२४ घण्टा बित्न नपाउँदै फेरी खुकुरी प्रहार, घट्ना के हो हेर्नुहोस् ?

  • भदौ १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा छुरा प्रहार भएको २४ घण्टा वित्न नपाउँदै सुनसरीको इटहरीमा चार जना युवाहरुले एक युवकलाई लखेटी लखेटी खुकुरी प्रहार गरेका छन् ।

बुधबार दिउँसो करिब ४ः४० बजेतिर एक युवकमाथि खुकुरी प्रहार भएको हो ।इटहरीको संगीत चौकबाट चारजना युवकले लखेटी–लखेटी कुवेर चौकमा पुगेर खुकुरी प्रहार भएको हो ।

इटहरी ६ मा पर्ने उक्त ठाउँमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् ।

घाइते हुनेमा अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी रहेका छन् । इटहरी १६ निवासी उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

उनको हात र टाउकोमा चोट लागेपछि उपचार सुरू गरिएको प्रहरीले जनाएको छ ।घटनामा संलग्नहरू फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरू इटहरीकै भएका कारण उनीहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । केही भने पकलीतिरकै रहेको र केही अन्य ठाउँका पनि रहेको प्रहरीले जनाएको छ ।

‘घटना भएपछि पूर्वतर्फ भागेको भन्ने प्रारम्भिक जानकारी आएपछि खोजी तीव्र पारेका छौँ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘अहिले घटनामा संलग्नको हुलिया पत्ता लगाउन घटनास्थलको सिसी टिभी फुटेज पनि हेर्ने काम भइरहेको छ ।’

प्रहरीले अहिले घटनास्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको जनाएको छ ।

यो समाचार तयार पारुन्जेल सम्म प्रहरीका अनुसार घटनाको कारण भने पत्ता लागेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार घटनामा चारजना युवक संलग्न छन् ।

‘सबै युवक करिब २० वर्ष उमेर समूहका छन्, सबैको हातमा खुकुरी पनि थियो,’ एक प्रत्यक्षदर्शी महिलाले भनिन्, ‘लखेटी लखेटी खुकुरी प्रहार भयो ।

हामी कसैले प्रहरीलाई फोन गर्यौँ, कसैले होहल्ला गरेपछि यहाँबाट पूर्वतर्फ भागेका छन् ।’

 

 

 

 

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved