ‘अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो। आजकाल त कोदो रोप्न छाडियो।’

कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन्।

‘कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ।’माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भने, ‘पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो।

अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ। कोदोबाट नगद आम्दानी छैन।

बरु अकबरेको व्यावसायिक खेती गर्छन्। कोदो भटिँदैन।
कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ।

‘जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ।’ ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भने, ‘त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको छ।

इलामका १० स्थानीय तहमै आंशिक रूपमा कोदो खेती हुने गरेको छ। तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताए।

इलामका बजारमा भारतबाट आयात गरिएको कादो पाइन्छ। सूर्योदय–४ का प्रदीप गिरीले पर्यटकलाई खुवाउने कोदो पनि स्थानीय भनेर भारतबाट ल्याउनुपरेको बताए।

मकरजुङका टीकाराम अधिकारीले पोहोर नौला बुझाउन गाउँभरि कोदो खोज्दा कतै नभेटेपछि यस वर्ष बारीको एकछेउमा एक मानाको बीउ रोपेका छन्।


‘दुई वर्ष नौलो बुझाउन पुग्ला त्यसपछि फेरि राप्नुपर्छ। यति रोप्नलाई बारी खन्ने खेताला नभेटेर बिजोग भयो। जमाना फेरिएछ अब।’


उनले भने, ‘रोप्ने पनि थिइन्। पोहोर एक मुठी कोदो खोज्न गाउँ डुल्दा कतै नभेटेपटि यसपाली झ्वाँक चलाको।’
कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा कोदो खेती हुने गरेको छ। प्रदेशभरमा ६५ हजार तीन सय ७२ हेक्टरमा कोदो खेती हुने गरेको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved