वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकलाई केन्द्रित गरेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।
सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य र नेपाल सरकारले राष्ट्रिय परिचय पत्र नम्बरलाई अनिवार्य गर्न थालेपछि नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकसंगै नगरवासिहरुलाई राष्ट्रिय परिचय पत्र बिवरण अनलाइन भर्ने र नम्बर बितरण गर्ने सिबिर सञ्चालन गरेको हो ।
नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभाग र जिल्ला प्रशासन कार्यालय सुनसरीसंग समन्वय गरेर गएको असार १६ गतेदेखि शिबिर सञ्चालन ल्याएको थियो ।
सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न नीति लिएको र नगरपालिकाले नगरवासिहरुलाई सहज तथा सरल रुपमा राष्ट्रिय परिचय पत्रकालागि बिवरण भर्ने र नम्बर प्रदान गर्ने योजना बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।
असार १६ गतेदेखि सुरु भएको राष्ट्रिय परिचय पत्र बितरण शिबिरमा हालसम्म २ हजार ९ सय ९० जनाले सेवा लिइ सकेका छन् ।
जस्मा महिला १ हजार ६ सय ४६ जना र पुरुष १ हजार ३ सय ४४ जनाले परिचय पत्र नम्बर प्राप्त गरेका छन् ।
शिबिर भाद्र मसन्तसम्म सञ्चालन हुने भएकाले सेवा लिन नगरवासिहरुलाई प्रमुख प्रशासकीय अधिकृत कटुवालले आग्रह समेत गरेका छन् ।
राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाममा जानू पर्ने बाध्यतावाट मुक्त भएर आफ्नै पालिकाबाट परिचय पत्र बनाउदा खुशि लागेको वडा नं ८ मैनवारीका मानबहादुर थापा बताउँछन् ।
पालिकाबाटै सरल , सजह रुपमा राष्ट्रिय परिचय पत्रकालागि बिवरण भर्ने र नम्बर लिन पाऊदा खुसी लागेको उनको भनाई छ । ूसदरमुकाम इनरुवा जाँदा धेरै पैसा खर्च हुन्थ्यो।
हामी बुढापाकालाई पनि समस्या हुन्थ्यो थापाले भने अहिले, नगरपालिकामै सेवा पाउँदा खुसी लागेको छ।
जेष्ठ नागरिक, असक्त र अपाङ्गता भएका नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले पालिकाबाटै राष्ट्रिय परिचय पत्र बिवरण अनलाइन भर्ने र नम्बर बितरण गर्न थालेको नगर प्रमुख रमेश कार्कीले बताए ।
राष्ट्रिय परिचय पत्र बिवरण अनलाइन भर्ने र नम्बर बितरण हाल पनि सञ्चालन भइ राखेको हुदा सेवि लिन आउन उनले नगरवासिलाई आब्हान समेत गरेका छन् ।